21/01/2025
बागमती प्रदेशका कृषिमन्त्री प्रकाश श्रेष्ठज्यूसँग कृषिमा प्रविधि कसरी जोड्न सकिन्छ भन्ने विषयमा सानो भेटघाट तथा छलफल ,निजगढ नगरपालिकामा योजना तथा कार्यक्रम अभिलेख व्यवस्थापन सफ्टवेर, राइनास नगरपालिकाकामा नहर सिंचाई व्यवस्थापनलाई प्रविधिसँग जोडी थप प्रभावकारी बनाउन छलफल, थाक्रे गाउँपालिकाले योजना सञ्चालन तथा कार्यक्रम व्यवस्थापनको लागि प्रविधिमा उच्च जोडका साथ वडा तहसम्म नै क्षमता विस्तार गर्दै सो अवसर प्रदान गरिदिनुभएकोमा हार्दिक धन्यवाद साथै हामी स्थानीय तहहरूमा प्रविधि उच्चतम प्रयोग गरी सेवा प्रवाह गर्नको लागि निरन्तर नयाँ नयाँ प्रविधिको खोजी गरी सेवा विस्तार गर्ने कुरामा अन्य पालिकाहरु पनि यसैगरी जोडिनुहुनेछ भन्ने पूर्ण अपेक्षा गर्दछौं।