02/09/2021
नेपाली समाजसेवीलाई क्यानाडामा जिताऔं
भोट गर्ने लिङ्क — https://www.surveymonkey.com/r/972H63F
करीब तीस वर्षअघि काठमाडौंको बागबजारको इछुमती टोलमा सीमित ल्याय्म्ह
पुचः (युवा समूह) लाई राजधानी मात्र होइन, अरू शहरहरूमा पनि विस्तार गर्ने,
भृकुटी मण्डपमा हाम्रा स—साना नानीहरूलाई उनीहरूको शारीरिक, मानसिक तथा
बौद्धिक विकासकालागि बाल उद्यान निर्माण गरी बाल रेल समेत संचालनमा
ल्याउने त्यसबेलाको त्यो युवा अहिले क्यानाडामा छ । तर उनको समाजसेवा गर्ने
उत्कट इच्छा अहिले पनि उत्तिकै उर्वराउँदो छ । त्यसैले त होला, उनी अहिले
क्यानाडाको एउटा कम्यूनिटी लिडरसीप अवार्डका लागि अन्तिम तीन प्रतिस्पर्धीमा
छानिएका छन् ।
ती समाजसेवीको नाम हो — ज्योति वैद्य । उसबेला पत्रकार समेत रहेका उनी कुनै
दलविशेषमा लागेका थिएनन् । तर प्रजातन्त्र पुनस्र्थापनाका लागि भने अग्रपंक्तिमा
रहेर लडाइँ लडेका थिए । क्यानाडामा रहँदा पनि नेपाल र नेपालीको लागि मात्र
होइन, मानव जातिकै हितका लागि अगाडि बढिरहेका उनी नेपालमा महाभूकम्प
जाँदा नेपालमा आएर सहयोग गर्ने मात्र होइन, गोरखाको हर्माी भञ्याङ्गमा
भूकम्पबाट भत्केको विद्यालय पुनर्निर्माण गर्ने कामको नेतृत्व गरेर सफलतापूर्वक
सम्पन्न पनि गरेका थिए । म बसेको ठाउँ ललितपुरको लुभूमा पनि उनी र उनका
धर्मपत्नी डा. संगीता धौभडेल भूकम्पको बेला आएर यहाँको स्वास्थ्य चौकीमा
खानेपानी शुद्ध गर्ने फिल्टर जडान गरिदिने ज्योति वैद्यले क्यानाडामा पढ्न जाने
नेपालीहरूलाई मद्दत गर्नेदेखि हाल कोभिडको महामारीको बेला त्यहाँ रहेका हजारौं
नेपाली भाषीहरूमा कोभिड विरुद्ध सचेतना ल्याउने र भ्याक्सिन दिन सहयोग
पु¥याउने कामको सबैले प्रशंसा गरेका छन् ।
अहिले ज्योति वैद्यका लागि हामी सबैको भोटको जरुरी छ । अन्तिम तीन
प्रतिस्पर्धीमध्येबाट पहिलो बनाउने जिम्मा अब हाम्रै भोटबाट हो । लौ सबैले
अहिल्यै उनको नाममा थोप्लो हालेर सबैभन्दा तल गएर भोट गर्ने बटनमा थिचेर
भोट हालौं । उनको जीत हामी सबै नेपालीको शान हुनेछ, मान हुनेछ र सबैभन्दा
महत्वपूर्ण कुरा हाम्रो पहिचान हुनेछ ।
थप जानकारीका लागिः
https://nepaltouch.com/news/5643/08/2021?fbclid=IwA
R3jYIbFHfuyVFMsQ7hZ7HkeWZotr2agH0G33cSfCrFw5UF
oqJT3o95GuBY
https://www.facebook.com/NamasteRadioToronto/vide
os/328310332413480
https://thahakhabar.com/news/134144/?fbclid=IwAR2H
EyU8agBxi50-
SQ6cbfukU77umNnALZZpN3zb4kPcDiuwEYsurxGor0Y
https://www.janatasamachar.com/detail/270690?fbclid=
IwAR2SvtVSMloLoGzQaq_TQ_1K8Ilk0lwS_fOH0eoRh0t2Q
4UvINzV6TW1UG0
https://www.facebook.com/nrn.canada.3/posts/2774921349465953?notif_id=1630441264818888¬if_t=com