ॐकार अनिश

ॐकार अनिश "प्रेम अन्जान हुन्छ थाहा हुदैन कतिबेला को संग हुन्छ!"

23/11/2021


२/३ बर्ष अघी मलाई कलेज पढाएकी एक म्यामले,”तेरो त्यो साथीसंग मेरो बहिनीको विहे गरी दिदॉ कसो हुन्छ?बहिनी फेरी बेस्सरी राम्री छैन ठिकैठिकै छ! त्यही अनुसार भनेर यसो indirectly कुरा बुझ त!BBA भर्खर सकेर job गर्दै छे- तँसंग विहे गराई दिन्थे फेरी हाम्रो एउटै थर पर्यो” भनिन! मैले ”हुन्छ म्याम म यसो मिलाएर बुझौला नि” भने! त्यही बेलुका मैले मेरो साथीसंग म्यामको नाम मेन्सन नगरी म्यामले भनेको सबै कुरा राखे! अनी त्यो साथीले,”अरु जे भएनी केटी त चट्ट राम्री हुनु पर्छ-बाईकमा पछाडी राखेर हिड्दा नि सबैले हेरुन न” भन्यो! त्यसपछी उसले एकपल्ट भेट्ने ईच्छा जाहेर. गर्यो! मैले “केटी तिम्रो डिमान्ड अनुसारकी राम्री त छैन-त्यसैले नभेटुम भो” भनिदिए र म्यामलाई नि त्यही कुरा राखी दिए! म्यामले पनी “भो त्यसो भए कुरा अघी नबढा भो” भनिन!
पछी उसले विहे गर्यो तर श्रीमती...त्यसैले मान्छे धेरै हावामा पनी उड्नु हुँदैन-भुँईमा नराम्रो गरी पछारिन सक्छ!

सानो कुरो मा ठुस्स परिहाल्ने फकाई हाल्छ नि भन्ने कन्फिडेन्ट उसैमा हुन पर्ने अनि निकै फुर्काउने,घुर्क्याउने उस्तै,मध्यरात...
30/07/2021

सानो कुरो मा ठुस्स परिहाल्ने फकाई हाल्छ नि भन्ने कन्फिडेन्ट उसैमा हुन पर्ने अनि निकै फुर्काउने,घुर्क्याउने उस्तै,मध्यरातमा फोन गरि यस्तो भयो यार भन्न नपाउदै घरमै आउने,हरपल उसै सङ्ग बितेपनि त्यो बितेको पल नै ख्याल नहुने,त्यो समयमा मित्रता दिबसको कामना गरिन्नथो !
#फ्रेन्डसीप_डे

प्रश्न : महिलालाइ हिन्दु समाजमा पिरियडमा किन मन्दिर जान निशेध गरियो ?उत्तर  ---->  आजसम्म तिमी लाई कसैले पशुपतिनाथको ढोक...
28/07/2021

प्रश्न : महिलालाइ हिन्दु समाजमा पिरियडमा किन मन्दिर जान निशेध गरियो ?
उत्तर ----> आजसम्म तिमी लाई कसैले पशुपतिनाथको ढोकामा बसेर पिरियड भएको छ कि छैन भनेर सोधेको छ ? छैन । पिरियड हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ ।यो पिरियड मा दिएको छुट्टी Menstrual leave ) हो । तिम्रो शरीर बाट रगत जादा तिमि कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो ।प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ ।
पिरियडमा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा संवेदनशिल ( sensitive ) हुन्छौ ।पिरियडमा मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हौ ।
तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोण बाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर ,भनिएको हो ।कालान्तरमा यो निषेध (Taboo) को रुपमा बुझियो ।
भारतमा काम्ख्या मातालाई नै पिरियड हुन्छ । हिन्दु समाजमा नारी देवि हुन । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न । तिमी पिरियडमा अछुत वा अयोग्य हुदैनौ तिमी मन्दिर भन्दा पवित्र हुन्छौ ।
मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन । मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । पिरियडमा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनियको हो !

सरल भावमा अन्धकारमा प्रकाश छर्नेलाइ गुरु भनिएको छ ।पाइलो चाल्न सिकाउनेदेखि अघि बढ्न प्रेरणा दिने ,दु:खद पलमा हतास हुन नद...
24/07/2021

सरल भावमा अन्धकारमा प्रकाश छर्नेलाइ गुरु भनिएको छ ।पाइलो चाल्न सिकाउनेदेखि अघि बढ्न प्रेरणा दिने ,दु:खद पलमा हतास हुन नदिने सबै गुरु हुन् ।बिद्यालय देखि आजको दिनसम्म पढ्न सिकाउने पढाउने गुरु ,नकारात्मक कुरालाई कम गर्न सहज बनाइदिने गुरु सबैलाइ नमन गर्दै गुरु पुर्णिमाको शुभकामना ।❤️🔥

हिन्दूले मन्दिर/शिवालयमा दुध,चामल, नैबेध र वस्त्र आदिले पूजा अर्चना गर्दा गरिबको याद आउने लिब्राण्डुहरूले आजसम्म कति गरि...
23/07/2021

हिन्दूले मन्दिर/शिवालयमा दुध,चामल, नैबेध र वस्त्र आदिले पूजा अर्चना गर्दा गरिबको याद आउने लिब्राण्डुहरूले आजसम्म कति गरिब निर्धनको चुलो बाल्ने काम गरे?

भ्याटिकने प्रेतात्मा लाल बुझक्कडहरूको हर्कतले हाम्रो धर्मसत्ता माथि कुनै आघात पुर्‍याउदैन झन बलियो र मजबुत हुन्छ।
हर हर महादेव
#युगद्रष्टा

कर्म हि मनुष्यजीवनस्य सारम् ❤️🔥
15/07/2021

कर्म हि मनुष्यजीवनस्य सारम् ❤️🔥

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ॐकार अनिश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share