LAN Cyberspace

LAN Cyberspace Download all kinds of softwares,songs,movies.Also available for internet services,typing,photocopy and lamination

डिभिजन २ आयो हैमनमा खुसि छायो है ...युगान्डा लाई हरायुछौनेपाल नेपाल कराउछौ .सोम्पाल, करन बलिङ्गमापरश, ज्ञानेन्द्र रंनिंग...
07/01/2015

डिभिजन २ आयो है
मनमा खुसि छायो है ...
युगान्डा लाई हरायुछौ
नेपाल नेपाल कराउछौ .
सोम्पाल, करन बलिङ्गमा
परश, ज्ञानेन्द्र रंनिंगमा
केन्या लाई हराको
नामेबिया डराको
क्यानाडा नि हार्ने छ
गोर्खेले झाको झार्न छ .
पालो आउछ होलैंडको
डिभिजन २ यो ल्याण्डको
बसन्त को १०० विकेट पुग्ने छ
शक्तिको बल्लिंग फुक्ने छ
सबै टिम लाई पेल्नी हो ...
आउने world-cup खेल्नी हो
---------------------------------------------------------------------------------
हाम्रो नेपाली cricket ले आशा गरौ नामिबिया को धर्तिमा राम्रो पर्दसन गर्नेछ .
यो मौका लाई सदुपयोग गर्नु छ . Worldcup हाम्ले खेल्नु छ .
हाम्रा cricketer को जस्तो सुकै प्रदसन लाई स्विकार्नु पर्छ .
#दिक्षित_अधिकारी_cricket_प्रेमी

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को लागि नेपालले स्वदेशमा अभ्यास अन्त्य गरेको छ l टिमले अभ्यासको अन्तिम दिन अभ्यास खेल ...
06/01/2015

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को लागि नेपालले स्वदेशमा अभ्यास अन्त्य गरेको छ l टिमले अभ्यासको अन्तिम दिन अभ्यास खेल तथा फिल्डिंग अभ्यास गर्यो l

नोभेम्बरको श्रीलंका भ्रमण पछि आराम गरेको नेपाली टोलिले त्यसपछि २० दिन घरमा अभ्यास गर्यो l बुधबार दक्षिण अफ्रीका प्रस्थान गर्ने नेपाली टोलिले त्यहाँ जनवरी ९ , ११ र १२ तारिकमा बेनोई क्रिकेट क्लब संग ३ वटा एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ l

नेपाल क्रिकेट संघले डिभिजन-२ प्रतियोगिताको लागि मंगलबार टोलिलाई बिदाई गर्ने कार्यक्रम रहेको छ l

अन्तिम दिनको अभ्यास पछि प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो टोलिले घरमा गरेको तयारी प्रति सन्तुष्ट रहेको बताएका छन् –

“म सन्तुस्ट छु हाम्रो तयारी प्रति, दक्षिण अफ्रीका समयमै जान पाएनौ तर छोटो भए पनि अफ्रीकामा राम्रो गर्ने आशा गर्छु l”

“सबै कुरा प्लान गरे अनुरुपनै भयो र सबैजनाले आफ्नो खेल निकै सुधार गरेका छन् l तयारीको हिसाबले नामिबियामा राम्रो खेल्ने आशा गरेको छु l”

दासानायकेले बलरहरु निकै राम्रो लयमा रहेको बताउदै प्रतियोगिता अघि नेपालको बलिंग पक्ष उत्कृस्ट रहेको दाबि गरे l उनले ब्याट्सम्यानहरुले पनि पछिल्लो समय निकै सुधार गरेको बताए l

डिभिजन-२ को तयारीको लागि नेदरल्याण्ड र युगान्डा क्रिकेट टिम दक्षिण अफ्रीकामा तयारी गरिरहेको छ भने क्यानाडा टिम जिम्बाबे भ्रमणमा रहेको छ l केन्या क्रिकेट टिमले भर्खरै पाकिस्तान अभ्यास भ्रमण गरेको थियो l

जनवरी १७ देखि २४ सम्म अफ्रिकन देश नामिबियामा शुरु हुने डिभिजन २ प्रतियोगितामा नेपाल सहित , नेदरल्याण्ड, क्यानाडा, केन्या, युगान्डा र नामिबिया प्रतिस्पर्धा गर्नेछन् l

What's Going on Guys?????के भाको नेपाली क्रीकेट फ्यानहरु लाई ?कि क्रिकेट फ्यानहरु नइ छैनन भन्या ? उता अफ्गान् हरु ले लिड...
27/12/2014

What's Going on Guys?????
के भाको नेपाली क्रीकेट फ्यानहरु लाई ?
कि क्रिकेट फ्यानहरु नइ छैनन भन्या ? उता अफ्गान् हरु ले लिड गरिसके हाम्रा क्रीकेटका फ्यान हुँ भन्ने हरु यता क्यानले क्रीकेट को बिकास को लागि केही गरेन भन्दै बस्ने अनी आफु ले चै एउटा भोट समेत् नदिने अनी क्रीकेट को बिकास भ्एन रे ? कती लाज मर्दो ? ल साथी हरु अब त जागौ । जस्ले भोट गर्नु भयो उहा लाई धेरै धेरै धन्यवाद ! ! यो कुरा लाई Share गरेर अरु साथी हरु लाई पनि जानकारी गराउ !!!!!!!!!
अफ्गनी हरु भन्दा हामी कम्जोर छैनउ भन्ने कुरा देखाउ ।।।।। जय क्रीकेट !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
कृपया भोट् गर्न निम्न लिन्क :http://poppingcrease.weebly.com/a-cricket-blog-by-martin-jones/peoples-player-of-the-year-cast-your-votes --------------------------------------------------------------------------------------जानुहोस् र SOMPAL KAMI लाई क्लिक गरी VOTE लेखेको ठाउँमा क्लिक गरउ तेस्पछी भन्ने Thank you, we have already counted your vote. कुरा देखिन्छ । यो कुरा लाई सबै क्रीकेट प्रेमी हरु ले share गरी सोम्पाल लाई People's Player of the Year को ट्रफि जिताउ ।

हाम्रो भोटले प्रसन्त तमाङ INDIAN IDOL बने हाम्रो भोटले टेरिया मगर डान्स ईन्डिया डान्स को Champian बनिन हाम्रो भोट ले पार...
25/12/2014

हाम्रो भोटले प्रसन्त तमाङ INDIAN IDOL बने
हाम्रो भोटले टेरिया मगर डान्स ईन्डिया डान्स को Champian बनिन
हाम्रो भोट ले पारश खड्काले Pouplar Associate Player of the Year भये
अब पालो Sompal Kami को हो Pouplar Associate Player of the Year बन्ने
हामी वीर नेपाली ले कहिल्यै हार्न जानेक छैनऊ । तेसैले सबै क्रीकेट प्रेमी लाई VOTE गर्न हार्दिक अनुरोध छ ।
तपाईंहरु को १ भोट्ले पनि sompal लाई जिताऊन सक्छ ।
भोट गर्ने तरिका :
निम्न लिन्कमा जानु,Who is your Associate Player of the Year? भन्ने प्रश्न देख्नुहुन्छ तेस्पछी Sompal Kami मा क्लिक गरेर भोट गर्नुहोस् ।
----------------------------------------------------------------------------
Link:http://poppingcrease.weebly.com/a-cricket-blog-by-martin-jones/peoples-player-of-the-year-cast-your-votes
-----------------------------------------------------------------------------------
सच्चा नेपाली क्रीकेट प्रेमी ले येस्कुरा लाई लाइक तथा Share गरी Sompal लाई जित्न मद्घत गरौ !!!!!!!!!!!!
#बिर_गोर्खालीले_अवस्य_जिताउछ_Sompal_लाई_Admin_Dixit_

Which two Teams Secure Top 2 Position in Division-2?"Full Fixture of Division-2"
23/12/2014

Which two Teams Secure Top 2 Position in Division-2?
"Full Fixture of Division-2"

घाँसे विकेटमा डिभिजन-२ तयारी------------------------------------तिब्रगति बलरको लागि मृत जस्तै मानिने टियु मैदानको पिच आज...
22/12/2014

घाँसे विकेटमा डिभिजन-२ तयारी
------------------------------------
तिब्रगति बलरको लागि मृत जस्तै मानिने टियु मैदानको पिच आजभोलि गौचरण जस्तो हरियो देखिन्छ l टियु मैदान पिचमा बाउन्स कम हुँदा निहुरेर ब्याटिंग गर्ने बानि परेका नेपाली ब्याट्सम्यानहरु, टाउको ताकेर गरिएको बलिंगको सामना गर्दै गरेको बिरलै दृश्य अहिले नौलो छैन l

अफ्रिकी देश नामिबियामा हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेटको तयारीको लागि टियु मैदानमा नामिबिया सुहाउदो बातावरण तयार पार्न पारिएको हो l पहिलो दिन घाँस केहि बढीनै भएपछि ब्याट्सम्यानहरुलाई खेल्न निकै अफ्टेरो भएको देख्न सकिन्थ्यो l

“नामिबियाको जस्तो बातावरणमा घुलमिल गर्न घाँसे पिच तयार गरिएको हो, सुरुवात भएर ब्याट्सम्यानहरुलाई गार्हो भएको हो” प्रशिक्षक पुबुदु दासानायकेले बताए l नामिबियाको पिच घाँसे हुने तथा उछाल ( बाउन्स ) ज्यादा हुने भएकोले खेलाडीहरुलाई त्यसै अनुसार तयार गर्न लागीएको बताए l

HaPPY VijaYa DaShAmIIIII TO AlL
27/09/2014

HaPPY VijaYa DaShAmIIIII TO AlL

"Jay Nepal"
24/09/2014

"Jay Nepal"

नेपालले डिभिजन ३ को कप लिन मलेसियामा जानु पर्ने भयो ,.,.,.,.,.,.,.,.,.^^^^^डिभिजन ३ क्रिकेट मलेसियामा हुनेअन्तर्राष्ट्रि...
23/09/2014

नेपालले डिभिजन ३ को कप लिन मलेसियामा जानु पर्ने भयो ,.,.,.,.,.,.,.,.,.^^^^^
डिभिजन ३ क्रिकेट मलेसियामा हुने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले
युगान्डामा गर्ने भनिएको विश्व क्रिकेट लिग
डिभिजन ३ मलेसियामा गर्ने भएको छ।
नेपालसहित ६ राष्ट्र सम्मिलित
प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा आगामी
कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने आइसिसीले मंगलबार
जनाएको छ। आइसीसीका अनुसार सुरक्षाको कारण
युगान्डाबाट
मलेसिया सारिएको जानकारी दिएको छ।
प्रतियोगितामा नेपालसहित बर्मुडा, मलेसिया,
सिंगापुर, युगान्डा र अमेरिकाले खेल्नेछन्।

सिके राउतलाई ‘नेपाल आमा’को पत्रमेरो प्रिय पूत्र सि.के राउत,‘‘मलाई थाहा छैन, एउटी आमा छिन्नभिन्न हुँदा तिमीलाई कति दुख्छ ...
23/09/2014

सिके राउतलाई ‘नेपाल आमा’को पत्र
मेरो प्रिय पूत्र सि.के राउत,
‘‘मलाई थाहा छैन, एउटी आमा छिन्नभिन्न हुँदा तिमीलाई कति दुख्छ तर,आफ्ना सन्तान छिन्नभिन्न हुँदा एउटी आमाले सहनै सक्दिन ।’’ र मलाई थाहा छ, मेरा कति सन्तानहरु हेपिन थिचिन र उत्पीडनमा परेका छन् । तर म चाहन्छु मेरा प्रत्येक सन्तानले बराबर सुख शान्ति र समृद्धीमा बााचुन् ।
तिमी मेरै कोखबाट जन्मीयांै,मेरै काखमा हुर्कियौ । तिमीले सात समुन्द्र पारीको शिक्षालयबाट विद्यता हासिल गर्‍यौ । तिमी जहाँ गएर जति शिक्षा लिएर आए पनि मेरो पूत्र हौ । तिमीलाई पूत्र भन्ने हक यो आमासँग जहिल्यै रहने छ ।
मेरो प्यारो पूत्र,
तिमी जुन भूमिमा छौ,तिमीलाई त थाहा छ, त्यो भूमिको इतिहास । विद्यता हासिल गरेको मेरो छोरा तिमीलाई यो पनि थाहा छ ‘सन १९१४ नोभेम्बर १ मा अंग्रेजले नेपाल बिरुद्ध युद्ध घोषणा गर्नुको पछाडिका रहस्यहरु के थिए । अंग्रेजले मलाई पहाडमा मात्रै सिमित गरी मधेश आफ्नो कब्जामा पार्न चाहन्थ्यो । बुटवल र ?स्यूराजमा उसले आँखा गाड्नुका कारणहरुको विषयमा तिमीलाई पक्कै थाहा छ । त्यो दिन यो आमा कस्ती भइन् होला ?
केही सय वर्षको इतिहासमा मेरा संवेदनशिल अंगमाथि कयौं पराइले लामो हात नगरेका होइन् । धेरै पढेलेखेका विद्धानले त्यति कुरा बुझेका छौ । कि विश्वको इतिहासमा तिम्री आमा यस्ती आमा हो । जसले एक रात होइन एकछीन पनि पराइसँग आफूलाई समर्पण गरेकी छैनन् ।
पटक पटक अंग्रेजहरुले म माथी गिद्धे नजर लगाउँदा तिमीहरुले कसरी लडेका थियौ । तिमीले अंग्रेजहरुको कब्जाबाट जोगाउँदा देखाएको साहस र विरतालाई संसारले प्रसंसा गरिरहेकै छन् । प्रिय छोरा मलाइ राणाहरुको दलदलबाट निकाल्न र स्वतन्त्र बनाउन, मलाई शान्ति र चयनमा राख्न २००७ साल देखि २०६२/६३ सम्म तिमीहरु एक ढिक्का भएका हौ ।
२०५२ देखि २०६३ सम्म तिमीहरुकै विचको काटमारले यो आमाको आशु कति बग्यो होला म शब्दमा भन्न सक्दिन । यसमा तिमीहरुको आ–आफ्नै बाध्यता हुनसक्छन् मलाई थाहा छ त्यो तिमीहरु विचको असमानताले जन्मीएको थियो । त्यतिबेलाका रगतका छिटाहरु अहिले पनि मेरो शरिरमा लतपतिएका छन् । त्यतिबेला पड्किएका बमका धमाकाहरुले अहिलेपनि म कापिरहेको छु । ६३ पछिको तिमीहरुको मिलापले म थामीएको थिएँ । प्रीय छोरा तर आज तिमी किन फेरी भड्कीन पुग्यौ । तिमी मेरै छोरो भएरपनि झड्केलो छोरो जस्तो हुन पुग्यौ र कसको रिसमा म सँग रिसाउन बाध्य भयौ । तिमीलाई त थाहा छ नि छोरा, आफ्नै सन्तानले ‘रन्डी’ भन्दा आमालाइ कस्तो होला ?
विद्यत मेरो छोरा, आफ्नी आमाको छातीमा दुध आएन, आफ्नै आमाको न्यानो स्पर्ष पाइएन, कता कता झड्केलो छोरो जस्तो व्याबहार भोग्न पर्‍यो भनेर रिसायौ,चिडियौ र मनपरि बोल्यौ । यति सम्म एउटी आमाले सहन्छे । यतिसम्म तिमीलाई मैले माफ गरिरहने छु । यदि तिमी मेरो आफ्नै छोरो हुनका निम्ती त यो सब गरेका हौ भने ।
मलाइ नै टुक्राउने कुरा गर्‍यौ के तिमीले सोचेका छौ म आफैँमा कति टुक्रिएँ हूँला ? हिजो अंग्रेजले पटक पटक यो आमा माथी धावा बोल्दा तिमीहरुले जसरी एक ढिक्का भएर लडेका थियौ, त्यतिबेला यो आमाको छाति गर्भले उचो भएको थियो । एउटी आमालाई त्यो भन्दा खुशी के थियो होला ? एउटी आमा सन्तानको एकता ,समानता, भएको देख्न चहान्छीन् । तिमी आज म संग चिडिदा, थुनिनुपर्दा साह्रै दुख लागेको छ ।
उही तिम्री
नेपाल आमा

Chris Gayle *_* One of the best entertainers in world cricket Nightmare for umpires as well Happy Birthday
21/09/2014

Chris Gayle *_*
One of the best entertainers in world cricket
Nightmare for umpires as well
Happy Birthday

नेरी थापा लाई जन्मदिनको शुभकामना
20/09/2014

नेरी थापा लाई जन्मदिनको शुभकामना

Address

Nainadevi Chowk
Dhangadhi

Telephone

9868571025

Website

Alerts

Be the first to know and let us send you an email when LAN Cyberspace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category