मोबाईल कम्प्युटर र केहि रोचक जानकारी

  • Home
  • Nepal
  • Butwal
  • मोबाईल कम्प्युटर र केहि रोचक जानकारी

मोबाईल कम्प्युटर र केहि रोचक जानकारी aone computer n mobile soln

21/12/2014
16/12/2014

तपाईले जान्नैपर्ने ८ किबोर्ड सर्टकट
=====जानकारी अबस्य SHARE गरौ====

कम्प्युटरमा काम गर्दा हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ ।
कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ ।
माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी नम्बरहरु सेट गरिएको हुन्छ ।
तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्न सक्छन् । तर, नयाँ प्रयोगकर्ता र तालिम नलिइ कम्प्युटर चलाउन सुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् ।
१. ओपन र क्लोज ट्याव
तपाईं इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगल क्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ नयाँ साइट खोल्न सक्नुहुन्छ । तर, तपाईंले कुनै एउटा ट्याव वा पुरै विण्डो बन्द गर्नुप¥यो भने माउस चलाइरहनुपर्दैन् । Ctrl + W ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl + Shift + W ले पुरै विण्डो बन्द हुने छ ।
कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि कुनै ट्याव बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ । यसका लागि तपाईंले Ctrl + Shift + T प्रयोग गर्नुपर्छ । यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl + T गर्दा पुग्छ ।
२. फण्ट साइज घटाउन–बढाउन
तपाईं वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ, र फण्ट साइज निकै धेरैपटक घटाउनु वा बढाउनुपर्ने छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन् । तपाईले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस । साइज बढाउनका लागि Ctrl + ] को प्रयोग गर्नुहोस्, घटाउनका लागि Ctrl + [
३. विण्डो परिवर्तन
कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो खोलेर काम गर्नुपर्दा दायाँ हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ । विण्डो परिवर्तनका लागि तपाई किबोर्डबाटै काम चलाउन सक्नुहुन्छ, जुन छिटो पनि हुन्छ । यसका लागि विन्डोजका जुनसुकै भर्सनमा पनि Alt + Tab को प्रयोग गर्न सक्नुहुन्छ ।
विण्डोज ७ र ८ भर्सनमा भने तपाईले Windows key + Tab प्रयोग गर्न सक्नुहुन्छ ।
४. एकै स्क्रिनमा दुईवटा विण्डो
तपाई केही अनुसन्धान गरिरहनुभएको छ र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ गर्नुपर्ने अबस्था आयो । घरि इन्टरनेट खोल्ने र घरि वर्डमा आउने गर्दा काम दिक्कलाग्दो हुन्छ । यो दिक्दारी घटाउन तपाईले एउटै स्क्रिनभित्र दुईवटा विण्डो बनाउन सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो परिवर्तन गर्नुपर्दैन् ।
यसका लागि तपाईले वर्ड फाइल खोल्नुहोस र Windows + right arrow key थिच्नुहोस् । यसले गर्दा तपाईको वर्ड फाइल दायाँ सर्छ । अब तपाईले बायाँपट्टीको अर्को विण्डोमा सजिलै सर्फ गर्न सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ सार्न सक्नुहुन्छ ।
५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
तपाईंले कुनै फाइल आइकन सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो । यसले तपाईको फाइल फोल्डरबाट मात्र हट्छ तर रिसाइकल बिन फोल्डरमा भने रहिरहन्छ । यदि तपाईले त्यसको सट्टा Shift + Del गर्नुभयो भने तपाईको फाइल कम्प्युटरबाट सधैंका लागि हट्छ ।
तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ । ल्यापटपमा भने Function (Fn) key कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ ।
६. शब्द गन्ने र अक्षर बदल्ने
कुनै काम गर्दा जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न भनिएको हुन्छ । यसका लागि हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन यदि तपाईले सर्टकट प्रयोग गर्नुभयो भने । यसका लागि तपाईले Alt + T + W थिचे पुग्छ ।
यसैगरि तपाईले अंग्रेजीमा टाइप गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर र स्मल लेटर चेन्ज गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले हरेकपटक ती अक्षर ठूलो वा सानोमा टाइप गरिरहनु पर्दैन् । जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गर्नुस र Alt + F4 थिच्नुस् ।
७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने
यदि तपाई कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको विण्डो किका साथ मा D (Windows key + D) थिच्नुभयो भने सिधै डेस्कटपमा जान सकिन्छ । काम सक्नुस र फेरि त्यही प्रकृया अपनाउनुस्, तपाई पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ । यदि तपाई कम्प्युटर लक गर्न चाहानुहुन्छ भने Windows +L हान्नुहोस् ।
८.टेक्स्ट सेलेक्ट
वर्ड फाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ । यस्तो बेलामा तपाईले केही सर्टकट कि प्रयोग गर्नुभयो भने टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ ।
जस्तो कि, तपाईले Shift + Home गर्नुभयो भने तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ । यसैगरि Ctrl + Shift + Up थिच्नुभयो भने क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift + End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।

11/12/2014

काठमाडौ, मंसिर २५ - एसएलसी परीक्षामा सहभागी हुने कुनै पनि विद्यार्थी अब फेल नहुने भएको छन् । सरकारले यो बर्षदेखि प्राविधिकतर्फ र अर्को बर्षदेखि सबै खालको एसएलसी परीक्षामा ग्रेडिङ सिस्टम लागू गर्ने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार बसेको बैठकले ग्रेडिङ सिस्टम लागू गर्ने निर्णय गरेको परीक्षा नियन्त्रणक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले यसै बर्षदेखि प्राविधिक एसएलसीतर्फ परीक्षणको लागि ग्रेडिङ सिस्टम लागू गर्ने र अर्को बर्षदेखि सबैतर्फ लागू गर्ने निर्णय गरेको हो । प्राविधिक तर्फको एसएलसी ९९ विद्यालयमा पढाई हुन्छ ।

९० देखि १०० प्रतिशत अंक ल्याउनेलाई ए प्लस (विशिष्ट), ८० देखि ८९ प्रतिशतलाई ए (उत्कृष्ट), ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रो), ४० देखि ५९ सी (राम्रो), २५ देखि ३९ बी (कमजोर) र २५ भन्दा तल ल्याउनेलाई ई (धेरै कमजोर) ग्रेडिङ गरिने निर्णय भएको द्वारेले जानकारी दिए ।

दक्षिण एसियाली अधिकांश मुलुकमा एसएलसी तहको परीक्षामा ग्रेडिङ सिस्टम लागू गरेका छन्

10/12/2014

बिदेशमा हुनुहुने तथा विदेश जान लाग्नुभएका नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण जानकारी :
आफ्नो देशको Embassy को सम्पर्क नम्बर तथा ठेगाना सुरक्षित राख्नुहोस, आपत जहिले पनि पर्नसक्छ :: तपाइहरुकै सेवाका लागि उनीहरुलाई उक्त देशमा राखिएको हुन्छ !
(त्यसैले यो कुरा अरुलाई पनि सेयर गर्नुहोस अनी आफुले पनि आफ्नो पर्समा यी जानकारी टिपोट गरि राख्नुहोस)
**********************************************
Malaysia - Embassy of Nepal
Phone: 03-2282 0244 (Reception) 03-2282 5934 (Counter Room)
Address: Suite C-15, Wisma Goshen (Tower C) Bangsar Trade Centre No.5, Persiaran Pantai Baru, Off Jalan Pantai Baru 59200 Kuala Lumpur, Malaysia
Email: [email protected]
Website: http://www.nepalembassy.com.my/
Phone: 03-2282 0244 (Reception) 03-2282 5934 (Counter Room)
**********************************************
Nepal Embassy In USA::
Washington, DC 20008
Tel: 202 667 4550, Fax: 202 667 5534
email: [email protected] .
**********************************************
Nepal Embassy in Qatar.
Abu Hamour Area – Masaimeer, Doha, Qatar
Phone : +974-467-5681/ +974-467-5683
Email : [email protected]/ [email protected]
Website URL : www.rnedoha.org.qa
**********************************************
Nepal Embassy in Kuwait
Villa no. 514, Street no. 13, Block no. 8, Jabriya, Kuwait
Tel No.: 00965-25321603, 25321604
Email: [email protected]
Website: http://www.nepembku.org/
**********************************************
Nepal Embassy in UK
12A Kensington Palace Gardens, London W8 4QU
Tel: +44 (0)207 229 1594
E-mail: [email protected]
**********************************************
Nepal Embassy in Japan
Fukukawa House B, ^-20-28 Shimomeguro, Meguro-ku, Tokiyo 153-0064, Japan
Tel : 03-3713-6241, 03-3713-6242
**********************************************
Nepal Embassy in UAE
Sector W 15-2, Villa No. 13/1, Plot No. 40, Al Karama Street, Al Karama Area (Opposite Mos'ab Bin Omier Mosque &close to bus parking yard
Tel: +971.26344767
Email: [email protected]
**********************************************
Nepal Embassy in Korea
37-24, Sungbuk-dong, Sungbuk-gu, Seoul
Tel. No. 0082 (02) 37899770/1
Email: [email protected]
Website: nepembseoul.gov.np
**********************************************
Nepal Embassy in Saudi Arabia
Al Urubah Street (Near Sulymanieh Hotel, Al-Jouf Road)
Riyadh 11693, Kingdom of Saudi Arabia
Telephone: +966) 11- 4611108/ 4645170
Email: [email protected]
Web site: www.neksa.org

common sense bro .... kuro bro kuro.....
05/12/2014

common sense bro .... kuro bro kuro.....

28/11/2014

तपाईं ले आफ्नो कम्प्युटर मा भोईस welcome नोट राख्न चाहनु हुन्छ । । computerized voice. You can make your Windows based computer say "Welcome to your PC, Username."
Make Windows Greet you with a Custom Voice Message at Startup
To use this trick, follow the instructions given below:-
Click on Start. Navigate to All Programs, Accessories and Notepad.
Copy and paste the exact code given below.
Dim speaks, speech
speaks="Welcome to your PC, Username"
Set speech=CreateObject("sapi.spvoice")
speech.Speak speaks
3. Replace Username with your own name.
4. Click on File Menu, Save As, select All Types in Save as Type option, and save the file as Welcome.vbs or "*.vbs".
5. Copy the saved file.
6. Navigate to C:\Documents and Settings\All Users\Start Menu\Programs\Startup (in Windows XP) and to C:\Users\ {User-Name\AppData\Roaming\Microsoft\Windows\Start Menu\Programs\Startup (in Windows 8, Windows 7 and Windows Vista) if C: is your System drive. AppData is a hidden folder. So, you will need to select showing hidden folders in Folder options to locate it.
7. Paste the file.

26/11/2014

राम : लौ भन त ! MOBILE र LANDLINE प्रयोग गर्नुमा के फरक छ ? पांग्रे : त्यति नि थाहा छैन होला त मलाई.....MOBILE प्रयोग गर्दा बुढी औला चल्छ र LANDLINE प्रयोग गर्दा चोर औला....:)

16/11/2014

तपाईंको फोटो प्रयोग गरेर कसैले
नक्कली फेसबुक खाता खोलेको छ ?
वा तपाईंको फेसबुक खातामा कसैले अश्लील
तस्बिर, शब्दलगायत कुनै पनि आपत्तिजनक
प्रयोग गरेको छ भने अब चिन्ता मान्नु पर्दैन ।
उजुरी दिए तत्कालै कारबाही हुन्छ ।
---------------------------------------------
--------------------------------------
विद्युतीय कारोबार ऐन ०६३ र
नियमावली ०६४ बमोजिम त्यस्ता अपराध
गर्ने व्यक्तिलाई तीन वर्ष कैद वा दुई लाख
रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।
विज्ञान प्रविधि तथा वातावरण
मन्त्रालयअन्तर्गत प्रमाणीकरण
नियन्त्रकको कार्यालयले नियन्त्रण अभियान
थालेको छ ।
कार्यालयले साइबर अपराध नियन्त्रण गर्न
सजग गराउने उद्देेश्यले
पर्वतमा गरेको 'विद्युतीय हस्ताक्षर,
सूचना संरक्षण तथा साइबर अपराध नियन्त्रण'
अन्तरक्रियामा सूचनासँग नजिक
रहेका सबैलाई सजग गराएको हो । 'ऐन
सार्वजनिक भएको दशक पुग्न
लाग्दा पनि प्रभावकारी कार्यान्वयन हुन
सकेको थिएन,' प्रमाणीकरण नियन्त्रक
कार्यालयका सहनियन्त्रक मनीष भट्टराईले
भने, 'त्यसले गर्दा पछिल्लो समय फेसबुक, ट्वीटर,
इमेललगायत सामाजिक सञ्जालमार्फत अपराध
बढ्न थाल्यो ।'
यसको नियन्त्रण गर्न त्यस्ता सञ्जाल
प्रयोगकर्ताले सकारात्मक कदम चाल्न सकून्
भनेर चेतनामूलक अभियान थालेको उनले बताए ।
चालू वर्षमा पर्वतबाट सुरु चेतनामूलक
अन्तरक्रियात्मक कार्यक्रम १०
जिल्लामा चल्ने उनले बताए ।
फेसबुकमा कसैको तस्बिर राखेर
नक्कली खाता खोल्ने, फोटामा शरीर
एउटाको र टाउको अर्कैको राखेर बदनाम
गर्ने, कसैको इमेल खाताको पासवर्ड ह्याक
गर्नेजस्ता अपराध बढ्न थालेपछि जिल्ला-
जिल्लामा यो अभियान चलाएको कम्प्युटर
इन्जिनियर सुरेश बसौलाले
बताए । साइबर अपराध
गरेको जानकारी पाउनासाथ
त्यस्तो प्रमाण कम्प्युटरमा सुरक्षित राखेर
नजिकको प्रहरीमा खबर गर्न सहभागीलाई
सुझाएका थिए ।
कार्यक्रममा सहभागी पर्वतका सबै
सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख,
प्रहरी, सञ्चारकर्मीलगायतलाई विद्युतीय
कारोबार ऐन ०६३ र नियमावली ०६४
मा भएका प्रावधानबारे प्रस्ट
पारिएको थियो । 'अहिले साइबर अपराध
हेर्ने काम काठमाडौं जिल्ला अदालतले
मात्रै गर्दै आएको छ,' नासु खडानन्द पाण्डेले भने,
'यहाँहरूले आफूलाई अनैतिक म्यासेज
पठाउनेलगायत अपराध गर्न खोज्ने
व्यक्तिको फेसबुक, इमेल ओपन नगरी सुरक्षित
राखेर प्रहरीमा सीधै खबर गर्नुस् ।'
प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले
कानुन भएर पनि प्रभावकारी कार्यान्वयन
हुन नसक्दा र चेतनाको कमीले
कारबाहीमा समस्या भएको बताए ।
कार्यक्रममा विद्युतीय हस्ताक्षर, बैंक
तथा वित्तीय संस्थाहरूको बैंङकङ
सुरक्षालगायतमा जानकारी गराइएको थियो ।
ऐनले तोकेको कुरा विद्युतीय कारोबार
गर्नेमध्ये पाँच प्रतिशतलाई
पनि जानकारी नभएको कार्यक्रमका सहभागीले
बताए । कतिपयले जानेर वा नजानेर
गल्ती गर्ने गरेको भए
पनि यो कार्यक्रमको प्रभावले साइबर
अपराध जिल्लामा आधा घट्ने अनुमान
गरिएको प्रजिअ कृष्णप्रसाद ज्ञवालीले
बताए ।कान्तिपुर

15/11/2014

If u hav any problem and question about computer and mobile phone please comment below. we will try to solve your problem..Than you

Address

BUTWAL
Butwal
00977

Alerts

Be the first to know and let us send you an email when मोबाईल कम्प्युटर र केहि रोचक जानकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share