Bhagyodaya School Sankhu

Bhagyodaya School Sankhu Quality Education and Demand of time Of our commitment!!

18/01/2026
25/12/2025

टोनी हेगनले त एसियाकै पहिलो सुरुङमार्ग हुनसक्ने समेत आफ्नो पुस्तकमा लेखेका छन्।आजभन्दा १०८ बर्ष पहिला नै नेपालमा सुरुङमार्ग बनिसकेको थियो।

स्विट्जरल्याण्डका प्रख्यात भूगर्भविद हुन् टोनी हेगन।नेपालमा वैज्ञानिक खोज र अनुसन्धान गर्ने पहिलो विदेशी हुन्।टोनी हेगनले नेपाललाई विश्वमाझ चिनाउँन पनि निकै महत्वपूर्ण भूमिका खेलेका थिए।

हेगनले आफ्नो ‘दी हिमालयन किङ्डम अफ नेपाल’ पुस्तकमा नेपालको पहिलो सुरुङमार्गको बारेमा लेखेका छन्।उक्त सुरुङमार्गको डिजाइन इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापाले गरेका हुन्।यस्को शिलान्यास १९७४ अर्थात आजभन्दा करिब १०८ बर्षअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए।

सुरुङमार्ग बनाउँनुको उद्धेश्य काठमाडौँको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु थियो।

टोनी हेगनले आफ्नो पुस्तकमा यसलाई एसियाकै पहिलो सुरुङमार्ग हुन सक्ने’ बताएका छन्।साथै उनले भारतमा समेत सुरुङ नबनेको अवस्थामा नेपालमा बनेको यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित भएको कुरा पुस्तकमा उल्लेख गरेका छन्।

25/12/2025

ढुङ्गाको किला भएको स्थान बुझाउने 'ल्वहँ कि: थली' अर्थात लोकन्थली -

ऐतिहासिक कालखण्डमा उपत्यकाका विभिन्न स्थानहरुलाई बुझाउन प्रयोग भएका नेपाल भाषामा स्थापित नामहरू नेपालीकरण हुँदै अर्थ बिपरितका शब्दमा रुपन्तरित भईरहेका छन् । भक्तपुरको लोकन्थली यसैको एक उदाहरण हो ।
नेपाल भाषामा ढुङ्गालाई बुझाउन 'ल्वहँ' शब्द प्रयोग हुने गर्दछ । ढुङ्गाको किला ठोकिएको थलो रहेकोले यस स्थानलाई त्यही बुझाउने अर्थमा नेपाल भाषामा 'ल्वहँ कि: थली' नामाकरण भएको देखिन्छ ।
नेपाल भाषाको रञ्जना लिपि प्रचलनमा नभएको तत्कालिन समयमा देवनागरीमा नै नेवारी शब्द लेख्नुपर्दा नेपाल भाषाका एक अक्षरी शब्दको अनेक अर्थ लाग्नाले सहि शब्दको प्रयोग भएपनि अर्थ बेग्लै लाग्नाले शब्दहरु अपभ्रंश हुँदै नया शब्दहरु सिर्जना हुँदै गईरहेको थियो । 'ल्वहँ कि: थली' पनि 'लोह किल थली' लेखिन थाल्यो र त्यही लोहकिलथली अपभ्रंश भई लोकन्थली नामाकरण भयो ।
अरनिको राजमार्ग अन्तर्गतको माईतिघर देखि सूर्यबिनायकसम्मको सडक बिस्तार हुनु अगाडि पनि लोहकिलथली शब्द नै प्रचलित रहेकोले पुराना पसलहरुको ठेगानामा लोहकिलथली नै लेखिएको अझै पनि देख्न सकिन्छ ।

📷 Jags

15/12/2025
यस बिद्यालयका पुर्ब शिक्षक रमेश मान मल्लको असमायिक निधनमा शोक प्रकट गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्दछु।
21/10/2025

यस बिद्यालयका पुर्ब शिक्षक रमेश मान मल्लको असमायिक निधनमा शोक प्रकट गर्दै शोक सम्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्दछु।

13/09/2025

भाद्र २९ गते आइत बारबाट बिद्यालयमा सबै कक्षाहरू सञ्चालन हुन्छ ।
धन्यबाद

Address

Kathmandu
44600

Telephone

+9779841501134

Website

Alerts

Be the first to know and let us send you an email when Bhagyodaya School Sankhu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share