Okhaldhunga Telecom (ओखल्ढुङ्गा टेलिकम परिवार)

  • Home
  • Nepal
  • Okhaldhunga
  • Okhaldhunga Telecom (ओखल्ढुङ्गा टेलिकम परिवार)

Okhaldhunga Telecom (ओखल्ढुङ्गा टेलिकम परिवार) Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Okhaldhunga Telecom (ओखल्ढुङ्गा टेलिकम परिवार), Phulbari Okhaldhunga, Okhaldhunga.

नेपाल टेलिकमको दशैं तिहार अफर
11/10/2023

नेपाल टेलिकमको दशैं तिहार अफर

नेपाल टेलिकम IMU ओखलढुंगामा कार्यरत किशन शर सरुवा हुनुभएकोले हामी ओखलढुंगामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई खल्लो महसुस...
01/04/2022

नेपाल टेलिकम IMU ओखलढुंगामा कार्यरत किशन शर सरुवा हुनुभएकोले हामी ओखलढुंगामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई खल्लो महसुस लाग्नु सोभाबिक भएता पनि यतिका दिन सगै बसेर या उहाको कार्यसैली सोभाब र सहानुभुतिले गर्दा होला, हामि प्रतिको जिबनभर बिर्सन नसक्ने प्रगाढ छाप छोड्नु भएको भएतापनी कर्मचारी भएपछी नुनको सोझो गर्नुनै पर्ने रहेछ कहिले काहा कहिले काहा हुनु पर्ने बाध्यताका बाबजुध सरुबा भएको ठाउमा जानुनै पर्ने भएकोले याहाले चालेका हरेक पाईलामा सगरमाथा शिखर जस्तो चुम्न सकोस् भन्दै सरुवा भइ गएको कार्यक्षेत्रमा सफल कार्यकालको साथ साथै उत्तरोत्तर प्रगतिको शुभकामना ! साथै अन्तमा बिदाईको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्दै गरेका केही क्षणहरुको झलकहरु :- 🙏 शुभ यात्र ।

"सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्" ।।
ऊँ शान्तिः शान्तिः शान्तिः

"ओखलढुंगा जिल्ला सदरमुकाममा FTTH विस्तार कार्य पूर्ण रुपमा सम्पन्न"  "एउटै फाइबर(तार)बाट द्रुतगतिको इन्टरनेट, टेलिफोन तथ...
29/03/2022

"ओखलढुंगा जिल्ला सदरमुकाममा FTTH विस्तार कार्य पूर्ण रुपमा सम्पन्न" "एउटै फाइबर(तार)बाट द्रुतगतिको इन्टरनेट, टेलिफोन तथा टेलिभिजन सेवा लिन आतुर भएका ग्राहक बर्गमा खुसियालि"

ओखलढुंगा जिल्ला सदरमुकाममा गत २०७८-जेष्ठ बाट FTTH Networking कार्य शुरु गरि सेवा वितरण थालिएकोमा केहि दिन अघि मात्र FDC-04 को विस्तार कार्य सम्पन्न गरि आज मिति २०७८-चैत्र-१५ बाट सदरमुकाम स्थित जिबिस, कयरे (सिमलडाडा), सोब्रु,रमाईलोडाडा, कमेरेडाडा, हुलाकडाडा, रामबजार, मिलनचोक, भैरबटोल र गणेशटोल आसपासका स्थानमा नेटवर्क पूर्ण रुपमा संचालनमा आएकोले एउटै फाइबरबाट द्रुतगतिको इन्टरनेट, टेलिफोन तथा टेलिभिजन सेवा लिन सकिने ब्यबस्था भैसकेकोले ग्राहक वर्गले नेपाल टेलिकम ओखलढुंगा कार्यालयको टेलिफोन नं . ०३७-५२०१११ मा कार्यालय समयमा कल गरि आफ्नो आवश्यकता अनुसारको www.ntc.net.np को FTTH Tariff मा उल्लेख बमोजिमका प्याकेज अनुसारको सेवा लिन सक्नु हुने ब्यहोरा जानकारिको लागि अनुरोध छ ।
नेपाल टेलिकम ओखलढुंगा ।

समुन्द्र मुनिको तारमा समस्या आउदा नेपालमा १ हप्ता देखि ईन्टरनेट स्लो
21/01/2022

समुन्द्र मुनिको तारमा समस्या आउदा नेपालमा १ हप्ता देखि ईन्टरनेट स्लो

एफटीटीएच नपुगेका ठाउँमा अब टेलिकमको नमस्ते वाईफाई, सस्तोमा डेटा चलाउन पाइने
21/01/2022

एफटीटीएच नपुगेका ठाउँमा अब टेलिकमको नमस्ते वाईफाई, सस्तोमा डेटा चलाउन पाइने

आफ्नो मोबाइलमा रहेको ब्यालेन्स, खरिद गरेका प्याकेजको अवस्था, मन परेको प्याकेजहरु खरिद लगायत अन्य धेरै सुविधाहरु सजिलै प्...
19/12/2021

आफ्नो मोबाइलमा रहेको ब्यालेन्स, खरिद गरेका प्याकेजको अवस्था, मन परेको प्याकेजहरु खरिद लगायत अन्य धेरै सुविधाहरु सजिलै प्रयोग गर्न नेपाल टेलिकम एप (Nepal Telecom APP) डाउनलोड तथा रजिष्ट्रर गरी 500 MB डाटा निशुल्क पाउनुहोस् । नेपाल टेलिकम, राष्ट्रको संचार।

Namaste Pay Active गर्न *500 #सरकारी स्वामित्व प्राप्त दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजबाट विद्युतिय भुत्तानी सेवा सञ्...
15/09/2021

Namaste Pay Active गर्न *500 #

सरकारी स्वामित्व प्राप्त दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजबाट विद्युतिय भुत्तानी सेवा सञ्चालनमा ल्याउदै छ। आज अर्थात भदौ २९ बाट व्यवसायीक रुपमा नमस्ते पे सञ्चालनमा आउने भएको हो।

योसँगै नेपाल टेलिकम पनि डिजिटल पेमेन्ट सेवामा औपचारीक रुपमा प्रवेश गरेको छ। कोरोना भाइरसका कारण लकडाउनले गर्दा सञ्चालनको समय पछि धकेलिएको डिजिटल पेमेन्ट नमस्ते पे नयाँ विशेषताका साथ शुरु हुने भएको हो।

सञ्चालनमा आउन लागेको डिजिटल पेमेन्ट कम्पनी नमस्ते पे मा नेपाल टेलिकमको ६२ प्रतिशत (२५ करोड ८८ लाख) र वाणिज्य बैंकका ३८ प्रतिशत (१५ करोड ११ लाख) संयुक्त लगानी छ।

टेलिकमले गत साउन देखि नै यो सेवा शुरु गर्ने भनेपनि सञ्चालनमा आउन लागेको डिजिटल पेमन्ट कम्पनी मोबाइल मनि सेवा केहि हप्ता अघिबाट परीक्षणको काम थालिएको थियो।

नमस्ते पे सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले चैत ३ गते लाइसेन्स अनुमति दिएको थियो। नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोभिड १९ को दोस्रो लहरले टेलिकमको मोबाइल मनि सेवा सञ्चालनमा अवरोध पुर्याएर ढिलाइ भएपनि सेवा सञ्चालन गर्न सफल भएको जानकारी दिए।

‘मोबाइल मनिको काममा अन्तरराष्ट्रिय उडान ठप्प भएपछि विदेशबाट आवश्यक समान आउन पाएन जसले गर्दा उपकरण मात्रै डेढ महिना ढिलो आयो,’ उनले भने। अधिकारीका अनुसार कार्गो विमान नपाउँदा ती उपकरणहरु सिंगापुर, दुबई लगायतका देशमा लामो समय थन्किएका थिए।

नेपाल टेलिकमले मोबाइल मनि सेवा सञ्चालनका लागि विगत दुई वर्षदेखि कसरत गरिरहेको थियो। अब भने सेवा सञ्चालनको काम सम्पन्न भइ आजबाट सञ्चालनको घोषणा हुने भएको छ।

दुई कम्पनीको लगानीमा आउने मोबाइल मनिको सबैभन्दा पहिलो अकर्षणको विषय अनलाइन र अफलाइन कारोबार हो। टेलिकमले ल्याउन लागेको मोबाइल मनिमा इन्टरनेट भएको बेलामा र नभएको बेला दुबै समयमा अनलाइन कारोबार गर्न सकिनेछ।

त्यस्तै, मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्था समेत हुने टेलिकमले जनाएको छ। उक्त मोबाइल मनि ग्रामीण जनतामा केन्द्रित हुने समेत टेलिकमको भनाई छ।

त्यस्तै, टेलिकमको मोबाइल मनि सेवामा बैंकिङ्ग वालेट सेवा, क्युआर तथा सरकारी राजस्व तिर्न बढी फोकस हुनेछ।

पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, बिल तिर्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुने टेलिकमको मोबाइल मनि नयाँ प्रविधिमा आधारित हुनेछ।

हाल नेपाल टेलिकमका सिम प्रयोगकर्ता तीन करोड माथि छ। नमस्ते पेका प्रमुख कार्यकारी अधिकृतमा टेलिकमका पूर्व सहप्रवक्ता कृष्णप्रसाद भण्डारी नियुक्त्त भइसकेका छन्।

नेपाल टेलिकमको महसुल भुक्तानी  तथा जरिवाना  छुट पुरानो  बक्यौता  २०७८ असोज मसान्तसम्म  भुक्तानी  नगरेमा नमावली पत्रीकामा...
31/08/2021

नेपाल टेलिकमको महसुल भुक्तानी तथा जरिवाना छुट पुरानो बक्यौता २०७८ असोज मसान्तसम्म भुक्तानी नगरेमा नमावली पत्रीकामा प्रकासन गरि कालोसूचीमा राखिने हुदा समायमै महसुल भुक्तानी गर्नुहुन अनुरोध ।

31/08/2021
08/06/2021
नव वर्ष २०७८ सालको पावन अवसरको सुरुवातको समयलाई  मध्य नजर राखि नेपाल टेलिकम दुर संचार कार्यालय ओखलढुंगा ले आयोजना  गरेको...
14/04/2021

नव वर्ष २०७८ सालको पावन अवसरको सुरुवातको समयलाई मध्य नजर राखि नेपाल टेलिकम दुर संचार कार्यालय ओखलढुंगा ले आयोजना गरेको मोलुङ गाउपालिका २ रामपुरमा PSTN टेलिफोन एक्सचेञ्ज शुभारम्भ (उत्घाटन) को लागि नेपाल टेलिकम ओखलढुंगा कार्यालय प्रमुख दिनेश चन्द्र पन्थि स. ले. अ. प्रमुख सन्तोष न्यौपाने साथै सम्पुर्ण प्राबिधिक कार्मचारि र मोलुङ गा. पा. का स्थानीय बासि, संघ सस्था साथै कर्मचारीहरुको उपस्थितिले सो आयोजना सभाहलको सोभा बढाई मोलुङ गा.पा. प्रमुख ज्यू ,बाट रिबन काटि नेपाल टेलिकम (प्रदेश नं. १) प्रा. नि बिराटनगर प्रमुख ज्यू , सग उच्च गतिको भईस कल र भिडियो कल समेत गर्दै गरेको केहि क्षण हरु :-

HAPPY NEW YEAR 2078
13/04/2021

HAPPY NEW YEAR 2078

Address

Phulbari Okhaldhunga
Okhaldhunga
9779852840555

Telephone

9852840555

Website

Alerts

Be the first to know and let us send you an email when Okhaldhunga Telecom (ओखल्ढुङ्गा टेलिकम परिवार) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share