प्रभात इलेक्ट्रोनिक्स-Prabhat Electronics

  • Home
  • Nepal
  • Dhankuta
  • प्रभात इलेक्ट्रोनिक्स-Prabhat Electronics

प्रभात इलेक्ट्रोनिक्स-Prabhat Electronics Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रभात इलेक्ट्रोनिक्स-Prabhat Electronics, Electronics, koshi Highway, Hile Bazar, Dhankuta.

13/06/2024
17/04/2023

# #स्मार्टफोन चार्ज गर्दा ध्यान दिनुहोस् यी ५ कुरा # #

यदि हामी स्मार्टफोनलाई लामो समयसम्म प्रभावकारी रुपमा प्रयोग गरिरहन चाहन्छौं भने यसका लागि ध्यान दिनुपर्ने पहिलो कुरा भनेको यसको चार्जिङ हो । फोनको ब्याट्रीको क्षमताले पनि फोन कति लामो समयसम्म टिक्नसक्छ भन्ने कुरालाई निर्धारण गर्छ ।

यसकारण तपाईँले समय-समयमा फोनलाई चार्ज गरिरहनुपर्छ । धेरैजसो प्रयोगकर्ता आफ्नो फोन चार्ज गर्ने तरिकामा खासै ख्याल राख्दैनन् । त्यस्ता फोन चाँडै बिग्रन्छन् । त्यसैले फोनलाई चार्ज गर्ने कुरामा धेरै कुरामा ध्यान राख्नुपर्ने हुन्छ । तीमध्ये केही महत्त्वपूर्ण कुरा यहाँ उल्लेख गरिएको छ:

# #१. आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस् # #

ब्याट्री कति लामो समयसम्म टिक्ने भन्ने कुरामा चार्जरमा पनि निर्भर हुन्छ । स्मार्टफोनका लागि कुनै ब्रान्ड नभएको, अथवा जथाभावी चार्जर प्रयोग गर्नु सबैभन्दा ठूलो गल्तीमध्ये एक हो । प्रायः स्मार्टफोन प्रयोगकर्ताले बारम्बार दोहोर्‍याउने गल्ती पनि यही हो ।

धेरैजसो मोबाइल निर्माता कम्पनीले आधिकारिक कनेक्टर र चार्जर बक्समा नै उपलब्ध गराएका हुन्छन् । पछिल्लो समय केही ब्रान्डका फोनमा आधिकारिक चार्जर उपलब्ध हुँदैन । यस्तोमा सोही ब्रान्डको ओरिजिनल चार्जर खरिद गरेर प्रयोग गर्न सकिन्छ ।

# #२. ब्याट्री शून्य प्रतिशत हुनेगरी मोबाइल प्रयोग नगर्नुहोस् # #

केही प्रयोगकर्तालाई मोबाइल चार्ज गरिरहने बानी हुँदैन, जुन आफैंमा नकारात्मक बानी हो । फोनको ब्याट्री २० प्रतिशत पुग्नुभन्दा अगाडि नै मोबाइल चार्जमा राख्नु उपयुक्त हुन्छ ।

सामान्यतः: ब्याट्री २० प्रतिशत देखि ८० प्रतिशतबीचमा हुँदा फोनले राम्रोसँग काम गर्न सक्छ । २० प्रतिशतभन्दा कम ब्याट्री भएको अवस्थामा धेरै फोनमा ह्याङ हुनेजस्ता समस्या आउने गर्छन् । यसैले पनि फोनलाई समयमा चार्ज गर्नु उपयुक्त हुन्छ ।

# #३. चार्जर र मोबाइल छुट्टै राख्नुपर्छ # #

धेरैजसो स्मार्टफोनले अहिले आवश्यकता भन्दा बढी चार्ज भएको खण्डमा चार्जर आफैं निष्क्रिय हुने फिचर ल्याएका छन् । तर यसको अर्थ फोन सुरक्षित छ भन्ने होइन । त्यसैले आफ्नो फोन चार्ज भइसकेपछि यसलाई चार्जरबाट छुटाउनु नै उपयुक्त हुन्छ ।

# #४. फोन तात्तिने गरी प्रयोग गर्नु हुँदैन # #

फोन प्रयोग गरिरहँदा कहिलेकाहीँ कति समय प्रयोग गरियो भनेर भुल्ने गरिन्छ । यसो हुँदा फोन तातो भएसम्म पनि हामी चलाइरहेका हुन्छौं ।

यसले फोनको ब्याट्रीमा असर गर्न सक्छ । उच्च तापक्रमले ब्याट्रीलाई प्रेसर दिन्छ । यसले गर्दा सामान्य अवस्थामा भन्दा उच्च तापक्रम हुँदा ब्याट्रीले आफ्नो क्षमता गुमाउन सक्छ ।

# #५. चार्ज गर्दै फोन प्रयोग नगर्नुहोस् # #

धेरै जनाको बानी चार्जमै राखेर फोन प्रयोग गर्ने हुन्छ । यो काम मोबाइलका लागि निकै घातक हो । चार्ज गर्दा गेमिङ वा भिडिओ हेर्नु धेरै हानिकारक छ । किनभने यसले चार्जिङको प्रक्रियालाई हानी पुर्‍याउन सक्छ । यसले स्मार्टफोनको ब्याट्रीलाई तातो बनाउँछ र फोन बिग्रन सक्छ ।
********************************

25/06/2022

-----जानकारीको लागि -----
तपाईंको मोबाइल फोनमा * #06 # कोड थिच्नुहोस्। स्क्रिनमा देखिएको IMEI नम्बर लेखेर सुरक्षित राख्नुहोस्। मोबाइल चोरी भए अथवा हराएमा यही नम्बरको आधारमा मोबाइल पत्ता लगाउन सकिन्छ।

१५ प्रकारका सेन्सर, जसले फोनलाई स्मार्ट बनाउँछन्:-अहिलेको समयमा तपाईँ हामीमध्ये प्रायः धेरैसँग स्मार्टफोन छ । स्मार्टफोन...
20/05/2022

१५ प्रकारका सेन्सर, जसले फोनलाई स्मार्ट बनाउँछन्:-

अहिलेको समयमा तपाईँ हामीमध्ये प्रायः धेरैसँग स्मार्टफोन छ । स्मार्टफोन प्रयोग गरिरहँदा त्यसमा उपलब्ध फिचरहरूले कसरी काम गर्छन् होला बन्ने जिज्ञासा स्वभाविकै हो ।

आज हामी स्मार्टफोनमा प्रयोग हुने विभिन्न सेन्सर र तीनका कामको बारेमा चर्चा गर्दै छौँ । मानव शरीरलाई पूर्ण रूपमा काम गर्न जसरी ज्ञानेन्द्रिय (नाक, कान, जिब्रो, आँखा र छाला) र अन्य थप अङ्गको आवश्यकता पर्छ, त्यसैगरी स्मार्टफोनलाई पनि विभिन्न सेन्सरको आवश्यकता हुने गर्छ ।

तिनै सेन्सरको सहयोगमा स्मार्टफोनले स्मार्ट तरिकाबाट काम गरिरहेको हुन्छ । यदि कुनै सेन्सरमा केही समस्या आयो भने फोनले राम्रोसँग काम गर्न सक्दैन ।

१. फिङ्गरप्रिन्ट सेन्सर

अहिलेका हरेक जसो स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । कुनै फोनमा फिङ्गरप्रिन्ट सेन्सर छैन भने अहिले त्यसलाई मानिसहरू कम भरपर्दो मान्न थालिसकेका छन् ।

फोन अनलक गर्नेदेखि ठूला-ठूला वित्तीय कारोबार गर्न समेत फोनमा उपलब्ध फिङ्गरप्रिन्ट सेन्सर प्रयोग हुन थालेको छ । दुई मानिसबीच सबै कुरा एउटै हुन सक्छ । तर, फिङ्गरप्रिन्ट कहिल्यै उस्तै हुन सक्दैन ।

त्यसैले यसलाई निकै भरपर्दो मानिन्छ । अहिले कसैलाई फोन किन्नु पर्‍यो भने उनीहरूको रोजाइमा फिङ्गरप्रिन्ट सेन्सर भएका फोन पर्ने गर्छ । यसमा सुरुमा जुन प्रयोगकर्ताले फिङ्गरप्रिन्ट दर्ता गर्‍यो, उसैको उही औंलाले सेन्सर छोएमा मात्र लक खुल्ने गर्छ । यो एक किसिमको बायोमेट्रिक भेरिफिकेसन पद्दति हो ।

२. आइरिस स्क्यानर

फोनलाई अनलक गर्ने विभिन्न विकल्प मध्ये आइरिस स्क्यानर पनि एक हो । यसले फोन अनलक गर्दा मानिसको आँखालाई स्क्यान गर्दछ । त्यही आँखालाई स्क्यान गर्ने स्क्यानरलाई आइरिस स्क्यानर भनिएको हो ।

यसले फोन लक भएको अवस्थामा वेकअप गरी सकेपछि आँखामा असर नगर्ने इन्फ्रारेड लाइट पठाउने गर्छ । जसले आँखाको प्याटर्नलाई स्क्यान गर्छ । त्यसपछि पहिले रजिस्टर भएको प्याटर्नसँग म्याच गरी फोन अनलक हुन्छ ।

यो मिली सेकेन्डमा सम्पन्न हुने प्रक्रिया हो । जसरी मानिसहरूको फिङ्गरप्रिन्ट फरक फरक हुन्छ, त्यसरी नै आँखाको प्याटर्न पनि भिन्नै हुने गर्दछ ।

३. फेसियल रिकग्निसन सेन्सर

तपाईंले प्रयोग गर्ने फोन तपाईंका लागि निकै महत्त्वपूर्ण हुने गर्छ । त्यसमा भएका हरेक कुराहरूको उत्तिकै आवश्यकता हुन सक्छ । त्यसैले ती सबै कुरालाई सुरक्षित राख्न फोन लक अनलक गर्ने विविध फिचर आएका ल्याइएका हुन् ।

त्यस्तै फेसियल रिकग्निसन सेन्सर सफ्टवेयरले फोनको क्यामेराको सहयोगमा अनुहारको बनोट र संरचना पहिचान गरेर भरिफाई गरी फोन अनलक गर्छ । यसलाई अन्य बायोमेट्रिक सेन्सरको तुलनमा कम भरपर्दो सेन्सर मानिन्छ ।

४. एम्बियन्ट लाइट सेन्सर

यो सेन्सर हरेकजसो स्मार्टफोनमा उपलब्ध हुन्छ । यसले विशेषगरी वातावरणको प्रकाश हेरी फोनमा त्यही अनुसारको ब्राइटनेस अर्थात उज्यालोपन स्वतः निर्धारण गर्ने गर्छ ।

यदि तपाईंले दिउँसो वा घाम लागेको समयमा फोन प्रयोग गर्नु भएको छ बने एम्बियन्ट लाइट सेन्सरले ब्राइटनेस बढाउने गर्छ भने अन्धकार वा रातमा फोन प्रयोग गर्दा त्यसको उज्यालोपन घटाउने गर्छ ।

त्यस्तै यही सेन्सरको माध्यमबाट फोटो खिच्दा स्वतः ह्वाइट ब्यालेन्स एक्टिभेट हुन्छ, जसले गर्दा फोटोको गुणस्तर राम्रो आउने गर्छ ।

५. प्रोक्सिमेटी सेन्सर

जब तपाईं कसैलाई कल गर्दा फोन कानको सामुन्ने राख्नु हुन्छ, त्यो बेला फोनको डिस्प्लेको लाइट बन्द हुने गर्छ । त्यस्तै कानबाट पर लैजाँदा डिस्प्लेको लाइट अन हुन्छ ।

यो सबैका पछाडि प्रोक्सिमेटी सेन्सरको भूमिका हुने गर्छ । यसले गर्दा फोनलाई कानले छोएका कारण अनावश्यक ठाउँमा दब्ने समस्या हुँदैन ।

६. एक्सेलेरोमिटर

फोनको चाललाई पत्ता लगाउने सेन्सर हो, एक्सेलेरोमिटर । यसले फोनको भाइब्रेसन, प्रवेग आदि विश्लेषण गरी फोन कस्तो पोजिसनमा छ भन्ने कुरा पत्ता लगाउँछ ।

७. जाइरोस्कोप

एक्सेलेरोमिटरको परिस्कृत रूप हो जाइरोस्कोप सेन्सर । यो कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने कुरा त मोबाइल गेम खेल्नेहरूले बुझेका हुन्छन् । जाइरोस्कोप सेन्सरले फोन कति डिग्रीमा छ भन्ने कुरा यकिन गर्छ ।

यसले तल, माथि, दायाँ, बायाँ मात्र नघुमाई र पिच मोसन समेत पत्ता लगाउने गर्छ । यो विशेषगरी कार रेसिङ गेम वा पब्जी जस्ता गेमका लागि उपयोगी हुने गर्छ । त्यस्तो मोबाइलका माध्यमबाट पानोरमा शट लिनका लागि पनि प्रयोग गर्ने गरिन्छ ।

८. म्याग्नेटोमिटर

अहिलेका फोनका लागि सबैभन्दा बढी उपयोगी हुने मध्येको अर्को सेन्सर हो, म्याग्नेटोमिटर । जब तपाईं गुगल म्याप्स जस्ता नेभिगेसन एप प्रयोग गर्नु हुन्छ, तब तपाईंलाई कुन दिशा कता पर्छ बनेर देखाउने काम यही म्याग्नेटोमिटरले गरेको हुन्छ । यसले फोनका अन्य सेन्सर जस्तै एक्सेलेरोमिटर र जीपीएससँग मिलेर काम गर्दछ । .

९. एल्टिमिटर

धेरै घुमघाम गर्ने वा कतै अग्ला ठाउँहरूमा घुम्ने मानिसहरूका लागि एल्टिमिटर निकै नै उपयोगी सेन्सर हो । तपाईं कतै घुम्न जानुभएको छ वा आफू भएको ठाउँ समुन्द्र सतहदेखि कति मिटर माथि छ भन्ने कुरा जान्न मन लाग्यो भने यसको सहायता लिन सक्नुहुन्छ ।

१०. ब्यारो मिटर

फोनमा हुने ब्यारोमिटर सेन्सरले विशेषगरी तपाईंको वरिपरीको वायूमण्डलीय चापको बारेमा जानकारी दिने गर्छ ।

११. डेप्थ सेन्सर

डेफ्थ सेन्सरले वातावरणको त्री आयामिक नक्सा अर्थात थ्रीडी म्याप बनाउने काम गर्छ ।

१२. साउण्ड सेन्सर

हरेक स्मार्टफोनमा जुन माइक्रोफोन हुन्छ, त्यो नै साउण्ड सेन्सर हो । यदि त्यहाँ कतैबाट आवाज आयो वा हामीले बोलेका छौं भने त्यसको वरिपरि भएको हावा खुम्चिने र बढ्ने गर्छ ।

जसले तरङ्ग सिर्जना गर्दछ । त्यही तरङ्गलाई माइक्रोफोनले पत्ता लगाएर त्यसलाई आवाजमा परिवर्तन गरी सिस्टममा पठाउने काम गर्छ । जसलाई हामी स्पिकरका माध्यमबाट सुन्ने गर्छौं ।


१३. इमेज सेन्सर

इमेज सेन्सर मोबाइल क्यामेराका लागि निकै नै महत्त्वपूर्ण मानिन्छ । त्यसैले स्मार्टफोनमा यसको उपस्थिति हुनु एकदमै आवश्यक हुने गर्छ ।

यो सेन्सरले प्रकाशलाई नियन्त्रण गरी तस्वीरमा परिणत गर्ने काम गर्छ । यो हजारौं, लाखौं पिक्सेलले बनेको हुन्छ ।

१४. जीपीएस सेन्सर

तपाईं जीपीएस भएको फोन लिएर विश्वको कुनै पनि कुनामा जानुभयो भने पनि हराउने सम्भावना निकै कम हुन्छ । जीपीएस अर्थात ग्लोबल पोजिसिनिङ सिस्टम स्याटलाइट सिग्नल लिएर तपाईं कहाँ हुनुहुन्छ बन्ने कुराको जानकारी दिन्छ ।

वा तपाईं कहाँ यात्रा गरिरहनु भएको छ भन्ने कुराको जानकारी जीपीएसले दिने गर्छ । जीपीएसले फोनको डेटा प्रयोग नगरे तापनि फोनको ब्याट्री भने निकै खपत गर्दछ ।

१५. टच स्क्रिन सेन्सर

टच स्क्रिन सेन्सर अहिलेका स्मार्टफोनका लागि निकै महत्त्वपूर्ण सेन्सर हो । अहिलेका फोनमा क्यापासिटिभ टच स्क्रिन प्रयोग गरिएको हुन्छ । जो मानिसको रौँभन्दा पनि पातला तारबाट बनेको हुन्छ ।

यदि मानिसको औंलाले स्क्रिनमा छोएको खण्डमा त्यहाँ सर्किट पूर्ण हुन्छ र फोनले निर्देशन दिए अनुसारको काम गर्दछ । त्यस्तै यदि तपाईंले पन्जा लगाएर स्क्रिन छुनु भयो भने त्यसले काम गर्दैन ।

किनभने यो प्रक्रियामा तपाईँको औँलाबाट आउने इलेक्ट्रिक करेन्ट डिस्प्लेसम्म पुग्न सक्दैन ।

के तपाईंलाई थाहा छ?  राउटरमा किन हुन्छ यूएसबी पोर्ट!के तपाईंले प्रयोग गरिरहेको राउटरमा यूएसबी पोर्ट भएको विचार गर्नुभएको...
19/05/2022

के तपाईंलाई थाहा छ?
राउटरमा किन हुन्छ यूएसबी पोर्ट!

के तपाईंले प्रयोग गरिरहेको राउटरमा यूएसबी पोर्ट भएको विचार गर्नुभएको छ ? यदि छैन भने तपाईंले राउटरको पछाडिपट्टि यूएसबी पोर्ट देख्न सक्नुहुन्छ ।

वास्तवमा राउटरमा यूएसबी पोर्टको काम के होला भन्ने भन्ने लाग्नसक्छ । आज हामी राउटरमा भएको यूएसबी पोर्ट के-के काम लाग्छ भन्ने विषयमा चर्चा गर्छौं ।

यहाँ उल्लेख भएका सम्पूर्ण फिचरका लागि तपाईंको राउटर उपयुक्त नहुनसक्छ । राउटर निर्माता कम्पनीले के-कस्ता फिचर समावेश गरेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।

राउटरको डकुमेन्टमै कम्पनीले यूएसबी कुन कुन फिचर समावेश गरिएकाे छ भनेर जानकारी दिने गर्छ । प्राय बजारमा आउने वाईफाई राउटरमा उपलब्ध हुने यूएसबी पोर्टका केही प्रयोजनबारे चर्चा गरेका छौं ।

प्रिन्टिङ गर्नका लागि:-

कहिलेकाहीँ तपाईंलाई स्मार्टफोनमा भएका कागजात प्रिन्टरका माध्यमबाट प्रिन्ट गर्नुपर्ने हुनसक्छ । वा कतिपय अवस्थामा तपाईंको कम्युटरमा प्रिन्टरको केबल सपोर्ट गर्ने पोर्ट नहुन सक्छ । त्यस्तो बेला हामीले राउटरमा भएको यूएसबी पोर्टको सहयोग लिन सक्छौँ ।

त्यसका लागि सबैभन्दा पहिले तपाईं आफ्नो प्रिन्टरमा केबल जोडेर त्यसको अर्कोपट्टि भएको पोर्टलाई राउटरमा भएको यूएसबी पोर्टमा जोड्नुहोस् ।

त्यसपछि राउटर कन्फिगरेसन गएर राउटर प्रिन्टरमा कनेक्ट भएको देख्न सक्नुहुन्छ । त्यसपछि सो नेटवर्कमा जोडिएका जति पनि प्रयोगकर्ता छन्, उनीहरूले आफ्नो डिभाइसमा भएका डकुमेन्ट प्रिन्ट गर्न सक्छन् ।

स्टोरेजका लागि राउटरको यूएसबी पोर्ट प्रयोग:-

पेन ड्राइभमा भएका फाइलहरू नजिकै भएका डिभाइसमा पठाउनुपर्‍यो भने विशेषगरी पहिले फाइल कम्युटरमा ट्रान्फर गरेर पछि त्यस डिभाइसबाट ईमेलमार्पत अन्य पोन वा डिभाइसमा पठाउने गरिन्छ ।

राउटरमा भएको यूएसबी पोर्टका माध्यमबाट तपाईंले सोझै पेन ड्राइभमा भएका फाइल डिभाइसमा पठाउन सक्नुहुन्छ । यो फिचर कुनै फाइल एउटै वाईफाई नेटवर्कमा जोडिएका धेरै व्यक्तिमाझ पठाउन प्रयोग गर्ने गरिन्छ ।

त्यसका लागि तपाईंले सबैभन्दा पहिले पेन ड्राइभलाई राउटरको यूएसबी पोर्टमा कनेक्ट गर्नुहोस् । त्यसपछि राउटरको कन्फिगरेसनमा गई पेन ड्राइभ सेट गर्नुहोस् ।

त्यसपछि सो नेटवर्कमा जोडिएका जो कोहीले सो पेन ड्राइभमा एक्सेस पाउँछन् । त्यस्तै उनीहरूले त्यहाँ भएका फाइलहरू आफ्नो डिभाइसमा ट्रान्सफर गर्न सक्छन् ।

07/01/2022

काठमाडौं । ब्लोटवेयर (निर्माता कम्पनीले फोन तथा कम्प्युटरमा राख्ने अनावश्यक सफ्टवेयर तथा एप्लिकेसन) सुन्दा पनि ....

04/01/2022
28/12/2021

⭕ई-सिम के हो ?⭕
सामान्य रुपमा बुझ्दा हामीले प्रयोग गरिरहेको भौतिक सिमको डिजिटल रुपलाई ई-सिम भनिन्छ । यो तपाईंको फोनमा इम्बेड गरिएको हुन्छ र तपाईंलाई कुनै सिम स्लटको आवश्यकता हुँदैन ।

यसलाई प्रयोग गर्न तपाईंले सिमकार्ड लिन जान अथवा मोबाइलमा राख्न पर्दैन । यो मोबाइलमा प्रयोग गरिएको एउटा सानो चिपमा आधारित, जसले प्रयोगकर्ताको आईडीको आधारमा फोनलाई सम्बन्धित मोबाइल नेटवर्कसँग जोड्छ ।

सो चिप पहिले नै फोनमा इन्स्टल गरिएको हुन्छ, जसलाई प्रयोगकर्ताले फोन खरिद गरेपछि एक्टिभेट गर्नुपर्छ ।

⭕कसरी प्रयोग गर्ने ई-सिम ?⭕

हाल विभिन्न मोबाइल कम्पनीहरूले आफ्नो मोबाइल ई-सीमको लागि प्रयोग गर्न मिल्नेगरी उत्पादन गरिरहेका छन् । यसका लागि तपाईंले पनि ई-सिम प्रयोग गर्न मिल्ने डिभाइस प्रयोग गर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकम, एनसेलजस्ता टेलिकम कम्पनीहरूले तपाईंलाई उपलब्ध गराएको ई-सीम प्रोफाइल आफ्नो डिभाइस इन्स्टल गर्नुपर्छ, अथवा तपाईंले सेवाप्रदायकबाट ई-सिमको डेटा प्लान पनि खरिद गर्न सक्नुहुनेछ ।

यसको अर्थ हो, एकैपटक दुईवटा सिम प्रयोग गरेको जस्तै तपाईंले एकैपटक दुईवटा कम्पनीको ई-सिम डेटा प्रयोग गर्न सकिन्छ । साथै यदि तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो इम्बेडेड सिमसँगै अर्को मोबाइल कम्पनीको ई-सिम डेटा लिएर प्रयोग गर्न पनि सकिन्छ ।

Address

Koshi Highway, Hile Bazar
Dhankuta
56806

Website

Alerts

Be the first to know and let us send you an email when प्रभात इलेक्ट्रोनिक्स-Prabhat Electronics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category