Routine Hub-Nepal

Routine Hub-Nepal तपाईं सम्पुर्ण लाई यस Routine Hub- Nepal पेजमा स्वागत छ ।

✍️NEWS & ▶️ENTERTAINMENT

मन्त्रिपरिषद्का ६ निर्णय : स्वास्थ्य अनुदानदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्म:-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार...
29/09/2026

मन्त्रिपरिषद्का ६ निर्णय : स्वास्थ्य अनुदानदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्म:-

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा सुधार, कानुनी संशोधन, राष्ट्रिय वन क्षेत्र उपयोग र उच्च तहका कर्मचारीको पदस्थापन लगायतका विषयमा ६ वटा महत्वपूर्ण निर्णय गरेको छ।

🔹 २०.७ मिलियन अमेरिकी डलरको स्वास्थ्य अनुदान स्वीकार गर्ने निर्णय
अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

🔹 राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति
कमला–ढल्केबर–पथलैया सडकखण्ड, गजार्ङ खोला साना जलविद्युत् आयोजना, ४० मेगावाटको बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरीका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको छ।

🔹 पशु वधशाला तथा मासु जाँचसम्बन्धी विधेयक संसद् लैजाने
पशु वधशाला र मासु जाँच ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

🔹 संघीय निजामती सेवा कानून संशोधन प्रस्ताव
संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय भएको छ।

🔹 अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कानून संशोधन
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेश गर्न स्वीकृति दिइएको छ।

🔹 दुई उच्च तहका कर्मचारीको बढुवा तथा पदस्थापन
सहसचिव आभा श्रेष्ठ कर्णलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।
त्यस्तै, डा. जगदीश्वर कर्माचार्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

🚨 BREAKING NEWS:-💰 २०.७ मिलियन अमेरिकी डलरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय🇳🇵 सरकारले २०.७ मिलियन अमेरिकी डल...
29/09/2026

🚨 BREAKING NEWS:-

💰 २०.७ मिलियन अमेरिकी डलरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

🇳🇵 सरकारले २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

27/09/2026

कोरियामा भएको नेपथ्य कन्सर्टमा नेपालि एक जना बिध्यार्थि माथि एक समुहले गरेको दुर्ब्यबहार बाहिरिएको छ । जस्को खोजि गरिदिन अनुरोध गरिएको छ ।

25/09/2026

🚨 काठमाडौं–मुग्लिङ सडक अवरुद्ध

गजुरी–कृष्णभीर क्षेत्रमा ७ ठाउँमा पहिरो गएको छ। पहिरोका कारण काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

📍 स्थान: गजुरी–कृष्णभीर क्षेत्र, धादिङ
🚧 अवस्था: सडक अवरुद्ध
📰 स्रोत: धादिङ प्रहरी

23/09/2026

बिगत २० बर्षदेखि फैसला नभएका मुद्धाका फाईलहरु जम्मा ४४,३५४ थान छन । किन बाकि रहे ? अब ७ दिन भित्रमा जवाफ चाइयो ।

मा.यज्ञमनि नौपाने Rastriya Swatantra Party - RSP

23/09/2026

आज शहिदकी आमा रुने दिन कसरी आयो ? सभापति रबी लामीछाने ले भनेको पहिलो प्राथमिकता कता हरायो ? एउटी आमाको आशुले पोल्नेछ ।

मा.राजीब खत्री Rastriya Swatantra Party - RSP

23/09/2026

स्कुलदेखिनै खेलकुदलाई आगामि पाठ्याक्रममा समाबेस गरियोस । खेलकुद बिना जिवन चलाउन सकिन्न ।

मा.रजनि क्षेष्ठ Rastriya Swatantra Party - RSP

23/09/2026

आजको सदनबाट बिश्वसामु सन्देश प्रबाह गर्दै ।

मा.रिमा बिश्वकर्मा Rastriya Swatantra Party - RSP

अनुसन्धानका लागि अन्तर्राष्ट्रिय संस्थाबाट ५–७ लाख रुपैयाँ लिएको सागर ढकालको स्वीकारोक्ति:-राष्ट्रिय स्वतन्त्र पार्टी (र...
23/09/2026

अनुसन्धानका लागि अन्तर्राष्ट्रिय संस्थाबाट ५–७ लाख रुपैयाँ लिएको सागर ढकालको स्वीकारोक्ति:-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर सागर ढकालले आफूले विगतमा अनुसन्धान (रिसर्च) प्रयोजनका लागि अन्तर्राष्ट्रिय संस्थाबाट आर्थिक सहयोग लिएको स्वीकार गरेका छन्।

हिमालय टेलिभिजनको चर्चित संवाद कार्यक्रम ‘यक्ष प्रश्न’ मा कुराकानी गर्दै ढकालले अनुसन्धानका क्रममा आफूले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेपछि थप अनुसन्धान तथा त्यसको कार्यान्वयनका लागि करिब ५ देखि ७ लाख रुपैयाँ सहयोग प्राप्त गरेको बताएका हुन्।

ढकालका अनुसार नेपालका सम्भावित ५० जना युवामध्ये आफू पनि छनोट भएका थिए। त्यस क्रममा आफूले गरेको अनुसन्धान समूहमा प्रस्तुत गरेपछि अनुसन्धानलाई निरन्तरता दिन अन्तर्राष्ट्रिय संस्थाबाट उक्त रकम प्राप्त भएको उनको भनाइ छ।

“रिसर्च गर्दाखेरि मैले त्यो रिसर्च त्यही ग्रुपमा पनि राखेँ। मलाई फर्दर रिसर्च गर्नको लागि लगभग ५–७ लाख रुपैयाँ उहाँहरूले दिनुभयो,” ढकालले भने।

उनले यस्ता अनुसन्धानलाई अगाडि बढाउने जिम्मेवारी मूलतः नेपाल सरकारले लिनुपर्ने भए पनि अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त सहयोगले अनुसन्धानको कार्यान्वयनमा सहयोग पुगेको बताए।

ढकालले आफूले प्राप्त गरेको सहयोगमा लुकाउनुपर्ने कुनै विषय नरहेको समेत स्पष्ट पारेका छन्।
Rastriya Swatantra Party - RSP Balen Harka Sampang A Revolution Gyanendra Shahi Routine Hub-NepalRastriya Swatantra Party - RSPBalenHarka Sampang A RevolutionGyanendra ShahiRoutine Hub-Nepal

23/09/2026

चुनाव अघि रबि लामिछानेले मागेको १३ वटा मन्त्रालय र मात्र १०० दिन कहाँ पुग्यो ? आज ६ महिना बिते छ, कि सबै भोटे कोशिले बगायो ?

मा.प्रेम बहादुर बायक Rastriya Swatantra Party - RSP

Address

Kathmandu
44600

Telephone

+9779842856712

Website

Alerts

Be the first to know and let us send you an email when Routine Hub-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Hub-Nepal:

Shortcuts

Share