28/02/2026
विज्ञान शिक्षक समाज मकवानपुर (STAN- Makawanpur) आयोजनामा २०८२ फागुन १६ गते भएको एसइई परीक्षा केन्द्रित विज्ञान हाजिरी जवाफ प्रतियोगितामा मकवानपुर जिल्लाभरिका २५ विद्यालयको सहभागिता रहेकोमा प्रथम स्थान बालज्योति मा.वि., हेटौंडा–५, द्वितीय स्थान कालिका मा.वि., कैलाश–९ ले प्राप्त गरेको छ साथै तृतीय स्थान जी.एस. निकेतन मा.वि., हेटौंडा–५ ले हासिल गरेको थियो। विजयी विद्यालयहरूले क्रमशः रु. ५,०००, ३,०००, २,००० नगदसहित सम्मानपत्र प्राप्त गरेका छन्।
साथै उत्कृष्ट आठमा छनौट भई दोस्रो राउन्ड प्रवेश गर्ने आधुनिक राष्ट्रिय मा.वि., हेटौंडा–४, शारदा मा.वि., मकवानपुरगढी–५; जनता मा.वि., बागमती–७; बालजागृति इङ्ग्लिस बोर्डिङ स्कुल, हेटौंडा–२,नवोदय शिशु सदन इङ्ग्लिस बोर्डिङ स्कुल हेटौंडा -४ ले पनि नगद रू १००० सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रम STAN मकवानपुरका जिल्ला अध्यक्ष भरत पोखरेलको सभाध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्यता हेउमनपा १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे लामाको रहेको थियो ।
STAN प्रदेश उपाध्यक्ष खेमराज लामिछाने र गणित शिक्षा परिषद् मकवानपुरका अध्यक्ष तथा वालजागृति सेकेन्डरी स्कुलका प्रिन्सिपल विनोद सुवेदीको विशिष्ट आतिथ्यता , प्रदेश सदस्य खेम वि कको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला उपाध्यक्ष सुवास खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव जीवन तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो।
कार्यक्रममा स्टान मकवानपुर जिल्ला सल्लाहकारहरू विनोद गुप्ता, केशव न्यौपाने , हेउमनपा नगर अध्यक्ष भुपेन्द्र यादव , नगर समितिका मधुसुदन हुमागाई ,बागमती गाउँपालिका अध्यक्ष निरेश गौतम, बकैया पालिका अध्यक्ष धन बहादुर लामा , जिल्ला सहसचिव दुर्गा पराजुली , कोषाध्यक्ष सुदर्शन पौडेल, सदस्यहरू प्रमिला गुम्मी , कल्पना गोले तामाङ शिक्षकहरू रामकृष्ण श्रेष्ठ , देवराज ढुङ्गेल , रुपेश वानियाँ लगायतको उपस्थिति र आतिथ्यता रहेको थियो ।
विजेता सम्पूर्ण टीमलाई हार्दिक बधाई ।
कार्यक्रम हेउमनपा १० नं. वडा कार्यलयको आर्थिक सहयोग र बालजागृति इङ्ग्लिस स्कुलमा सम्पन्न भयो।