ठ्याक्क

ठ्याक्क ठ्याक्क ! मुड मन्त्रीको अफिसियल पेज Which is certainly a such a nice way.

thyakka.com is a cooperative project which can address the technology students, professionals, educators and general peoples in various way.

आज मुड अर्कै छ यार!!!भएको बाटो बन्द भए अरु वैकल्पिक बाटा तयार हुन्छन्त्यस्ता बाटा परिमार्जित सुविधाजनक र अग्रगामी हुन्छन...
17/09/2024

आज मुड अर्कै छ यार!!!

भएको बाटो बन्द भए अरु वैकल्पिक बाटा तयार हुन्छन्
त्यस्ता बाटा परिमार्जित सुविधाजनक र अग्रगामी हुन्छन्

29/05/2020

आज मुड अर्कै छ यार!!!

यसपालिको दशै चाहिँ Zoom बाट टीका लगाउने दक्षिणा चाहिँ e-sewa बाट पठाउन लगाउने होला जस्तो छ !🥴

18/03/2020

आज मुड अर्कै छ यार!!!

साले हिटलर ले सहि भनेको रैछ,
प्रेम भन्दा युद्ध ठिक
युद्ध भएपछी,या त मर्छौ,या त बाँच्छौ,
प्रेम गरेपछी न त बांच्न सक्छौ न त मर्न सक्छौ😂😂😂😂

14/03/2020

आज मुड अर्कै छ यार!!!

रक्सीले शिक्षित (अंग्रेजी फरर) हुने, चुरोटले कवि हुने र गाँजाले समृद्धि आउने कुरा झ्याप भइन्जेल मात्रै हो ।

14/03/2020
06/04/2017

फेसबुकमा को-कस्ता प्रयोगकर्ता हरु छन त :-

♥फेसबुक 'भाले'- एकाबिहानै फेसबुकमा GOOD MORNING लेखेर मानिस हरु लाइ उठाउनु उसको दैनिकी !!
♥फेसबुक 'सेलिब्रिटी'- यिनी हरु सके सम्म धेरै भन्दा धेरै साथीहरु लाइ एड गर्न चाहन्छन, चिन्नु जान्नु केहि पर्दैन, बस एड गर्यो हिड्यो !!
♥फेसबुक 'चोर'- यिनी हरु अरुको पोष्ट/फोटो चोर्छन र आफ्नो wall मा हाल्ने गर्छन !
♥फेसबुक 'नेता'- नाना भाति 'पेज' बनाएर जनतालाइ 'उल्लु' बनाउछन, झुक्याउछन, यहाँ लाइक हान्दा यो हुन्छ, त्यो हुन्छ....... फलानो भिडियो हेर्न यहाँ लाइक त्यहाँ लाइक............ तर हुने वाला चै केहि छैन, (नेता ले भन्दा बढी झुट बोल्ने) !!
♥फेसबुक 'पुजारी'- यिनी हरु फेसबुकमा भगवान/मन्दिर को फोटो देखाउदै, लाइक/शेयर को फुल/प्रसाद/भेटि माग्ने गर्छन !!
♥फेसबुक 'पत्रकार'- यिनीहरु विभिन्न समाचार हरु मात्र कपि गरेर पोस्ट गर्छन !!
♥फेसबुक 'दलाल'- यिनी हरु फेसबुक लाइ 'फेसबुक बेश्यालय' ठान्छन र जथाभावी 'बेश्या' हरुको फोटो/भिडियो देखाउछन !!
♥फेसबुक 'देवदास'- यिनीहरु हरपल दुखदर्द ले भरिएको गित,कविता,गजल,शायारी मात्र पोष्ट गर्छन, आफु दुखि हुदै अरुलाई पनि दुखि बनाउछन !!
♥फेसबुक 'लाइकर'- यिनीहरु केहि गर्दैनन्, जहाँ जे भेटे नि लाइक मात्र गर्छन !!
♥फेसबुक 'कमेंटर'- यिनीहरु जहाँ जहिले सुकै, हाहा..हो...हो.. .LOL आदि लेखेर कमेन्ट मात्र गर्छन !!
♥फेसबुक 'कवि'-यिनीहरु फेसबुकमा कविता-गजल मात्र पोष्ट गर्छन !!
♥फेसबुक 'लवर'- यिनीहरु फेसबुकमा आउने बित्तिकै केटि पट्याउन शुरु गर्छन, केटि को स्टाटस मा लाइक-कमेन्ट बाट शुरु गर्दै, खोजि खोजि केटि पट्याउने चक्कर शुरु गर्छन !
♥फेसबुक 'च्याटर'-यिनीहरु लाइ फेसबुकमा 'च्याट' भन्दा अरु केहि हुन्छ भन्ने नै थाहा छैन जस्तै गरि, आउने बित्तीकै देखि च्याट गर्न थाल्छन !!
♥फेसबुक 'फोटोग्राफर'-यिनीहरु फोटो अपलोड गर्ने बाहेक अरु केहि गर्दैनन् !!
♥फेसबुक 'भिखारी'- यिनीहरु को फ्रेन्ड्स रिक्वेस्ट ब्लक हुन्छ, सबै लाइ मलाई एड गर्न ..मलाई एड गर्न भन्दै हिड्छन, भिखारी झैँ !!
♥फेसबुक 'खेलाडी'- यिनीहरु फेसबुकमा दिन भरि गेम खेलेर बस्छन !!
♥फेसबुक 'लिङ्ग परिवर्तक'- यिनीहरु लिङ्ग परिवर्तन गरेर नया नया एकाउन्ट बनाउछन !!
♥फेसबुक 'विद्वान'- यिनीहरु आफु जत्ति नै दुखि भए पनि कमेन्टमा रमाइलो रमाइलो कुरा लेख्छन्..

"इति श्री फेसबुक पुराणे, फेसबुक भित्ते, मेसेञ्जर महात्म्य कुमार-कुमारी, लिङ्ग अभेद्दी फोटो सम्बद्धे, श्री सामाजिक सञ्जाल व्रत कथाय समाप्तम् !!"

04/08/2015

No. 1 Nepali IT Magazine and Online Portal that provides in-depth coverage of Information, Communication & Technology updates, Software, Website, Application, Hardware, Laptop, Smartphones Reviews.

07/03/2015

**फ्याउरो र लाम्खुट्टे**

एक पल्ट एउटा फ्याउरोको पुच्छर एउटा झयाङमा अडकियो । ऊ त्यहाँबाट कतै जान सकेन । रात परेपछि लाम्खुट्टेहरूको बथाल आएर उसको रगत चुस्न थाल्यो । पुच्छर अडकेको हुनाले उसले तिनीहरूलाई धपाउन सकेन । उसको रगत पिएर लाम्खुट्टेहरू निक्कै रमाए ।

फ्याउरोको दुर्दशा देखेर एउटा दुम्सीलाई दया लाग्यो । उसले फ्याउरोको नजिक गएर भन्यो, "ओ हो ! लाम्खुट्टेले कस्तो दुःख दिएछ तिमीलाई ! तिम्रो रगत चुस्ने लाम्खुट्टेहरूलाई धपाइ दिउँ कि ?"

दुम्सीको कुरा सुनेर फ्याउरोले भन्यो, "तिम्रो सहयोगको लागि धन्यवाद छ । तर यी लाम्खुट्टेलाई धपाउने काम नगर ।"

"किन ? तिमीलाई यसरी दुःख दिइरहेका लाम्खुट्टेलाई धपाउनु पर्दैन ?" दुम्सीले छक्क पर्दै सोध्यो ।

फ्याउरोले जवाफ दियो, "हेर यी लाम्खुट्टेहरूले सकेसम्म मेरो रगत खाइसके । यिनीहरूको पेट भरिइसक्यो । तै पनि लोभले गर्दा यिनीहरूले मलाई छाडन सकेका छैनन् । यदि तिमीले यिनीहरूलाई धपायौ भने अरु भोका लाम्खुट्टेहरू आउने छन् । अनि तिनीहरूले पाए भने मेरो सास पनि बाकी राख्ने छैनन् ।"

Address

Subidhanagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ठ्याक्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ठ्याक्क:

Share