कृषि टुडे - Krishi Today

कृषि टुडे - Krishi Today कृषि टुडे डटकम द्वारा संचालित यस पेजमा तपाईलाई हार्दिक नमस्कार गर्दछौं।

कुखुरा पालक किसानले जान्नैपर्ने कम्फ्रे घाँस ------------------------------------------------------->>  कुखुरा, हाँस, टर...
01/10/2026

कुखुरा पालक किसानले जान्नैपर्ने कम्फ्रे घाँस
-------------------------------------------------------
>> कुखुरा, हाँस, टर्की लगायतका पन्छी र बंगुरका लागि पोषिलो आहार ।

>> प्रोटिन र क्याल्सियमको राम्रो स्रोत ।

>> बहुवर्षीय घाँस, एकपटक लगाएपछि पटक–पटक उत्पादन लिन सकिने ।

>> चिस्यान भएको ठाउँमा राम्रो उत्पादन ।

>> सुख्खायाममा उत्पादन घटे पनि वर्षा सुरु भएपछि फेरि हरियो हुने ।

>> वर्षायाममा रोप्न उपयुक्त ।
#कम्फ्रेघाँस #पशुपन्छीपालन #कुखुरापालन #बंगुरपालन #घाँसखेती

झोल मल बनाउने तरिका
01/10/2026

झोल मल बनाउने तरिका

रुख टमाटर  ❌ पेपिनोमेलन ✅ - सुगर, प्रेसर, मृगौला रोगदेखि क्यान्सर सम्मका बिरामीलाई फाइदाजनक            - उच्च पहाडी भेगस...
30/09/2026

रुख टमाटर ❌
पेपिनोमेलन ✅
- सुगर, प्रेसर, मृगौला रोगदेखि क्यान्सर सम्मका बिरामीलाई फाइदाजनक

- उच्च पहाडी भेगसम्म सफलतापूर्वक खेती गर्न सकिने

- गमलामा समेत रोप्न सकिने यो फल एक वर्ष रोपेपछि ४/५वर्षसम्म उत्पादन लिन सकिने ।


लहरे आँप (Passion Fruit) --------------------------------------------------- पछिल्लो समय लोकप्रिय फल लहरे आँप तराईदेखि प...
30/09/2026

लहरे आँप (Passion Fruit)
--------------------------------------------------
- पछिल्लो समय लोकप्रिय फल लहरे आँप तराईदेखि पहाडसम्म राम्रो उत्पादन लिन सकिन्छ ।

- भिटामिन ए, सी तथा आइरनको राम्रो स्रोत भएको फलको जुस, जाम, जेली लगायतका परिकार बनाउन सकिन्छ ।

- यसको प्रसारण बीउबाट तथा कलमी प्रविधिबाट प्रसारण गर्न सकिन्छ।



पुष्प विकास केन्द्र, गोदावरीमा फुल्दै गरेका गोदावरी फूलहरू विरुवा चाहिएमा कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ ।
30/09/2026

पुष्प विकास केन्द्र, गोदावरीमा फुल्दै गरेका गोदावरी फूलहरू विरुवा चाहिएमा कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ ।



बन्दागोभीले हराभरा फार्मको दृश्य
29/09/2026

बन्दागोभीले हराभरा फार्मको दृश्य



29/09/2026

कम लागत, धेरै फाईदा
बिना खनजोत लसुन खेती



28/09/2026

प्रकृति सँगको संघर्ष
कृषकको मिहिनेत हावामा
लगातारको बर्षा र हावाहुरीको वितण्डाले मकवानपुरगढी-०८ बुढीचौरको गोलभेंडा खेतीमा क्षती


यस्ता छन् अम्बाको फाईदै फाईदा!  ------------------------------------------>> अम्बामा  सुन्तलामा भन्दा ५ गुना बढी भिटामिन...
28/09/2026

यस्ता छन् अम्बाको फाईदै फाईदा!
------------------------------------------
>> अम्बामा सुन्तलामा भन्दा ५ गुना बढी भिटामिन सी पाइन्छ । गोलभेँडामा भन्दा दुई गुणा बढी लाईकोपिन पाइन्छ । कागतीमा भन्दा दश गुणा बढी भिटामिन ए पाइन्छ।

>> भिटामिन ए , सी, बी कम्प्लेक्स ,पोटासियम, क्याल्सियम तामा,आइरन जस्ता तत्व , फाइबर र अन्य एसिड प्रशस्त पाइन्छन् भने क्यालोरी कम हुन्छ।

>> पाचन प्रणाली सम्बन्धी समस्या, कब्जियत, आँउ, झाडापखाला निदान गर्छ।

>> विभिन्न अंगको क्यान्सरको जोखिमबाट बचाउँछ।

>> नियमित सेवनले डन्डिफोर , दाग, चाउरीपना हटाउँछ, छाला स्वस्थ राख्छ, बुढ्यौलीपन सार्छ ।

>> ग्लूकोजको मात्रा घटाउन मद्दत गर्छ, मधुमेहका बिरामीलाई फाइदाजनक हुन्छ।

>> मुटुको समस्याबाट बचाउँछ ।

>> ब्लड प्रेसर घटाउँछ।

>> कोषहरुलाई मजबुत बनाउँछ, प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।

>> थाइरोइड सम्बन्धी समस्याबाट बचाउँछ।

>> भिटामिन बी थ्री र बी सिक्स का कारण दिमाग तेजीलो बनाउँछ।

>> तनाव कम गराउँछ, शरीर फुर्तिलो वनाउछ ।

>> आँखाको दृष्टि मजबुत बनाउँछ।

>> तौल घटाउन मद्दत गर्छ।

>> दम , रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्यालाई फाइदाजनक हुन्छ।

>> यसको पात समेत दाँतको समस्या, पखाला हुँदा सेवन गर्नु लाभदायक हुन्छ ।


काँडे धनियाँ /जंगली धनियाँ(Fitweed/Culantro)---------------------------------------------------------------->> काँडे धनि...
27/09/2026

काँडे धनियाँ /जंगली धनियाँ(Fitweed/Culantro)
----------------------------------------------------------------
>> काँडे धनियाँ चिस्यान रहिरहने ओसिलो ठाउँ , गमला तथा सानो क्षेत्रफलमा एकल वा मिश्रित बालीको रूपमा लगाउन सकिन्छ।

>> यसका कलिला पात तरकारी या अचारको रूपमा प्रयोग गरिन्छ।

>> क्यालसियम, आइरन,राईबोफ्लेमिन, क्यारोटिन जस्ता तत्वहरु यसमा पाइन्छन्।

>> रुघाखोकी , बान्ता हुने, कब्जियत तथा पखाला लागेमा यसको सेवन लाभदायक मानिन्छ।

>> मधुमेह, फोक्सोको समस्या दम का लागि पनि यो उपयोगी मानिन्छ।

>>यसले गुल्कोजकोको मात्रा घटाउने , शरीरमा भएका ‌विषाक्त पदार्थ शुद्धिकरण गर्छ।

>> स्नायु सम्बन्धी समस्या , अल्जाइमर ,पार्किन्सन रोगको लागि पनि उत्तिकै फाइदाजनक हुन्छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when कृषि टुडे - Krishi Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कृषि टुडे - Krishi Today:

Shortcuts

Share