Anita darnal - biswakarma

Anita darnal - biswakarma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anita darnal - biswakarma, Ilam, Jhapa District.

19/10/2016

कार्यक्रम दलित जागरण आज बेलुका ६ः३० देखि सुन्न नभुल्नु होला .............आजको कार्यक्रममा झापा नेत्रहीन संघका जिल्ला सचिव भोज कुमार तामाङ्ग संगको कुराकानी रहेको छ
। ........ कार्यक्रम दलित जागरण प्रतेक हप्ताको बुधबार बेलुका ६;२५ देखि र पु न प्रशारण शुक्रबार बिहान ८ बजेको निउज हाइलाइटस पछि मात्र आँगन एफ एम ८९.६ मेगाहर्जमा साथै www.aaganfm.com.np मा पनि सुन्न सक्नु हुन्छ ।।।।।

28/09/2016

कार्यक्रम दलित जागरण आज बेलुका ६ः३० देखि सुन्न नभुल्नु होला .............आजको कार्यक्रममा गायक शिव परियार ( रनपहेंली ) संगको कुराकानी रहेको छ
। ........ कार्यक्रम दलित जागरण प्रतेक हप्ताको बुधबार बेलुका ६;२५ देखि र पु न प्रशारण शुक्रबार बिहान ८ बजेको निउज हाइलाइटस पछि मात्र आँगन एफ एम ८९.६ मेगाहर्जमा साथै www.aaganfm.com.np मा पनि सुन्न सक्नु हुन्छ ।।।।।

कार्यक्रम दलित जागरण आज बेलुका ६ः३० देखि सुन्न नभुल्नु होला ......। ........ कार्यक्रम दलित जागरण प्रतेक हप्ताको बुधबार ...
21/09/2016

कार्यक्रम दलित जागरण आज बेलुका ६ः३० देखि सुन्न नभुल्नु होला ......
। ........ कार्यक्रम दलित जागरण प्रतेक हप्ताको बुधबार बेलुका ६;२५ देखि र पु न प्रशारण शुक्रबार बिहान ८ बजेको निउज हाइलाइटस पछि मात्र आँगन एफ एम ८९.६ मेगाहर्जमा साथै www.aaganfm.com.np मा पनि सुन्न सक्नु हुन्छ ।।।।।

21/09/2016

कार्यक्रम दलित जागरण आज बेलुका ६ः३० देखि सुन्न नभुल्नु होला ......
। ........ कार्यक्रम दलित जागरण प्रतेक हप्ताको बुधबार बेलुका ६;२५ देखि र पु न प्रशारण शुक्रबार बिहान ८ बजेको निउज हाइलाइटस पछि मात्र आँगन एफ एम ८९.६ मेगाहर्जमा साथै www.aaganfm.com.np मा पनि सुन्न सक्नु हुन्छ ।।।।।

रसियाको औद्योगिक क्षेत्र नजिकै रहेको एक नदी एकाएक रगतजस्तो रातो बग्न थालेको छ । तर यो कुनै श्राप वा अपशकुनको लक्षण होइन ...
09/09/2016

रसियाको औद्योगिक क्षेत्र नजिकै रहेको एक नदी एकाएक रगतजस्तो रातो बग्न थालेको छ । तर यो कुनै श्राप वा अपशकुनको लक्षण होइन । यसको कारण कारखानाबाट निस्कने विभिन्न रसायन हुनसक्ने विभिन्न स्रोतले बताएको छ ।

नदी रगतजस्तो रातो भएपछि रसियाको नोरिल्स्कका स्थानीयले बुधबार यसका विभिन्न तस्बिरहरु इन्स्टाग्राममा राखेका थिए । यस्तो हुनुका पछाडि सटिक वास्तविकता थाहा नभएको स्रोतले बताएको छ ।
इबेरियन टाइम्सको रिपोर्ट अनुसार नदीको रङमा परिवर्तन भएको यो पहिलो पटक होइन, यसभन्दा पहिले धेरै पटक रगत पूरै रातो रङमा बगेको थियो । नजिकै रहेको निकेल फ्याक्ट्रीबाट निस्किएको प्रदुषणले नदीको रङ परिवर्तन भएको विश्वास गरिन्छ ।

नोरिल्स्क निकेल नामक उक्त फ्याक्ट्रीले भने नदीको रङमा परिवर्तन हुनुमा उनीहरुको केही पनि दोष नरहेको बताएका छन् । यद्यपी रसियाली सरकारले उक्त फ्याक्ट्रीको पाइपलाइनबाट प्रदुषण लिक हुँदा यस्तो भएको बताएको छ भने चाँडोभन्दा चाँडो अनुसन्धान गरी ठोस् निर्णयमा पुग्न आदेश दिएको छ ।

08/08/2016

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरुको एउटा महत्वपूर्ण गन्तव्य खाडी राष्ट्र साउदी अरेबियामा आर्थिक समस्या चर्किएको छ । समस्या बढे सँगै त्यहाँ काम गर्दै आएका नेपालीहरु पनि प्रभावित हुन थालेका छन । अहिले खाडी मुलुक खासगरी साउदी अरबको श्रमबजार ओरालो लागेको अवस्थामा छ । अन्तराष्ट्रिय रुपमै आर्थिक मन्दीको अवस्था आइरहेको छ । हजारौं कामदारको काम खोसिंदै छ । बेरोजगार र अलपत्र बनाइंदैछ ।
नेपाल सँगै भारत, पाकिस्तान, फिलिपिन्स तथा बङ्गलादेशका कामदार पनि यसको घानमा पर्दैछन् । यसको कारण कच्चा तेलको मूल्यमा आएको गिरावट हो । साउदीको अर्थतन्त्रमा आएको गिरावट हो । यस्तै प्रभाव खाडीका अन्य देशमा पनि पर्ने संकेत देखिन थालेको छ । कुवेत, कतार, ओमन, बहराइन, तथा युएई पनि अछुतो नरहला ।
कतिपय कम्पनीले त अहिले बाटै कामदार कटौती गरिरहेका छन् । अनि कतिले समय सिमा तोकेर आफ्ना कामदारलाई अन्तै काम खोज्न भनेका छन् । तोकेको समयमा उपाय नलागेपछि स्वदेश फर्किने तयारीमा धेरै नेपालीले झोला कसिसकेका छन् । धेरै नेपालीको रोजीरोटीनै गुम्ने अवस्था आएको छ ।
गएको जेठ मसान्त सम्ममा साउदी अरबमा ७ लाख ४३ हजार २ सय ५० जना नेपाली पुगेका छन । ती मध्ये ४ हजार ३ सय ९१ जना महिला छन् । धेरै परिवारले साउदी अरबमा पसिना सँग साटेको पैसाले गर्जो टारिरहेका छन् । अब यी मध्ये कती परिवारको गाँस खोसिने हो यसै भन्न सकिने अवस्था छैन । तर अवस्था डर लाग्दो भएको अनुमान सजिलै गर्न सकिन्छ । त्यहाँका जेलमा रहेका मध्ये ११ जना नेपालीहरुले ब्लड मनी मार्फतको पैसा बुझाउन नसक्दा कडा सजाय पाउने अवस्थामा पुग्न आटेका छन् ।
धेरै जसो कामदारले लामो समय देखि तलब नपाएको र केहीले रोजगारी नै गुमाएका छन् । साउदीको हायलमा सानाफ इन्टरनेश्नल नामक कामदार सप्लाई कम्पनीमा सामान्य मजदुरीका लागि पुगेका ४८ जना नेपाली अहिले अलपत्र अवस्थामा छन् । उनीहरुले गएको ८ महिना यताको तलब सेवा सुविधा पाएका छैनन् भने ६ महिना यता कामबाट समेत निकालिएपछि दयनीय अवस्थामा छ ।
त्यस्तै साउदीकै अलिक विकट ओनेजा र अल कासीममा पनि ४६ जना नेपाली कामदार समस्यामा परेका छन् । त्यसो त युएईको आबुधाबीमा रहेको एमिरेट्स सेक्युरिटी कम्पनीले पनि झन्डै ७० जना नेपालीलाई आगामी १ तारिकदेखी कामबाट निस्कासन गर्दै छ ।
हाल सम्म ७३ जना नेपालीलेमात्रै साउदी अरब स्थित नेपाली दूतावासमा सहयोगका लागि निवेदन दिएको कार्यवाहक राजदूत आनन्द प्रशाद शर्माले बताउनुभयो । साउदीमा अलपत्र अवस्थामा रहेका आफ्ना नागरिकलाई सहयोग गर्न भारत र पाकिस्तानका अधिकारीहरु सम्बन्धित स्थलमै पुगेका छन् । विडम्बना नेपाली नीकायहरु समस्यामा परेका नेपालीहरुको आवेदन सङ्ख्या गन्दै बस्दै छ ।
भारतको केन्द्र सरकारले आफ्ना केन्द्र स्तरका मन्त्री पिके सिङलाई साउदी पठाएर आफ्ना नागरिकको उद्दारमा सहयोग पुर्‍याउन खटाइसकेको छ । साउदी अरबमा अलपत्र परेका भारतीय कामदरको उद्दारका लागि जनरल सिङ गएको बुधबारनै जेद्दा पुगेर भोक–भोकै परेका आफ्ना नागरिकलाई खानेकुरा बाडिरहेका छन् । त्यस्तै काम पाकिस्तानी अधिकारीले पनि गरिरहेका छन । तर नेपालको उपस्थिती सुन्य छ । पीडितले साउदी कम्पनीले कामबाट निकालेको, तलब नदिएको, लगायतका गुनासो गरेका छन् ।
साउदीमा रहेको नेपाली महावाणिज्य दूतावासले समस्यामा परेकाहरुलाई भारतीय कामदारहरुलाई जसरी फर्काइन्छ हामीले पनि त्यसरी नै फर्काउने कुरा सुनाएर आफ्नो जिम्वेवारी पुरा भएको ठानेको छ । पीडित आत्तिएका छन् । हारगुहार गरिरहेका छन् ।
तर सरकारले परदेशमा पनि आफ्ना नागरिक रहेको कुरा भुल्यो कि क्याहो ? होइन भने यस्तो विपतमा किन साथ पाउँदैनन् । रेमिट्यान्स हिसाव गर्ने सरकारले दायीत्व वोध गर्नु पर्छकि पर्दैन ? देशमा रोजगारी नपाएर परदेशको मरुभुमिमा जान वाध्य नेपालीलाई हाम्रो देशमा पनि सरकार छ भनेर सम्झन लायक बनोस् ।

16/03/2016

कार्यक्रम दलित जागरण आज बेलुका ६ः३० देखि सुन्न नभुल्नु होला .............. । ........ कार्यक्रम दलित जागरण प्रतेक हप्ताको बुधबार बेलुका ६ः३० देखि र पु न प्रशारण शुक्रबार बिहान ८ बजेको निउज हाइलाइटस पछि मात्र आँगन एफ एम ८९.६ मेगाहर्जमा साथै www.aaganfm.com.np मा पनि सुन्न सक्नु हुन्छ ।।।।।

19/01/2016

नेपाली फुटबलको नयाँ हिरो नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतले नेपाल बंगबन्धु गोल्डकपकको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न सेमीफाइनलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । नवयुगले ३१, ६२ र ९१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने बिशाल राईले ५२ औं मिनेटमा गोल गरे । माल्दिभ्सले ७७ औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो ।

19/01/2016

‘जति पिए पनि रक्सीले हानी नै गर्छ’

हानी नगर्ने स्तरमा रक्सी सेवनको कुनै परिमाण नरहेको ब्रिटेनका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
२० वर्षमा पहिलो पटक पुनरावलोकन गरिएको सुझावमा, उनीहरुले एकदमै न्यून मात्रामा रक्सी सेवन गर्दा समेत क्यान्सरको जोखिम हुन सक्ने निष्कर्ष निकालेका हुन्।
ती अधिकारीहरुले महिला तथा पुरुषलाई एक साताभित्र कम्तीमा ३ दिन लगाएर सात गिलास वाईन, वा तीन लिटर बियरभन्दा बढी नपिउन सुझाव दिएका छन्।
पछिल्लो मापदण्डसँगै ब्रिटेन पनि क्यान्सर र रक्सी सेवनबीचको सम्बन्धसँग जुध्न सावधानी अपनाउने प्रयास गरिरहेका अष्ट्रेलिया र क्यानेडा जस्तै राष्ट्रहरुको समूहमा ‌समावेश भएको छ।
मापदण्ड
ब्रिटेनका प्रमुख स्वास्थ्य अधिकारीहरुले तयार पारेको मापदण्डमा रक्सी सेवनको कुनै सुरक्षित मात्रा नरहेको प्रष्ट पार्दै एक हप्तामा १४ युनिट अर्थात ६ पिन्ट बियर वा ७ गिलास वाईनभन्दा बढी पिउन नहुने उल्लेख गरिएको छ।
यदि मानिसहरुले पिउने हो भने त्यो तीनभन्दा बढी दिन लगाएर हुनुपर्ने र केही दिन रक्सी सेवन नगरी बस्नुपर्ने सुझावमा उल्लेख छ।

गर्भवती महिलालाई एक थोपा पनि रक्सी नपिउन भनिएको छ।
अघिल्लो मापदण्डले पनि गर्भवती महिलाले रक्सी सेवन गर्नु नहुने उल्लेख गरेको थियो तर त्यसमा ब्रिटेन, वेल्स र नर्दन आयरलण्डमा पिउनै परे एकचोटी वा दुईचोटी गरि हप्तामा एक वा दुई युनिट मात्र सेवन गर्न छुट दिइएको थियो।
त्यस्तो अवस्थामा मात्तिने गरी नखान महिलाहरुलाई भनिएको थियो।
पछिल्लो निर्देशिकाले दुर्घटना वा चोटपटकको जोखिम बढ्ने भन्दै एक वा दुई पटकमै रक्सी भरिएका गिलास नरित्याउन ध्यानाकर्षण गराएको छ।
महिला
सन् १९९५ यता रक्सीसम्बन्धी मापदण्डलाई पूर्ण रुपमा पहिलो पटक पुनरावलोकन गरिएको हो।
विगतमा सन् २००७ र २००९ मा क्रमश गर्भवती महिला र किशोर किशोरीका बारेमा सुझाव थपिएको थियो।
पुरानो मापदण्डमा पुरुषले दिनमा बढीमा तीन देखी चार युनिट ( ७५ देखि १०० मिलिलिटर स्पिरिट) अनि महिलाले दुईदेखि तीन युनिट (५० देखी ७५ मिलिलिटर स्पिरिट) ४८ घण्टाको अन्तर पारेर सेवन गर्न सक्ने उल्लेख गरेको थियो।

तर नयाँ मापदण्डले महिला र पुरुषमा कुनै फरक गरेको छैन र हप्ताभरमा १४ युनिटभन्दा बढी रक्सी नपिउन भनेको छ।
उक्त अध्ययनले ५५ वर्ष नाघेका महिलाहरुले भने एक हप्तामा ५ युनिट हुने गरै थौरै मात्रामा रक्सी सेवन गरे उनीहरुको मुटुमा केही फाइदा पुग्न सक्ने भने उल्लेख गरेको छ।
विगतमा केही अध्ययनले थौरै परिमाणमा रक्सी पिउँदा त्यसले पुरुषहरुलाई मुटुसम्बन्धी रोगबाट जोगाउने उल्लेख गरेको थियो तर पछिल्लो मापदण्डले त्यस्तो अवस्था नरहेको प्रष्ट पारेको छ।
क्यान्सर
नयाँ मापदण्डको अर्को प्रमुख विशेषता चाहीँ त्यसले रक्सी सेवनले क्यान्सरको जोखिम बढाउने कुराको प्रमाण भेटिएको जनाएको छ।
नियमित रुपमा जुनसुकै परिमाणमा रक्सी सेवन गरियो भने पनि त्यसले मुख, घाँटी र स्तन जस्ता विभिन्न प्रकारका क्यान्सरको जोखिम बढाउने मापदण्डमा जनाइएको छ।
सन् १९९५ मा क्यान्सरलाई राम्ररी नबुझिएको भन्दै अध्ययनमा १४ युनिटको सीमा निर्धारण गरेर रक्सी सेवनका कारणले हुने मृत्युको जोखिमलाई एक प्रतिशतमा राखिएको जनाइएको छ।
ब्रिटेनका प्रमुख स्वास्थ्य अधिकारी डेम स्याली डेभिसले भनिन्, “दैनिक रुपमा कुनै पनि परिमाणमा रक्सी सेवन गर्दा त्यसले जो कोहीमाथि पनि स्वास्थ्य जोखिम निम्त्याउँछ, तर यदि पुरुष तथा महिलाले रक्सी सेवनको मात्रा हप्तामा १४ युनिटभन्दा बढाएनन् भने त्यसले क्यान्सर र कलेजोको रोगसम्बन्धी जोखिम कम गर्छ।”
पछिल्लो मापदण्डलाई हालसम्मकै सबैभन्दा वैज्ञानिक जानकारी भन्दै उनले अहिले पनि रक्सी सेवन गर्ने चार जनामध्ये एकले हाल सिफारिस गरिएको भन्दा बढी परिमाणमा पिउने गरेको उल्लेख गरिन्।
अल्कोहल हेल्थ एलायन्सका अध्यक्ष प्राध्यापक इयान गिलमोरले पछिल्लो सुझाव अत्यावश्यक रहेको बताएका छन्।
उनले भने “ मानिसहरुले रक्सी सेवनको जोखिमबारे जानकारी पाउनुपर्छ, वास्तविक र पारदर्शी सूचनाकै कारण उनीहरुले आफूले कति पिउने भनेर सही निर्णय लिनसक्छन्।”

04/01/2016

ICT UPDATE
अब नेपाली भाषामै चलाउनुस युट्युब
गुगल ट्रान्सलेट, जिमेल हुँदै युट्युब पनि अब नेपाली भाषामा उपलब्ध भएकोछ । नेपाली भाषा वा भनौँ देवनागिरी लिपी मात्र बुझ्ने कम्प्युटर प्रयोगकर्ताले इन्टरनेटमा अब सजिलै युट्युब चलाउन सक्नेछन् । युट्युब नेपाली भाषामा भन्नुको मतलब, युट्युब साइट नेपाली भाषामा हुनेछ, तर युट्युबमा रहेका भिडियोहरु यथावत रहनेछन् ।
गुगल र नेपाली स्वयंसेवकहरुको महिनौँको प्रयास पछि, युट्युब नेपाली भाषामा उपलब्ध भएको हो । नेपाली सहित ७५ भन्दा धेरै भाषामा युट्युब उपलब्ध छ। युट्युबमा संसारभरबाट प्रति मिनेट ३०० घन्टा बराबरको भिडियो अपलोड गरिन्छ । डिसेम्बर २०१३ मागुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो भने, जुलाई २०१४ बाट जिमेल नेपाली भाषामा उपलब्ध भएको थियो।
युट्युब पेजको तल रहेको ‘सेटिङस्’मा गएर, ‘ल्याङ्वेज सेक्सन’मा नेपाली भाषा छान्न सकिन्छ । नेपाली ‘क्लिक’ गरेपछि, तपाईको लागि युट्युब नेपाली भाषामा उपलब्ध हुन्छ

18/12/2015
02/12/2015

कार्यक्रम दलित जागरण आज बेलुका ६ः३० देखि सुन्न नभुल्नु होला .............. यस अँकमा नेपाली काग्रेसका बिर्तामोड नगर सभापति भोज राज सिटौलासंगको कुराकानी रहेको छ । ........ कार्यक्रम दलित जागरण प्रतेक हप्ताको बुधबार बेलुका ६ः३० देखि र पु न प्रशारण शुक्रबार बिहान ८ बजेको निउज हाइलाइटस पछि मात्र आँगन एफ एम ८९.६ मेगाहर्जमा साथै www.aaganfm.com.np मा पनि सुन्न सक्नु हुन्छ ।।।।।

Address

Ilam
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Anita darnal - biswakarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share