16/01/2025
नेपाली होटल व्यवसायी संघकाे २५ औं स्थापना दिवस तथा रजत जयन्तीको कार्यक्रम भब्यताका साथ सम्पन्न गर्नुभएकाेमा आयोजक कमिटीलाई बधाई ज्ञापन गर्दछौं। मिति २०८१ पौष २८ गते संघ स्थापनादेखि हालसम्मका आरोह अवरोह समेटिएको रजत जयन्ती स्मारिका विमाेचन र EZ Online Solutions द्वारा निर्मित संघको वेबसाईड https://nepali.hpfn.org को समेत विधिवत उद्घाटन भएको थियोे। डेढ बर्ष अगाडिदेखि NepalAddress App मार्फत Guest Tracking System प्रयाेग गरिएकोमा website निर्माणपछि हाेटल डिजिटलाइजेसनमा अर्को काषेढुङगा थपिएको छ। NepalAddress App निरन्तर प्रयाेगगरी हाेटलहरूलाई डिजिटलाइजेसन गर्ने हाम्रो अभियानमा उल्लेखनीय योगदान दिनुहुने वालिङ फुलबारी हाेटलका संचालक यम बहादुर कुवँर ज्युलाई पनि सम्मान गरिएको थियो। स्थापनाको २५ वर्ष पुग्दै गर्दा, Hotel Digitalization मा पनि अग्रणि भुमिका खेल्न सक्नुभएकोमा नेपाली होटल व्यवसायी सघलाई बधाई दिदै आउने दिनहरुमा अझ प्रगतिशिल र प्रविधिमैत्रि बन्दै जानसक्नुहोस भनि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
EZ Online Solutions परिवार
, , ,