Keshav Koirala

Keshav Koirala my mission social chang

26/03/2026

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिना द्वारा बर्दियाको राजापुर स्थित अमर सहिद श्री दशरथ चन्द माध्यमिक बिध्यालयमा निर्माण गर्न लागिएको ४ कोठे भवनको सिलान्यास गर्नुभयो ।

23/02/2026

श्रम संस्कृति पार्टीबाट बर्दिया निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्री मान बहादुर बैगार सुनौ उहाँ सँगको कुराकानी ।

20/09/2025

बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः संचालन, चाडबाडमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा ,

10/09/2025

आजको अबस्था बारेको टेलिभिजन रिपोर्टिङ ।

05/09/2025

हजरद मुहम्मदको को १५०० औं जश्ने, बर्दियाको राजापुरमा ।

02/06/2025

बर्दियाकी चेली सन्जिनाको कलाकारिताको सम्मानमा ।

01/05/2025

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल बर्दिया पुग्दा ।

30/04/2025

परिवार नै एक भरोसा र प्रेम हो ।

आज जे देखियो ।
30/04/2025

आज जे देखियो ।

30/04/2025

किन पक्राउ परे रेशम?
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।

जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनी पक्राउ गरेका हुन। पार्टी एकताका लागि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा तयारी भइरहँदा प्रहरीले उनलाई सोही स्थानबाट नियन्त्रणमा लिएको हो।

हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको जनमतका अध्यक्ष सीके राउतले बताएका छन्।

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्।

२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए। उनलाई नेपाल सरकारको सिफारिसमा तत्कालिन राष्ट्रपति विद्या भण्डारीले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएकी थिइन्।

आममाफी पाएपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार रिहा भएका थिए।

रिहा भएपछि भोलिपल्टै टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले उनको रिहाइविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

Address

Rajapur

Alerts

Be the first to know and let us send you an email when Keshav Koirala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Keshav Koirala:

Share