15/01/2023
सरोकारवाला निकाय किन मौन ? शोक बिदा दिएर सरकार र YETI AIRLINES जवाफदेहिताबाट पन्छिन पाऊछ ?
१. बेला-बेलामा दुर्घटनामा परिरहने वा नेपालको दुर्घटनाको इतिहास हेर्ने हो भने धेरै दुर्घटना हुने एयरलाइन्स मध्येको एक YETI AIRLINES र त्यसको भगिनी संस्था TARA AIRLINES अत्यन्तै असुरक्षित एयरलाईन्स रहेको हवाइ सुरक्षा तथा एअरलाईन्स सम्बन्धी मापन गर्ने संस्था ‘एअरलाइन्स रेटिङ डटकम’ले आफ्नो website मा जानकारी दियको छ। एउटा मात्रै स्टार दिइ YETI AIRLINES लाई दुनियाँकै ‘खतरनाक’ एअरलाइन्सको सुचीको पाँचौ नम्बरमा राखिएको यो एअरलाइन्स नेपाली आकाशमा भने बेप्रबाह उडीरहेको छ ।
२. यति एयरलाइन्सलाई युरोपेली संघको वायुक्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाइएको छ (सबै नेपाली एयरलाइन्सहरू पर्ने) र IATA Operational Safety Audit (IOSA) को कुनै पनि SAFETY GUIDELINES को element समेत पूरा गरेको छैन।
३. अन्तर्राष्ट्रिय रुपमा यति एअरलाइन्सले ‘सुरक्षा प्रमाण पत्र’ समेत पाएको छैन । तर, यस्तो असुरक्षित एअरलाइन्स नेपाली आकाशमा भने दैनिक उडिरहँदा सरोकारवाला निकाय भने मौन छ । जाँचबुझ आयोग गठन गर्ने तर आयोगले दिएको प्रतिवेदन कार्यान्वयन नगर्ने रोग त छदैछ ।
४. ICAO का अनुसार नेपालको एयरलाइन्स दुर्घटना दर विश्व औसत दर भन्दा धेरै उच्च छ। यसले प्रमाणित गर्छ कि नेपाली विमानमा उड्नु जोखिमपूर्ण छ। भगवान भरोसामा हामी कैले सम्म उड्नुपर्ने ?