Bhumlu Ga.Pa. Health Information Center

Bhumlu Ga.Pa. Health Information Center Is an organizational unit to provide health information to all the related People and sub-organizational units and its catchment area.

09/01/2022

tomorrow's training is going to start on time

02/02/2021

आयोडिन महिना मनाउने सम्बन्धमा!!!
सम्पूर्ण स्वास्थ्य संस्थाहरुको ईन्चार्जज्यूहरुमा अनुरोध!!!

नेपाल सरकारको वार्षिक स्वीकृत नीति तथा कार्यक्रममा समावेश भएको तथा हाम्रो गाउँपालिकाको पोषणको अवस्थाबारे सर्वसाधारणको ज्ञान, सीप, र आयोडिनको उपभोग बढाउने उदेश्य सहित र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ मा सशर्त अनुदान तर्फ स्थानीय तहबाट कार्यन्वयन गरिने स्वास्थ्य तथा जनसङ्ख्या सम्बनुधी कार्यक्रमहरुका सञ्चालन मार्गदर्शनमा उल्लेख भए अनुसार फेब्रअरी महिनालाई आयोडिन महिना मनाउने भन्ने शिर्षकमा बजेट बाँडफाँड भएको हुदाँ सोही अनुसार हरेक स्वास्थ्य चौकीहरुले आयोडिन महिना मनाउन सहयोग गरि यो कार्यक्रमलाई भव्यताका साथ सफल पारिदिनुहुन अनुरोध गरिन्छ ।

उक्त्त कार्यक्रममा तपसिलका गतिविधीहरु सञ्चालन गर्नुहुन अनुरोध छ ।

तपसिलः
१. पहिलो हप्ताः- समन्वयात्मक जानकारीमूलक सहभागितामूलक कार्यक्रम आयोजनामा प्रचार प्रसार गरि मनाउने ।
२. दोस्रो हप्ताः- संयुक्त्त र्याली निकाल्ने (विद्यालय म.सा.स्वा.स्व.से. तथा आमा समूह विभिन्न क्लबहरु गैह्र सरकारी संस्थाहरु सहकारी समूहहरुको संयुक्त्त सहभागितामा र्याली निकाल्ने) ।
३.तेस्रो हप्ताः- शिक्षामूलक कार्यक्रम (विद्यालयमा गई आयोडिनको महत्त्व दुई बालबालिकाको चिन्हयुक्त्त आयोडिन नुनको प्रयोग र आयोडिनको सुरक्षित प्रयोगको बारेमा कक्षा संचालन गर्ने )।
४. चौथो हप्ताः- प्रयोगात्मक पर्दशनी Practical Demonstration गरि जनमानसमा आफुले प्रयोग गरिरहेको नुन आयोडिनयुक्त्त भए/नभएको बारेमा सचेत गराउने ।

सम्पूर्ण स्वास्थ्यका कर्मचारीहरुमा अनुरोध !!!आ-आफ्नो व्यक्त्तिगत विवरण तल उल्लेख भए बमोजिमको ढाँचामा यथाशिघ्र छिटो आधा घ...
23/01/2021

सम्पूर्ण स्वास्थ्यका कर्मचारीहरुमा अनुरोध !!!
आ-आफ्नो व्यक्त्तिगत विवरण तल उल्लेख भए बमोजिमको ढाँचामा यथाशिघ्र
छिटो आधा घण्टा भित्र उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछु ।

23/12/2020

सम्पूर्ण ईन्चार्जहरुमा अनुरोध!!!
यहि पौष ०५ गते हुने भनिएको मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखिकरण यहि पौष १३ गते हुने र मंसिर महिनाको मासिक मिटिङ पौष १४ गते हुने वयोहोरा जानकारी गराईन्छ । साथै यस कार्यक्रममा आउँदा आ-आफ्नो स्वास्थ्य संस्थामा भएका महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुको यस अघि पठाईएको फर्मेटमा उपर्युक्त्त विवरणहरु स्पष्ट तरिकाले भरेर ल्याउनुहुन अनुरोध गरिन्छ ।

सम्पूर्ण ईन्चार्जहरुमा अनुरोध!!!आ-आफ्नो संस्थामा हाल कार्यरत रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुको नाम र उह...
10/12/2020

सम्पूर्ण ईन्चार्जहरुमा अनुरोध!!!
आ-आफ्नो संस्थामा हाल कार्यरत रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुको नाम र उहाँहरुले लिनु भएका आधारभूत तालिम र रिफ्रेसर तालिम न/लिए व्योहोरा पनि खुलाईदिई सँगै संलग्न फर्मेटमा पठाईदिनुहुन अनुरोध
गर्दछु ।

01/12/2020

World AIDS day 2020,"Global solidarity shared responsibility".

27/11/2020

सम्पूर्ण हेल्थपोष्टका साथीहरुमा अनुरोध!
आ-आफ्नो स्वास्थ्य संस्थामा हाल भएका महिला स्वास्थ्य स्वयंम सेविकाहरुको नामावली र छनाैट हुन बाँकी रहेका पुरानाे म.स्वा.स्व.से.हरू र सम्भावित म.स्वा.स्व.से.हरूकाे नामावली पठाईदिनुहुन अनुरोध छ ।

08/11/2020

सबै स्वास्थ्य संस्थाहरुमा अनुरोध !आ-आफ्नो स्वास्थ्य संस्थाको न्युन्तम सेवा मापदण्ड (MSS) को स्कोर यथासक्य चाँडो उपलब्ध गराईदिनुहुन अनुरोध छ ।
साथै (MSS) फारम भरेको प्रति यस पटकको मासिक मिटिङमा ल्याउनुहुन पनि जानकारी गराईन्छ ।

16/10/2020
01/10/2020

Please Read

Address

Salle, Bhumlu, Kavrepalanchowk
Dolalghat

Telephone

+9779808548035

Website

Alerts

Be the first to know and let us send you an email when Bhumlu Ga.Pa. Health Information Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhumlu Ga.Pa. Health Information Center:

Share