कृषि टुडे - Krishi Today

कृषि टुडे - Krishi Today कृषि टुडे डटकम द्वारा संचालित यस पेजमा तपाईलाई हार्दिक नमस्कार गर्दछौं।

यसरी पनि प्रयोग गर्न सकिन्छ मेवा !
29/04/2026

यसरी पनि प्रयोग गर्न सकिन्छ मेवा !

काँक्रो फर्सी समूहका बालीहरूमा फल कुहाउने  औंशा-----------------------------------------------------क्षतिपोथी झिंगाको पे...
24/04/2026

काँक्रो फर्सी समूहका बालीहरूमा फल कुहाउने औंशा
-----------------------------------------------------
क्षति
पोथी झिंगाको पेटको अन्तिम भाग तीखो हुन्छ जसको सहायतले कलीला फल तथा बतिला सहितका फूल छेडेर भित्रपट्टि फुलहरु पार्दछन् ।

फुलबाट ३ देखि ५ दिनमा औंशाहरु निस्की फलको गुदी खान थाल्छन् ।

औंशाको आक्रमण भएपछि फलको वृद्दि रोकिने, फल पहेलिने, कुहिने तथा झर्ने हुन्छ । पोथीले बनाएको घाउबाट बर्षात्को समयमा पानी भित्र छिर्दछ र फल कुहिन थाल्दछ ।

व्यवस्थापन
औंशा लागेर सड्न लागेका काँक्रो बालीका कोपीला, फूल, र फलहरु जम्मा गरी खाल्टोमा गाड्ने वा जलाईदिने गर्नुपर्दछ ।

कीरा लागेर झरेका, बजार योग्य नभएका फलहरुलाई ५० से.मी. गहिरो खाडलमा राखी माटोले पुर्नु पर्दछ ।

फेरोमन ट्रयापको बट्टा भित्र राखिएको कपासमा ५–५ थोपा क्यूलियर र ५० ई सि को मालाथियन झोल राखी जमिनबाट ५– ६ फिट उचाइमा प्रतिरोपनी ६–८ वटा ट्रयाप राख्नु पर्दछ । हरेक १५–१५ दिनको अन्तरमा मालाथियन र क्यूलियर परिवर्तन गर्नु पर्दछ ।

म्याकफल ट्रयापको बट्टाभित्र हाईङ्कोलाईज प्रोटीन, पानी र ०.०२ प्रतिशतको दरले स्पाईनोस्याडको प्रयोग गरी प्रोटीन श्रोतमा आकर्षित भएका झिंगाहरु पानीमा डुबेर वा स्पाईनोस्याडको प्रभावले पोथी झिंगा प्रभावकारी तरीकाले मार्न सकिन्छ । बाली लगाएको जग्गाभित्र प्रति रोपनी ५ वटा ट्रयाप १.५ फिटउचाइमा राख्नु पर्दछ ।

एक के.जी पाकेको फर्सी काटेर टुक्रा पारी त्यसमा १०० ग्राम सख्खर वा चिनी र १० मिलीलिटर मालाथियन झोल मिलाई प्रति रोपनी एक ठांउमा स्पट ट्रिटमेन्ट गर्दा फर्सी फर्मेन्टेसन हुंदा निस्कने गन्धबाट बयस्क झिंगाहरु आकर्षित भई फुल पार्न रुचाउछन् र मालाथियनको प्रभावले मर्दछन् ।

तुलसीको पातबाट निकालीएको झोल ०.३० मिलीलिटर कटन प्याडमा राखी त्यसमा केही ईथायल एसिटेट राखेर फिल्डमा कहीं ब्याण्ड बनाएर राख्दा ८०० मीटर टाढाबाट बयस्क झिंगा आकर्षित हुने पाईएको छ ।

स्पाइनोस्याड २–३ ग्राम प्रतिलिटर पानीमा मिसाई फूल फूल्न थालेपछि बालीमा छर्कने ।

निमको पिना प्रयोग गर्ने ।

१५ केजी आलो गोबर जुटको थैलोमा राखी १० ली पानी राखेको ड्रममा डुबायर २५ देखि ३० दिन सम्म राखेपछि तैयार भएको चियामल प्रति बोट १०० मिलीलिटरका दरले बोटमा स्प्रे गर्दा कीरा व्यवस्थापन गर्न

बाख्रापालन व्यवसाय गर्दै हुनहुन्छ?यी यसरी बनाउनुस् बाख्रा पाल्ने आधुनिक खोर।
18/04/2026

बाख्रापालन व्यवसाय गर्दै हुनहुन्छ?
यी यसरी बनाउनुस् बाख्रा पाल्ने आधुनिक खोर।

गुच्ची च्याउ।यसको आकार सानो स्पोन्ज वा मौरीको घारजस्तो देखिन्छ।यसको रङ्ग गाढा खैरो वा हल्का पहेँलो हुन्छ।यसको स्वाद मासु...
15/04/2026

गुच्ची च्याउ।

यसको आकार सानो स्पोन्ज वा मौरीको घारजस्तो देखिन्छ।
यसको रङ्ग गाढा खैरो वा हल्का पहेँलो हुन्छ।
यसको स्वाद मासुजस्तै 'माटो' (Earthy) बास्ना आउने र धेरै स्वादिलो हुन्छ, जसका कारण यसलाई "जङ्गलको मासु" पनि भनिन्छ।

१. पाइने स्थान
नेपालमा यो प्रायः समुद्री सतहबाट २,००० देखि ३,५०० मिटरको उचाइमा पाइन्छ।
हुम्ला, जुम्ला, मुगु, डोल्पा र दार्चुला जस्ता पश्चिमी हिमाली जिल्लाहरू यसका लागि प्रसिद्ध छन्।
यो हिउँ पग्लेपछि वसन्त ऋतु (चैत–बैशाख) तिर सल्ला वा देवदारको जङ्गलमा आफैँ उम्रिन्छ।

२. मूल्य र महत्त्व
आर्थिक महत्त्व: यसलाई कृत्रिम रूपमा व्यावसायिक खेती गर्न निकै कठिन छ, त्यसैले यसको मूल्य अत्यन्त उच्च हुन्छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रति केजी हजारौँ डलरसम्म पर्न सक्छ।
स्वास्थ्य फाइदा: यसमा प्रशस्त मात्रामा भिटामिन 'डी', प्रोटिन, र एन्टिअक्सिडेन्टहरू पाइन्छन्। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन र मुटुको स्वास्थ्यका लागि मद्दत गर्छ।

तनेबोडी खेती बारे सम्पूर्ण जानकारी :परिचय :तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४...
11/04/2026

तनेबोडी खेती बारे सम्पूर्ण जानकारी :

परिचय :
तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ ।

हावापानी :
तराईदेखि उच्च पहाड क्षेत्रसम्म यसको खेती गर्न सकिन्छ ।
पहाडमा वर्षको दुईपटक र तराईमा चिसो महिना बाहेक बर्षैभरी खेती गर्न सकिन्छ ।

स्थान र उपयुक्त जातहरु :
खुमले तने, सर्लाही तने, काश्मिरी तने, चाइनिज ३२४,३१२,४२४ जातहरु उपयुक्त जातहरु हुन् ।

रोप्ने र बाली लिने समय :
मध्य पहाडमा साउन भाद्रमा रोपेर असोज कार्तिक मंसिर पहिलो बाली लिन सकिन्छ भने दोस्रो बालीका रुपमा फागुन चैत्रमा रोपेर बैशाख जेठ असारमा बाली लिन सकिन्छ ।
तराई तथा भित्रि मधेशमा फागुनमा रोपेर बैशाख, जेठमा बाली लिन सकिन्छ भने असार साउन, भाद्रसम्म रोपेर भाद्र, असोज, कार्तिकसम्म बाली लिन सकिन्छ । तर जात, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय केही फरक हुन सक्छ ।

कस्तो माटोमा रोप्ने :
तनेबोडी खेती गर्नका लागि प्रशस्त प्रांगारिक पदार्थ र ४.५ देखि ६.५ पि.एच मान भएको दोमट माटो बोडी खेतीका लागि उपयुक्त हुन्छ।

जग्गाको तयारी :
गोठे वा कम्पोष्ट मल राखेर जमीनलाई ३ देखि ४ पटक खनजोत गरी झारपात हटाई समथर बनाउने ।
ड्याङ्ग कम्तिमा १ मिटर चौडाईको बनाउने र त्यसमा २ लाईन बीउ रोप्ने ।

कति बीउ चाहिन्छ त ?
प्रति रोपनी १.५ देखि २ केजी प्रति र प्रति कट्ठा १ देखि १.३ केजी बीउ आवश्यक पर्दछ ।
राइजोवियम इनोकुलेसन : विगत २ बर्षदेखि कुनै पनि कोसेबाली नलगाएको जमीनमा बीउको इनोकुलेसन गर्न जरुरी हुन्छ ।
बाली लगाउने समयमा बोडीको बीउमा नाइटूोजन फिक्सिङ्ग व्याक्टेरिया मिसाउने ।
मलखाद :
रासायनिक मलको परिणाम माटोको उर्वराशक्ति , अघिल्लो बाली, कम्पोष्ट मलको परिणाम र बालीको जातमा भरपर्दछ । आवश्यकता अनुसार झोल तथा सूक्ष्मतत्व प्रयोग गर्न सकिन्छ ।
सामान्यत : डिएपी ५ केजी प्रति रोपनी र ३.५ केजी प्रति कट्ठाको हिसावले जग्गा तयारी हाल्नु पर्ने हुन्छ ।
त्यस्तै कम्पोष्ट मल प्रति रोपनी १५०० केजी र प्रति कट्ठा १००० केजी जमीन तयारी गर्दा प्रयोग गर्नु पर्दछ ।
पोटास प्रति रोपनी ४ केजी र प्रति कट्ठा २.६ केजी जमीन तयार गर्दा नै प्रयोग गर्नु पर्दछ ।

बीउ रोप्ने दुरी :
लाइनदेखि लाइनवीचको दुरी १ मी र बोटदेखि बोटको दुरी २५ देखि ३० से.मी राख्ने ।
ड्याङ बीचको कुलोको चौडाई ३० से.मी. राख्ने ।
बीउलाई जमीनको सतहबाट ३ देखि ५ से.मीको गहिराईमा रोप्ने ।

थांक्रा दिने :
तने बोडी लहरे बाली भएकाले यसबाट राम्रो उत्पादन लिन थाँक्रा दिनु अति आवश्यक हुन्छ ।

गोडमेल : विरुवाको वृद्दि, विकासको लागि कम्तिमा दुईपटक गोडमेल गरी माटो खुकुलो बनाउने र झारपात हटाउने गर्नु पर्दछ ।
सिंचाई र निकास : विशेष गरी फूल फुल्ने र कोसा लाग्ने बेलामा हुलका सिंचाई आवश्यक पर्दछ । विरुवाको फेदमा पानी जम्न नदिने उपाय अवलम्वन गर्नु पर्दछ ।
बाली संरक्षण :
कीरामा मुख्यत : लाही कीरा लाग्छ र यो कीराले विरुवाको पात र डाँठबाट रस चुस्छ । पातमा कालो ढुसी जम्मा भएको देखिन्छ ।
यस्तै सूर्तिको पात खाने लाभ्रे पनि लाग्न सक्छ । लार्भाले कलिलो पात खान्छ भने बयस्क कीराले पात र डाँठ खाई नोक्सान पु¥याउँछ ।
यसलाई नियन्त्रण गर्न कीराको फुल र लार्भालाई नष्ट गर्ने, निमयुक्त बिषादी २ मि.लि.प्रति लिटर पानीमा घोलेर विरुवामा छर्ने वा सर्वो तेल १० मि.लि. प्रति लिटर पानीमा घोलेर छर्ने
रोगमा मुख्यत डाउनी मिल्ड्यु र सिन्दुरे रोग लाग्दछ ।
रोगको नियन्त्रण गर्न सिफारिस गरिएको रोग निरोधक जातहरु लगाउने ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय को सिफारिसमा मन्त्रिपरिषदबाट सिफारिस विभिन्न बाली/वस्तुको न्यूनतम समर्थन ...
11/04/2026

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय को सिफारिसमा मन्त्रिपरिषदबाट सिफारिस विभिन्न बाली/वस्तुको न्यूनतम समर्थन मूल्य।

वर्षे प्याज खेती प्रविधिवर्षा सिजनमा (साउन/भदौ) प्याज लगाउनु पर्ने भएकोले निकासयुक्त बारी चाहिन्छ । बारीमा मकै नपाकेको अ...
06/04/2026

वर्षे प्याज खेती प्रविधि
वर्षा सिजनमा (साउन/भदौ) प्याज लगाउनु पर्ने भएकोले निकासयुक्त बारी चाहिन्छ । बारीमा मकै नपाकेको अवस्थामा मकै भित्र घुसुवा बालीका रुपमा लगाउन पनि सकिन्छ ।

बेमौसमी प्याज सोझै बेर्ना सारी र सेटबाट गर्न सकिन्छ ।

वेर्नावाट वेमौसमी प्याज खेती गर्दा माटो निर्मलीकरण गरिएको ब्याडलाई राम्ररी खनजोत गरी वुर्वुराउदो बनाइ एक मिटर चौडा र ४/५ मि. लामा उठेका ब्याड (ड्याङ्) बनाउने । दुई ब्याडको बीचमा २०/२५ से.मी. चौडा कुलेसा बनाउनु पर्दछ ।

यसरी तयार भएको ब्याडमा ६/७ से.मी. को फरकमा १.५ से.मि. गहिरो लाइन बनाइ प्रति वर्ग मिटर ४०–५० ग्रामका दरले बीउ छर्नु पर्दछ । बीउ छरि सकेपछि छापो दिइ सिंचाइ गर्नु पर्दछ ।

८/१० दिन पछि प्याज फुट्न थाले पछि बेलुकी पख छापो हटाइ बरावर सिंचाइ दिइन्छ । वर्षाको मौसम भएकोले प्लास्टिक गुम्बोजले ब्याड ढाक्नु पर्दछ ।

बेमौसममा गाना उत्पादनका लागि एग्रिफाउण्ड डार्क रेड, एन–५३, नासिक रेड जात उपयोगी पाइएका छन् । पोखरा आसपासका क्षेत्रमा असारको २०/३० सम्म बीउ खसाली साउनको २५ देखि भदौको पहिलो हप्तासम्म बेर्ना सार्न सकिन्छ ।

राम्ररी खनजोत गरी जग्गा तयार गरिएको जग्गामा लाइन/लाइनको फरक १५ से.मि. र बेर्ना/बेर्नाको १५ से.मि. फरक गरी बेर्ना सार्नु पर्दछ ।

वर्षाको समय भएकोले निकासको राम्रो ब्यवस्था हुनु पर्दछ । गानो बालीलाई खुकुलो माटो चाहिने भएकोले गोडमेल, गरिरहनु पर्दछ । वर्षा याम भएकोले झारपातले पनि वढी नोक्सान पुर्‍याउन सक्ने हुनाले बाली झारमुक्त राख्नु पर्दछ ।

गानो ठूलो हुने वेला असोज अन्तीमदेखि कातिक महिनाभर १०/१५ दिनको फरकमा माटोको चिस्यान हेरी आवस्यकता अनुसार सिंचाइ दिनु पर्दछ ।

दुवै विधिवाट प्याज खेती गर्नका लागि ३० टन प्रति हेक्टरका दरले राम्ररी कुहिएको गाठे वा कम्पोष्ट मल राखी जग्गा तयारी सुरु गर्नु पर्दछ । रासायनिक मल ६०: १००:१०० के.जी. नाइट्रोजनः फसफोरस र पोटास प्रति हेक्टरका दरले जग्गा तयारीको आन्तिम वेला प्रयोग गर्नु पर्दछ । बांकी ६० के.जी. नाइट्रोजनलाई आधा आधा गरी सेट/बेर्ना रोपेको ३० दिन पछि र ६० दिनपछि प्रयोग गर्नु पर्दछ ।
यस हिसावले प्रति रोपनी २ के.जी. युरिया ११ के.जी डि.ए.पी. र ८ के.जी.पोटास जग्गा तयारीका वेलामा र ३.२५ के.जी. का दरले युरिया माथी भने बमोजिम दुई पटक टपड्रेसिङ गर्नु पर्दछ ।

सेटबाट प्याज खेती गर्दा प्रथम सेट उत्पादन र त्यसपछि गानो उत्पादन गरी दुई चरण हुन्छ

सेट उत्पादन प्रविधि
सेटबाट ताजा तरकारी उत्पादनका लागि प्राय जुनसुकै जात पनि लगाउन सकिन्छ तर गानो उत्पादनका लागि भने भने हाल नेपालमा प्रचलित जात मध्य नासिक रेड– ५३, एन–५३ र एग्री फाउण्ड डार्क रेड र बेमौसमी–१ जात उपयुक्त ठहर भएका छन् ।

बीउ खसाल्ने समयर मध्य पहाडमा मङ्सिर १५ देखि मङ्सिरको अन्तसम्म र टार, वेसी, खोच तराई क्षेत्रमा पौष महिना भरि बीउ खसाल्न सकिन्छ ।

माटो निर्मलीकरण गरिएको ब्याडलाई राम्ररी खनजोत गरी वुर्वुराउदो बनाइ एक मिटर चौडा र ४/५ मि. लामा दबेका ब्याड (क्यारी) बनाउने । दुई ब्याडको बीचमा २०–२५ से.मि. चौडा केही उठेको आली बनाउनु राम्रो मानिन्छ ।

यसरी तयार भएको ब्याडमा ६– ८ से.मि. को फरकमा १.५ से.मि. गहिरो लाइन बनाई प्रति वर्ग मिटर १५–२० ग्रामका दरले बीउ छर्नु पर्दछ । बीउ छरी सकेपछि छापो दिइ पानी सिंचाइ गर्नु पर्दछ । १०–१२ दिन पछि प्याज फुट्न थाल्छ र बेलुकीपख छापो हटाइ बराबर सिंचाई दिइ वैशाख अन्तिम तिर सेट खन्नका लागि तयार हुन्छ ।

प्याजको सेट भन्नाले प्याजको सानो गानो जसको साइज १.५–२.० से.मि. व्यास र ५–१० ग्राम तौलका हुन्छन (सामान्यतया हातको बूढी औंला आकारका) लाई बुझिन्छ । यस आकारका साना गाना भएपछि सिंचाइ रोकी बोट राम्ररी सुकेपछि खन्नु पर्दछ । तयारी सेटलाई दुई तीन दिनसम्म बोटसंगै राम्रोसंग छाँयामा सुकाइ
माटो आदि झारी सकेपछि हावा खेल्ने ठाउँमा गानालाई काटेझं काटी टोकरी, र्‍याक, ट्रे आदिमा ५–८ से.मि. बाक्लो तह पारी राम्ररी हावा खेल्ने उज्यालो कोठामा भन्डारण गर्नु पर्दछ ।

भन्डारण गरेको ठाउंमा सेट कुहिए नकुहिएको हेर्न १५/१५ दिनको फरकमा अवलोकन गर्नु पर्दछ वा बोटैसंग लसुन जस्तै झुण्डाएर राख्न पनि सकिन्छ ।

सेटबाट गानो उत्पादन
सेट लगाउने समय र दुरीः मध्य पहाडी भेगमा साउन १५ देखि अन्तिम सम्ममा र टार/वेशी/तराई क्षेत्रमा भदौ १ देखि १५ गते सम्म सेट लगाउनु उपयुक्त हुन्छ । लाइन/लाइनको फरक १५ से.मि. र सेट/सेटको १०–१५ से.मि. फरक गरी लगाउनु पर्दछ ।

सेट रोपणः राम्ररी तयार भएको तर पानी नजम्ने ठाउँमा माथि उल्लेखित दुरीमा थोरै टुप्पा देखिने गरी सेट रोप्नु पर्दछ । वर्षाको समय भएकोले निकासको राम्रो व्यवस्था हुनु जरुरी हुन्छ । गानो बालीलाई खुकुलो माटो चाहिने भएकोले गोडमेल गरिरहनु पर्दछ ।

वर्षा याम भएकोले झारपातले पनि बढि नोक्सान पुर्‍याउन सक्ने हुनाले बाली झारमुक्त राख्नु पर्दछ । गानो ठूलो हुने बेला असोज अन्तिमदेखि कात्तिक महिना भर १०/१५ दिनको फरकमा माटोको चिस्यान हेरि आवस्यकता अनुसार सिंचाइ दिनु पर्दछ ।

यसरी सेट/बेर्ना रोपेको प्याज ४५ दिनमै पूरै बोट (गानो र पात समेत) ताजा तरकारीका लागि तयार हुन्छ । यो बेला दशैं तिहार पर्ने भएकोले राम्रो मूल्य पाउन सकिन्छ ।

आवस्यकता अनुसार ताजा तरकारीका लागि उखेलेर बेचबिखन गर्न सकिन्छ भने गानो मङ्सिरको सुरुमा (९० देखि १०० दिनमा) तयार हुन्छ । यो सिजनको गानो धेरै दिन भन्डारण गर्न सकिदैन । काटेको ठाउँबाट पलाउछ । त्यसैले सकभर छिटो बेचबिखन गर्नु पर्दछ वा आवस्यकता अनुसार मात्र गानो खन्न
सकिन्छ ।

हर्रोको घाँस पशु बस्तुलाई दिनु कत्तिको उचित  !------------------------------------------- जोत्ने गोरु, थारा गाई, भैंसी,...
03/04/2026

हर्रोको घाँस पशु बस्तुलाई दिनु कत्तिको उचित !
-------------------------------------------
 जोत्ने गोरु, थारा गाई, भैंसी, बाख्रा आदिलाई परालसंग मिसाएर खुवाउदा राम्रो हुन्छ तर दुध दिने जनवारहरुको लागि ट्यानिन बढि भएको हुनाले त्यति राम्रो हुदैन ।

 हर्रो मात्र लामो समय सम्म खुवाउदा दुध उत्पादन घट्दै जाने, पशु दुव्लाउदै जाने र पछि थला पर्ने पनि देखिन्छ । त्यस कारण दुई भाग पराल र एक भाग हर्रोको हरियो डाले घाँस खुवाउन राम्रो हुन्छ ।

घरेलु जैविक विषादी!
03/04/2026

घरेलु जैविक विषादी!

बाँके डुडुवा गाउँपालिका– ३, हल्कारापुर्वाका किसानहरु भैसीपालन व्यवसायमा !
02/04/2026

बाँके डुडुवा गाउँपालिका– ३, हल्कारापुर्वाका किसानहरु भैसीपालन व्यवसायमा !

कफी खेती वार्षिक कार्यतालिका
01/04/2026

कफी खेती वार्षिक कार्यतालिका

अदुवाको  गुणस्तरीय वीउ (गानो) छनौट गर्दा  ध्यान दिनुपर्ने कुराहरु ------------------------------------------------------...
01/04/2026

अदुवाको गुणस्तरीय वीउ (गानो) छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु
---------------------------------------------------------------
 प्रयोग हुने वीउको श्रोत खुलेको हुनु पर्छ ।

 वीउ गानोको बोक्रा खुईलिएको हुनुहुदैन। वीउका लागि कम्तिमा एउटा टुसा निस्कन सक्ने पोटिलो गानो हुनुपर्छ ।

 अदुवाको नयां गानोलाई वीउको रुपमा प्रयोग गरिन्छ । जात हेरी वीउ गानो ४० ग्राम देखि ६० ग्राम सम्मको हुनुपर्छ ।

 वीउ गानो कुहिने रोग नलागेको खेतबारीबाट संकलन गरिएको हुनुपर्छ ।

 गानो कुहिने रोग नभएको र कीरा नलागेको स्वस्थ वीउ गानो हुनुपर्छ ।

 यदि गानोको वाहिरी भाग असाधारण ध्वाँसे देखिएको छ वा गानोको भित्री भाग ध्वांसे देखिएको छ भने ढुसीको आक्रमण ठानी वीउको लागि कदापी छनौट गर्नु हुंदैन ।

 छनोट भएको बीउलाई १०० लिटर पानी अटाउने (१ फूट चौडाई, १ फूट उचाई र ४ फिट लम्बाई) क्षमताको खाडल बनाउने । सो खाडलमा पानी अड्ने गरी प्लास्टिक बिच्छाउने । १०० लिटर पानीमा १ किलोग्राम (१० ग्राम प्रति लिटर पानीमा) ट्राईकोडर्मा भिरिडि वा हर्जियानमको कल्चर मिसाई घोल बनाउने । सो घोलमा वीउ उपचार गर्न सकिन्छ ।

 गानोहरुलाई घोलमा डुबाएर गानोको वाहिरी सतह तथा काटिएको वा भाँचिएको भागमा लेप लागे जस्तो बनाउनु पर्दछ । वीउ गानोहरुलाई बडिमा एक घन्टा सम्म डुवाएर निकाल्ने र गानोमा लागेको लेप नसुकोस भन्नका लागि प्लास्टिकले ढाक्ने व्यवस्था मिलाउनु पर्दछ ।

 ट्राईकोडर्माको उपचार पछि वीउलाई घाममा कदापी सुकाउनु हँदैन र वीउ रोपे पछि माटोमा चिस्यान भैरहनु आवश्यक छ । वीउ उपचार पछि ट्राईकोडर्माको घोल बचेमा त्यसलाई अदुवा लगाउने कुलेसोमा प्रयोग गर्न सकिन्छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when कृषि टुडे - Krishi Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कृषि टुडे - Krishi Today:

Share