Tech Shikshya

Tech Shikshya लोकसेवा सारथी

24/09/2026

स्थानीय तहको समन्वयमा असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइहरूलाई अनुरोध

23/09/2026

खराब संगतले मान्छेको असल चरित्रलाई पनि मेटाइदिन्छ। मौरीको सँगत गरे मह तिर, झिँगाको सँगत गरे फोहोर तिर गइन्छ।
:) Peace 🙏

23/09/2026

मौसम पूर्वानुमान अनुसार अबको केहि दिन भारी वर्षा हुन सक्छ । त्यसैले प्रकोप बाट बच्न निम्न विधि अपनाउनु होला:

१. अत्यन्त जरूरी नभई टाढा र रातको समयमा यात्रा नगर्ने । अत्यावश्यक अवस्थामा यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिने ।

२. पहिरोको जोखिमयुक्त स्थान र नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुने । यस्तो समयमा नदीमा पौडी खेल्ने, माछा मार्ने वा नदी किनारमा हिंड्डुल नगर्ने ।

३. बाढी, पहिरो तथा डुबानको जोखिम देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जाने र स्थानीय तह तथा सुरक्षा निकायसँग तत्काल समन्वय गर्ने ।

४. बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने ।

आपतकालीन अवस्थाको लागि केही महत्त्वपूर्ण नम्बरहरु:
- DEOC: १२३४
- नेपाल प्रहरी: १००
- सशस्त्र प्रहरी बल, नेपाल: १११४
- एम्बुलेन्स: १०२

23/09/2026

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। अमेरिका जानुअघि कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षमै पुगेर शाहलाई बिदाइ गरेका हुन्।

प्रधानमन्त्री शाह साँझ ७ः०० बजेको उडानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। उनले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते नेपाल फर्किने कार्यतालिका रहेको छ।

बिदाइका क्रममा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाहलाई यात्राका क्रममा अध्ययन गर्नका लागि पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ पुस्तक हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गरेपछि उनको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हालेका छन्। प्रधानमन्त्रीकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

प्रधानमन्त्री शाहले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी पनि वाग्लेकै काँधमा आएको छ। शाह प्रधानमन्त्रीसँगै रक्षामन्त्रीको जिम्मेवारीमा समेत थिए।

यसैगरी संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गरेका परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको कार्यभार पनि अर्थमन्त्री वाग्लेलाई तोकिएको छ। प्रधानमन्त्री शाहले खनालको अनुपस्थितिमा उक्त मन्त्रालयको जिम्मेवारी सोमबार नै वाग्लेलाई दिएका थिए।

22/09/2026

हामी यो संसारको मालिक होइनौं, केही समयको लागि आएका पाहुना मात्र हौं।
:) Peace 🙏

प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइकाठमाडौँ। प्रधानमन...
22/09/2026

प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँकै कार्यकक्षबाटै कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गर्नुभएको हो।
सो क्रममा यात्राका क्रममा अध्ययनका लागि कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री वाग्लेले पल केनेडीले लेख्नुभएको 'द राइज एन्ड फल अफ ग्रेट पावर्स' पुस्तक हस्तान्तरण गर्नुभएको थियो।

आजै साँझ ७:१२ बजेको उडानमार्फत प्रधानमन्त्री शाह अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ। उहाँले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्नुहुनेछ। उहाँ असोज १० गते नेपाल फर्किने कार्यतालिका छ।

कार्यवाहक प्रधानमन्त्री,रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्हाल्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुअघि उहाँको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई तोक्नुभएको हो।
साथै, प्रधानमन्त्रीज्यूले सम्हाल्दै आउनुभएको रक्षा मन्त्रालयको कार्यभार पनि स्वतः अर्थमन्त्रीलाई नै सरेको छ। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन सोमबार अमेरिका प्रस्थान गर्नुभएका परराष्ट्र मन्त्री शिशिर खनालको कार्यभार पनि अर्थमन्त्रीलाई नै तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले खनालको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार साेमबार अर्थमन्त्रीलाई नै तोक्नुभएको थियो।

22/09/2026

ROM stands for....?

करार सेवामा क.अ. पदपूर्ति गर्ने सम्बन्धि सूचना !!!!!!दर्खास्त फारम पाउने र बुझाउने स्थान: नापी कार्यालय डोटी
22/09/2026

करार सेवामा क.अ. पदपूर्ति गर्ने सम्बन्धि सूचना !!!!!!
दर्खास्त फारम पाउने र बुझाउने स्थान: नापी कार्यालय डोटी

22/09/2026

Life is full of problems.
Problems are not permanent.
Life is limited, so face the
problems with confidence
and enjoy every moment of
your life. ❤️

आठविसकोटमा पहिलोपल्ट आए प्रमुख प्रशासकीय अधिकृत🙏❣️नगरपालिका बनेको झन्डै साढे नौ वर्षसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृत...
22/09/2026

आठविसकोटमा पहिलोपल्ट आए प्रमुख प्रशासकीय अधिकृत🙏❣️
नगरपालिका बनेको झन्डै साढे नौ वर्षसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा प्रशासन चल्दै आएको आठविसकोटमा संघीय सरकारका उपसचिव नरेश कटवाल पहिलोपटक प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएपछि कर्मचारीले टीका, माला र खादा लगाएर स्वागत गरेका छन् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tech Shikshya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tech Shikshya:

Shortcuts

Share