12/07/2020
# घ्यूफल / एभोकाडो खेती प्रविधि
----------------------------------------------
• पोषणयुक्त फल एभोकाडो तराईका केही भूभाग देखि पहाडी क्षेत्रमा राम्रो उत्पादन लिन सकिने यो फल जातीय विशेषताका आधारमा समुन्द्री सतहको ६००-१३०० मिटरको उचाइमा सफलतापूर्वक खेती गर्न सकिन्छ।
• बढी चिसो क्षेत्र, तुषारो परिराख्ने ,पानी जम्ने जमिनमा सप्रन सक्दैन।। एभोकाडोले सुख्खा सहन पनि सक्दैन।
• प्रसस्त प्राङ्गारिक पदार्थ भएको पि एच मान ४-७ भएको माटो उपयुक्त मानिन्छ।
• प्रचलित जातहरु - मेक्सिकन, ग्वाटेमालन, पश्चिम भारतीय प्रजाति अन्तर्गतका जातहरु-.
ह्यास , ग्रीन फुर्टे, इथिन्जर, रिड युतिया, उर्टज, पर्पल
• जातअनुसार फूल फुल्ने तरिका फरक भएकाले बगैंचामा एकै जातको बिरुवा लगाउनुहुँदैन। एभोकाडोको फूल फुल्ने प्रकियका आधारमा ए र बी ग्रुपका जातहरु छुट्याइएको छ जसलाई २:१ वा १:१ को अनुपातमा लगाउनुपर्छ।
मौरी भमराहरुले परागसेचन गराउने हुँदा बगैंचामा मौरी घार हुनु राम्रो हुन्छ।
ए ग्रुपका जातहरु - ह्यास, ग्युन,पिकरटन, एनहिम
बी ग्रुपका जातहरु - इथिन्जर, जुटाउने, व्याकन हबिटसेल सिरप्राइज ।
• यसको प्रसारण बिउबाट गरिन्छ। राम्ररि पाकेको बिउबाट नर्सरी तयार गर्दा बिरुवा एक वर्षपछि रोप्न तयार हुन्छन ।
•बिरुवा रोप्नु एक महिना अगाडि १ घनमिटरका खाल्डो तयार गरी प्रति खाडल २०-२५ केजी कम्पोष्ट मल राखी ८-१० मिटरको दुरीमा जेठ असारमा रोप्न सकिन्छ।
यसलाई बढी माल चाहिने हुँदा हरेक वर्ष २०-२५ केजीको दरले दिनुपर्छ।
• रोपेको ५-६ वर्षमा फल्न सुरु गर्छ। यो फल बोटमा पाक्दैन , परिपक्व भएपछि भेट्नोको रङ्ग परिवर्तन हुन्छ र टिप्न तयार हुन्छ।