Frenz It Solution Pvt. Ltd.

Frenz It Solution Pvt. Ltd. Company fully dedicated to I.T. problems and its right solution.

This is a newly established company targeting to facilitate hardware, networking, webpage and graphic designing to our dearest customer.

06/06/2020

How to make a fluffy Roti, make a soft Roti, Nepali Roti, How to make a roti, how to make a chapati, easy way to make roti

सहयोगी हातहरु खोज्दै छन यिनी । तपाइको सानो सहयोग ले यिन को जीवन बाच्यो भने तपाइको स-परिवारलाइ अबस्य पुन्य प्रप्त हुन्छ ।
06/05/2020

सहयोगी हातहरु खोज्दै छन यिनी । तपाइको सानो सहयोग ले यिन को जीवन बाच्यो भने तपाइको स-परिवारलाइ अबस्य पुन्य प्रप्त हुन्छ ।

ह्यकरबाट सुरक्षीत रख्नुहोस तपाई पनि आफ्नो router
04/05/2020

ह्यकरबाट सुरक्षीत रख्नुहोस तपाई पनि आफ्नो router

Wireless setup and secure, Router Configure, wireless router set up, set password in my wireless router, how can i set password on my router. Wifi kasari sur...

तपाइको कम्प्युटर/ल्यापटप  सुरक्षीत छ त । यत्तिकै ढुक्क नहुनुहोस ।
02/05/2020

तपाइको कम्प्युटर/ल्यापटप सुरक्षीत छ त । यत्तिकै ढुक्क नहुनुहोस ।

step by step easy guide to install new Kaspersky Anti Virus on your computer, Best anti virus for loptop, computer, install antivirus, how can i install anti...

17/04/2020

NTC बाट सस्तोमा कुरा गर्ने तरिका जानी राखौ है

17/04/2020

what is the difference between email and gmail in nepali, difference between email and gmail, जिमेल के हो ?, जिमेल र ईमेलमा फरक थाहा पाउनुहोस, जानाै ईमेल र ज...

17/04/2020

KNOW ABOUT GOOGLE DRIVEऽ, गुगल ड्राईभ , गुगल ड्राईभमा कसरी डकुमेण्ट अपलोड गर्ने, stape by stape google drive process in nepali, Upload photo data in google d...

26/04/2016

फोनबाट डाटा डिलिट हुने गल्ती जो कसैबाट हुने गर्छ । विभिन्न कुरामा ध्यान नपु¥याउँदा कहिले फोटो, सन्देशलगायत सामग्री नष्ट हुन पुग्छन् । यस्तोमा ठूलो समस्या त त्यति बेला हुन्छ, जब पूरै कण्ट्याक्ट लिष्ट नै हराउँछ । यस्तो हुँदा हामी आफ्ना नजिकका साथीभाइ र आफन्तसँग नम्बर माग्ने विकल्पतिर लाग्छौं । तर, केही यस्ता कण्ट्याक्ट हुन्छन्, जुन निकै आवश्यक भएर पनि पुनः पाउन कठिन हुन्छ ।

यस्तो अवस्थामा कण्ट्याक्ट लिष्टको पुनःस्थापना अपरिहार्य हुन्छ । तर, एण्ड्रोइड फोनबाट डिलिट भइसकेका कण्ट्याक्ट पुनःस्थापना गर्ने उपाय भने धेरैलाई थाहा हुँदैन । कण्ट्याक्ट लिष्ट पुनःस्थापना गर्न कठिन भए तापनि असम्भव भने छैन । डिलिट भइसकेका कण्ट्याक्ट लिष्ट कसरी रिकभर गर्न सकिन्छ भन्नेबारे सङ्क्षिप्त जानकारी यहाँ प्रस्तुत छ:
फोनबाट डिलिट भइसकेका कण्ट्याक्ट लिष्ट रिकभर गर्न सर्वप्रथम एण्ड्रोइड डाटा रिकभरी सफ्टवेयर डाउनलोड गर्नुपर्छ । तर, क्षमता भएका सफ्टवेयरका लागि भने केही शुल्क तिनुपर्छ । आफ्नो फोनमा एण्ड्रोइड डिभाइस म्यानेजर इन्ष्टल गरेपछि फोनलाई पर्सनल कम्प्युटर (पीसी)सँग जडान गर्नुपर्छ । अब यूएसबी डिबगिङ अन गर्नुहोस् । यसो गरेपछि आफ्नो उपकरण आइडेण्टिफाइड भए÷नभएको निक्र्योल गर्नुपर्छ । आइडेण्टिफाइड भएपछि स्क्यान प्रक्रिया शुरू गर्नुपर्छ ।

स्क्यान गरेपछि डिलिट भएका फाइलका बारेमा स्क्रिनमा जानकारी उपलब्ध हुन्छ । तीमध्ये आफूलाई आवश्यक पर्ने फाइलको छनोट गर्नुपर्छ । आफूलाई आवश्यक पर्ने फाइलमा क्लिक गरी सेलेक्ट गरेपछि नेक्ष्ट अप्शनमा क्लिक गर्नुहोस् । अब भने अर्को स्क्रिनमा ‘अलो’ अर्थात् आज्ञा दिने अप्शनमा क्लिक गर्नुपर्छ ।

यति गरेपछि रातो र कालो रङमा फाइल प्रस्तुत हुन्छन् । यी रङमध्ये रातो रङका फाइल फोन मेमोरीबाट हटाइएका फाइल हुन् । तिनलाई सेलेक्ट गरी फोनमा पुनःस्थापना गर्न सकिन्छ । (एजेन्सी)

27/02/2016

मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा असर गर्छ, त्यसैले यसो गरौं – डा. भगवान कोइराला

काठमाडौं, फागुन १४– हिजोआज मोबाइल साथमा नहुने मानिस कमै होलान् । फोन गर्न मात्र नभएर इमेल, इन्टरनेट चलाउन, गेम खेल्न पनि मोबाइलको प्रयोग धेरै हुन्छ । तर मोबाइल फोनको प्रयोग धेरै गर्दा यसले स्वास्थ्यमा हानी पुर्याउँछ ।
वरिष्ठ डाक्टर भगवान कोइरालाका अनुसार मोबाइलको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएका छन् । अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका उहाँको भनाई छ । त्यसैले मोबाइल फोन चलाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । मोबाइल चलाउनेहरुलाई डाक्टर कोइरालाको सुझाव यस्तो छ :
१ . मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।
२ . राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १।८ मीटर पर राख्नुस् ।
३.मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि पर होस् ।
४ . गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।
५. धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।
६. इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।
७. पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।
८. मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।
९. फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ । यसबाहेक मोवाइल किन्दा SAR (Specific Absorption Rate) हेर्नुस् । जति कम SAR उतिनै राम्रो हुन्छ । अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ ।
(डा. कोइरालाको फेसबुक पेजबाट)

13/12/2015

बन्द ल्यापटपबाट मोबाइल कसरी चार्ज गर्ने ?
Posted: Sunday, Dec 13, 2015 10:44 AM ( 2 hours ago )
TOTAL HITS: 13.9 K
Share This

मंसिर २७ – स्मार्टफोन चार्ज गर्नका लागि बिजुलीको प्लग वा मिल्ने चार्ज नहुँदा समस्यामा हुन सक्छ । यस्तै विद्युत नभएका कारण पनि मोबाइल चार्ज गर्न नपाएर समस्या हुन्छ । यस्तोमा ल्यापटप वा कम्प्युटरमा जोडेर चार्ज गर्न खोज्दा ल्यापटप वा कम्प्युटर बन्द भएमा चार्ज नहुने हुन्छ । तर ल्यापटप वा कम्प्युटर बन्द भएका बेलामा पनि स्मार्टफोन चार्ज गर्न भने मिल्छ । विन्डोज सेभेन वा त्यसपछिको अपरेटिङ सिस्टम भएको कम्प्युटरको माइ कम्प्युटरमा क्लिक गरेर प्रोपटिजमा गइ डिभाइस म्यानेजरमा क्लिक गर्नु पर्छ । त्यसपछि युनिभर्सल सीरियल बस कन्ट्रोलमा क्लिक गरेपछि युएसबी रुट हब देखिन्छ । युएसबी रुट हबको प्रोपटिजमा क्लिक गरेपछि पावर म्यानेजमेन्ट ट्याबमा अलाउ कम्प्युटर टु टर्न अफ दि डिवाइस टु सेव पावरको बक्समा रहेको टिक मार्क हटाउनु पर्छ । यति गरेपछि ल्यापटप बन्द भएका बेला पनि स्मार्टफोन चार्ज गर्न मिल्छ । किनकी यो सबै प्रक्रिया पूरा गरेपछि ल्यापटप बन्द भएका बेलामा पनि त्यसको ब्याट्री भने प्रयोगमा आउँछ । यसरी विद्युत नभएको तथा ल्यापटप वा कम्प्युटर बन्द भएको बेलामा पनि मोबाइल चार्ज गर्न मिल्छ । तर यसरी मोबाइल चार्ज गर्दा ल्यापटपको ब्याट्री कम प्रयोग गर्नेतर्फ भने ध्यान दिनुपर्छ ।

24/07/2015

facebooknewsroom
फेसबुक भन्ने वित्तिकै उहीँ च्याटिङ, स्टाटस अपडेट, फोटो अपलोड, तथा अरुले पोष्टेका कुराहरु हेर्ने तथा लाइक र कमेन्ट गर्ने । फेसबुकको सेटिङ बदल्ने, आफ्नो प्रोफाइललाई कलात्मक बनाउने तथा फेसबुकमा केही नयाँ कुरा गर्ने बारेमा कत्तिको सोँच्नुहुन्छ ?

आउनुहोस्, तपाइँको लागि केही नयाँ तरिका बताउँदैछौँ जसबाट तपाइँको फेसबुक पेज अरुको भन्दा निकै भिन्न देखिनेछ ।

आफ्नो स्टाटस म्यासेज लेख्ने समयमा तपाइँले अक्षरको फन्ट बदल्न सक्नुहुन्छ । आफ्नो मनपर्ने फन्ट छानेर फेसबुकमा लेख्नका लागि यो पेजमा क्लिक गर्नुहोस् ।

जुनसुकै फन्ट तपाइँलाई मन पर्छ त्यसमा आफ्नो स्टाटस म्यासेज लेख्न सक्नुहुन्छ । त्यसलाई कपी गरेर आफ्नो फेसबुकको स्टाटस म्यासेजमा पेष्ट गर्न सक्नुहुन्छ । त्यसका साथै ती अक्षरहरुलाई तपाइँले फेसबुक च्याटमा पनि प्रयोग गर्न सक्नुहुन्छ । र तपाइँका साथीहरु छक्क पर्नेछन् की तपाइँले कसरी यस्तो कलात्मक फन्ट प्रयोग गर्नुभयो ? कहाँबाट खोज्नुभयो ?

यदि तपाइँ कहाँ हुनुहुन्छ भन्ने कुरा फेसबुकले ट्रयाक नगरोस् र लोकेसनका बारेमा जानकारी नदेओस् भन्ने चाहनुहुन्छ भने तपाइँले फेसबुक डिस्कनेक्ट फिचर डाउनलोड गर्न सक्नुहुन्छ । क्रोम तथा फायरफक्स दुबैमा यो फिचरले काम गर्छ ।

यसरी विज्ञापन रोक्न सकिन्छ

फेसबुकले सधै प्रयोगकर्ताको लोकेसन ट्रयाक गरिरहेको हुन्छ । केही मानिसहरुलाई यो मन पर्दैन । लोकेसन तथा ब्राउजिङ हिस्ट्रीको मद्धतले फेसबुकले तपाइँको फेसबुक पेजमा सोही अनुसारको विज्ञापन देखाउने गर्दछ ।
यदि तपाइँ आफ्नो फेसबुक पेजमा आउने विज्ञापनबाट हैरान हुनुहुन्छ भने क्रोम एक्सटेन्सनको मद्धतले तपाइँले फेसबुकमा त्यस्ता विज्ञापनलाई रोक्न सकिन्छ ।

फेसबुक एडब्लक एक्सटेन्सन विशेषगरी साधारण प्रयोगकर्ताकै लागि लक्षित गरि बनाइएको हो । यो एक्सटेन्सनलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।

इन्स्टल गरेपछि तपाइँ फेसबुकमा आउने विज्ञापन रोक्न सक्नुहुन्छ वा स्त्रिmनको दायाँतर्फ आउने जुन फेसबुके विज्ञापन हुन्छन् त्यो गायब हुन्छ ।-बीबीसी

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Frenz It Solution Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Frenz It Solution Pvt. Ltd.:

Share