Birateshwor Cyber Cafe Puspalal chowk

Birateshwor Cyber Cafe Puspalal chowk E-mail,Internet,Print,Re-charge Cards(NTC,NCELL)Nepali typing&Game Zone

27/08/2020

Are you ready to win Brand New Apple Watch?
Complete these simple steps:
1. Follow our page and Viber Community,
2. Share this post,
3. Mention your friends in the comments below.

Also, 10 lucky winners will win Rs. 1000 in their eSewa account.

Read Detailed information: http://bit.ly/FBAppleWatchoffer

Follow Viber Community: bit.ly/eSewaViberCommunity2

05/09/2019

information

15/12/2016

स्मार्ट फोनलाई सुपरफास्ट यसरी बनाउनुहोस

तपाईको मोबाइल अहिले पनि नयाँमा जत्तिकै फास्ट छ ? पक्कै पनि छैन होला। किन भने मोवाइल पुरानो हँुदै जाँदा स्पिड पनि स्लो हुँदै जान्छ । यसो हुँदा कसलाई पो राम्रो लाग्थ्यो र ? तर के तपाईलाइ थाहा छ ?
केही समयमै तपाइको मोबाइल सुपर फास्ट बन्न सक्छ । यसको लागि सबभन्दा पहिला समस्या पत्ता लगाउनुहोस।

जस्तै कुन एप्लिकेशनले धेरै ¥याम र सिपीयुको बढी प्रयोग गरीरहेको छ? फोनको कोरले राम्रोसँग काम गरीरहेको छ की छैन? कुन एपले कति स्पेश ओगटेको छ?
यसको लागि केहीमध्ये एप्लिकेशनहरु डाउनलोड गनुहोसः

१– क्लीनर ऐप डाउनलोड गर्नुहोस
नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम ६ Þ० मार्समेलोमा भएको क्लीनर एप्सजस्तो फिचर छ । तर यसले पुरानो भर्सनवाला मोवाइलको यो समस्या हटाउन मेमोरी बुस्टर क्लीन मास्टर र एवीजी क्लीनर जस्तो एप्लिकेशन गुगल प्ले स्टोरबाट डाउनलोड गरेर आफ्नो फोनको स्पीड बढाउन सक्नुहुनेछ । त्यस्तै मोबाइलमा सीपीयुको उपयोगिता थाहा पाउन तपाई ट्रेपन प्रोफाइलर पनि डाउनलोड गर्न सक्नुहुन्छ । यसको मद्दतले तपाईले कुन एप्लिकेशनले तपाइको फोनलाइ स्लो बनाएको थाहा पाउनुहुनेछ ।
२– मेमोरीलाई खाली बनाउनुहोस
एन्ड्रोइड फोन स्लो हुनुको सबैभन्दा मुख्य कारण हो इन्टर्नल मेमोरी भरिनु। त्यसैले मेमोरी सकेसम्म खाली गर्नुपर्छ। जसको लागि फोनमा रहेका काम नलाग्ने फोटो र फाइलहरु फाइलहरु हटाउनुहोस । एस डी कार्डमा पनि केही स्पेस राख्नुहोस ।
३ – एप्लीकेशन डिसएबल गर्नुहोस
एन्ड्रोइड फोन निर्माताहरुले फोनसँगै धेरै एप्लीकेशन शुरुमै राखेका हुन्छन् । जस मध्ये हामीले निकै कम एप प्रयोग गर्छौ । यस्तो एपलाइ तपाइ अनस्टल गर्नुहोस तर केही यस्ता एप हुन्छन् जो अनस्टल हुदैनन्, त्यस्तो अबस्थामा तपाई त्यो एपलाई डिसेबल गर्न सक्नुहुनेछ ।
४– वाजिट्स डिसेबल गर्नुहोस
फोनमा सकेसम्म थोरै वाजिट्स प्रयोग होस । एक पटकमा होम स्क्रीनमा धेरै वाजिट्सको प्रयोगले फोन स्लो हुनसक्छ।
५– नोटिफीकेशन अफ मोड
आजभोली धेरैजसो एप्लीकेशन लाइभ अपडेट हुन्छन् । जसको कारण मोवाइलमा नोटीफिकेशन आइरहन्छ । नोटिफिकेशन धेरै भएपछि मोबाइल स्लो हुन जान्छ । एजेन्सी

10/12/2016

स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?

fast-internet-in-phone-1434173531
Admin Dec 10, 2016 Leave a comment

Facebook Twitter Google +
स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ? सुरूमा खरिद गर्दा तेज गतिमा चल्ने तपाईको मोबाइल हिजोआज बिस्तारै सुस्त हुँदै गइरहेको त छैन ?

यदि यस्तै समस्यमाबाट ग्रसित हुनुभएको छ भने तपाइँले कुनै चिन्ता लिनु पर्दैन । यी समस्या कुनै ठूलो समस्या भने होइनन् , स्मार्टफोन प्रयोगकर्ताकालागि यी सामान्य समस्या बनिसकेका छन । यदी यो समस्याबाट छुटकारा पाउने उपायको खोजीमा हुनुहुन्छ भने हामी तपाईलाई यी समस्याको समाधानको उपायका बारे जानकारी दिलाउन गइरहेका छौ ।

speed
समस्या चयन गनुहोस ः सर्बप्रथम त तपाईले मोबाइलको समस्या चयन गर्नुपर्ने हुन्छ । तपाइको मोबाइल सुस्त हुनुको कारण के हो त्यो जान्न जरूरी हुन्छ । समस्या के का कारणले आएको छ । चाहे त्यो कुनै एउटा एपले हो,अन्य धेरै एपहरू वा सिस्टम आफ्नै कारणले हो त्यो जान्न जरूरी छ ।
केही स्पेस खाली गर्नुहोस ः तपाइले इन्सटल गरेका विभिन्न एपहरू र खिचेका फोटोहरूले सिस्टमको मेमोरी स्पेस ओघटेर रहेका रहेको हुन सक्छन । सिस्टमलाई राम्ररी चल्नकालागि राखीदिनुपर्ने हुन्छ । यदी फोन लो–स्पेसमा चलिरहेको छ भने त्यो पनि मोबाइल स्लो हुनुको एउटा मुख्य कारण हो ।
आफ्ना फोनमा कति मेमोरी स्पेस बाँकी छ त्यसलाई जान्नकालागि मोबाइल प्रयोगकर्ताले सेटिङ् भित्रको स्टोरेज अपसनमा क्लिक गरेर थाहा पाउन सकिन्छ । मेमोरी स्पेस खाली गर्नका लागि सबैभन्दा सजिलो तरिका एप्सहरू अनइन्टल गर्नु हो । तपाइले आफूलाई नचाइने एप्सहरू त्यहाबाट छानेर अनइन्सटल गर्न सक्नुहुनेछ यसले तपाइको फोनको मेमोरी स्पेस बढाउन सहयोग पुर्याउछ ।
स्मार्टफोन खरिद गर्दै आएका प्री–लोडेड एप्सहरू जुन तपाइले प्रयोग गर्नुहुदैन त्यस्ता एपलाईपनि अनसइन्स्टल गरेर मेमोरी स्पेस बढाउन सकिन्छ । त्यसैगरि अटोमेटिक अपडेटका कारण पनि एपहरूको साइज ठूलो हुने गर्छ । धेरै समयसम्म एप चलाइरहँदा त्यस एपमा स्टोर भएको डाटाले पनि मोबाइलमा धेरै स्पेस ओघटेको हुन सक्छ त्यसकारण बेलाबेलामा एप्सले प्रयोग गरेको डाटा लाई डिलिट गर्नाले मेमोरी स्पेस घटाउन मद्दत गर्छ ।

graphic-01
प्रयोगमा रहेका विजेटहरूमा कटौती गनुहोस ः मोबाइल प्रयोग गर्दा तपाईलाइ सहयोग पुगोस र मोबाइल चलाउदाको अनुभवलाई नविन्तम र उत्कृष्ट बनाउन मोबाइलमा बिभिन्न बिल्ट–इन विजेटहरू रहेका हुन्छन । चाहे त्यो वेदरको होस वा डुयल क्लक मोबाइलमा यसका अलावा अन्य एप्सहरूको पनि विजेट रहेने गरेका हुन्छन । विजेटको प्रयोगले मोबाइल प्रयोगकर्तालाई सहजता त थप्छ तर एकैसाथ धेरै विजेटहरूको प्रयोग गर्दा भने यसले मोबाइलको पर्फरमेन्समा असर पुर्याइरहेको हुन्छ । एकैसाथ धेरै भन्दा धेरै विजेट ब्याग्राउण्डमा चल्दा यसले फोनलाई सुस्त बनाउछ , यसकारण अत्यावशेक कार्य बाहेकका विजेटहरूको प्रयोगमा कटौती गर्नु बुद्धिमानी कार्य हुन्सक्छ ।
नचाहिँदो एनिमेसन र अन्य इफेक्टलाई बन्द गनुहोस ः मोबाइलको थेप र लुक राम्रो देखिने बिभिन्न किसिमका लन्चरहरूको प्रयोग गरिरहनु भएको छ भने सावधान यो पनि तपाइको मोबाइल सुस्त हुनुको कारण हो । हरक लन्चरहरूमा विभिन्न किसिमका एनिमेसन र स्पेशल इफेक्टहरूको प्रयोग गरिएको हुन्छ । यीनीहरूले तपाइको मोबाइलाई उत्कृष्ट लुक त प्रदान गछर्न तर साथसाथै यसका कारण तपाइको फोन तुलनात्मक रूपमा सुस्त बनाउन जिम्मेबार पनि हुने गरेका छन् ।

तपाइले ती अनावश्यक इफेक्ट र एनिमेसनलाई लन्चरको सेटिङ्मा गएर बन्द गर्न सक्नुहुन्छ । साथै लन्चरले प्रदान गर्ने अन्य एप्सहरूलाइपनि आफै बन्द गर्न सकिन्छ जस्ले तपाइको मोबाइलको स्पीड बढाउन सहयोग पुर्याउछ ।

fullscreen-capture-5242016-41912-pm
एप्सहरू बन्द गरेर र्याममा धेरै स्पेस फ्री गराउनुहोस ः मोबाइल हिजोआज एउटामात्र कार्यकालागि प्रयोग गरिदैन । तपाइ मोबाइलमा एकैपटक धेरै भन्दा धेरै एप्सहरू प्रयोग गर्नुचाहनुहुन्छ । यो मात्र होइन मल्टीटाक्सिङ् आजको आवश्यकता नै भइसकेको छ । तपाइले धेरै भन्दा धेरै एप्स चलाउँदा त्यसले तपाइको मोबाइलको पर्फरमेन्समा ह्रास ल्याइरहेको हुन्छ ।

ब्याग्राउन्डमा चल्ने एप्सका कारण तपाइको मोबाइलको र्याममा भएको स्पेस ओघटिरहेको हुन्छ र थोरै मात्र र्याममा स्पेस बच्ने भएकाले त्यसले मोबाइललाई सुस्त बनाउन सक्छ । तसर्थ ब्याग्राउन्डमा चलिरहेका अनावश्य एप्सहरूलाई बन्द गरेर र्याममा धेरै स्पेस फ्री गराउन सकिन्छ जसका कारण मोबाइलको स्पीडमा बृद्धि गराउन सकिन्छ ।
र्यामलाई फ्री गराउनकालागि चलीरहेको एप्सहरूको लिस्ट हेरेर क्लोज अला एप्स अपसनमा क्लीक गर्न सकिन्छ भने र्यामलाई सेलेक्ट गरेर यार्मको मेरोरी समेत फ्री गर्न सकिनेछ । यो प्रक्रिया मोबाइलपिछे फरक हुने गर्दछ ।

cache-clean
मोबाइललाई रिस्टार्ट गर्नुहोस ः फोन स्लो र ह्याङग भएका बेला त्यसलाई छिटो बनाउनका लागि मोबाइल रिस्टार्ट गर्नु एउटा सबैभन्दा सजिलो र छिटो उपाय मानिन्छ । त्यसो गर्नाले मोबाइललाई पहिलेकै स्पीडमा चलाउन सकिन्छ । रिस्टार्ट गरे पश्चात त्यस फोनको केस (Cache) क्लीयर गर्ने , अनावश्यक एप्सहरूलाई चल्नबाट रोक्नाले मोबाइललाई छिटो बनाउन सकिन्छ ।
मोबाइल रिस्टार्ट गर्नकालागि पावर बटनलाई केहिबेर सम्म थिच्ने र रिस्र्टाट अपसनमा क्लिक गरेर गर्न सकिन्छ ।

orange-cache-cleaner
यसका अलावा मोबाइलमा कुन एपले अत्याधिक ब्याट्र खपत गरिरहेका छन् त्यो जान्नका लागि सेटिङभित्रको ब्याट्री अपस्नमा क्लिक गरेर थाहा पाउन सकिन्छ । साथै र्यामको प्रयोगको बारेमा पनि सेटिङभित्रको एप म्यानेजरबाट थाहापाउन सकिन्छ यो फिचर भने मोबाइलपिछे फरक पर्छ ।

19/08/2016

आखिर किन तातिन्छ त मोबाइल ?

हामीमध्ये अधिकांशको मोबाइल प्रयोग गर्दागर्दै तातिने गर्छ । कतिपय अवस्थामा कुराकानी गर्दागर्दै गाला नै रातो हुने गरी मोबाइल तातिने समस्या हामीले व्यहोर्नुपरिरहेको हुन्छ । आखिर किन तातिन्छ त मोबाइल ? सामान्य अवस्थामा रहेको मोबाइल तातिने कारण र त्यसको समाधान दिँदै छन् , बानेश्वरमा मोबाइल व्यवसाय गर्दै आएका सुजन राजभण्डारी :

मोबाइल तात्ने कारण

स्मार्टफोन लामो समयसम्म चार्जमा छोड्दा मोबाइल तातिने समस्या आउन सक्छ । विशेषगरी, पुरानो मोडेलका स्मार्टफोनमा यस्तो समस्या बढी देखिन्छ । स्मार्टफोनमा आवश्यकताभन्दा बढी डाटा तथा एप्स सञ्चालन गर्दा पनि मोबाइल तातिन सक्छ ।

मोबाइलमा धेरै बेर जिपिएस प्रयोग गरिरहँदा वा ब्लुटुथमार्फत स्पिकरबाट म्युजिक बजाइरहँदा पनि तात्ने समस्या हुन्छ । लामो समयसम्म निरन्तर बढी -याम भएको मोबाइल गेम खेल्दा पनि मोबाइल तात्ने सम्भावना हुन्छ ।

स्मार्टफोनमा भाइरसले आक्रमण गरेमा पनि सामान्यभन्दा बढी नै तात्छ । चार्ज गर्दै गेम खेल्ने, सामाजिक सञ्जाल चलाउने अथवा फोन गर्ने काम गर्दा पनि स्मार्टफोन बढी तात्नसक्छ ।

यसरी हुन्छ समाधान

मोबाइलमा भाइरस लागेको शंका लागेमा एकचोटि खोलिएका सबै एप्स बन्द गर्नुपर्छ । एप सेटिङमा गएर इन्स्टलेसन फ्रम अन्नोन सोर्सेसलाई बन्द गर्नुपर्छ । मोबाइलको चार्जर केबल र एडप्टर कमसल भएमा पनि ब्याट्रीलाई अत्यधिक तताउँछ । त्यसैले सकेसम्म कमसल गुणस्तरको केबल, चार्जर र अन्य सामग्री प्रयोग नगर्ने ।

पुरानो मोडेलको मोबाइलमा ब्याट्री फुलेको छ वा छैन परीक्षण गर्नुपर्छ । फुलेको छ भने त्यो प्र्रयोग गर्नु हुँदैन, पड्किन पनि सक्छ । आवश्यक नभएसम्म वाइफाई, ब्लुटुथ, जिपिएसजस्ता ब्याट्री र मेमोरी ओगट्ने सेवा ओपन नगर्दा राम्रो हुन्छ । ब्याकग्राउन्डमा धेरै एप्स खुलेर पनि एन्ड्रोइड मोबाइल तात्ने हुन्छ । त्यसैले त्यस्ता एप्स बन्द गर्नुपर्छ ।

08/05/2016

यसरी रिकभर गर्नुहोस् डिलिट भएको फोटो

स्मार्टफोनको मेमोरी कार्डबाट गल्तीले कुनै फोटो डिलिट भएमा कसरी फिर्ता ल्याउने भन्ने विषयमा धेरैलाई चिन्ताको विषय बन्न सक्छ।

यसरी डिलिट भएको फोटो फिर्ता ल्याउन सकिन्छ। फोटो फिर्ता ल्याउनुभन्दा अघि यदि मेमोरी कार्ड फर्म्याट गरिएको भए चाँहि फोटो फिर्ता ल्याउन सम्भव हुदैँन।

जानौँ डिलिट भएका फोटो फिर्ता पाउने तरिकाः

फोटो फिर्ता ल्याउनको लागि रिकभरी सफ्टवेयरको जरुरत पर्छ। विन्डोज प्रयोगकर्ता ‘रिकुवा’ र म्याक प्रयोगकर्ता ‘फोटोरेक’ सफ्टवेयरको प्रयोग गर्ने।

यी सफ्टवेयर डाउनलोड गरिसकेपछि फोनको मेमोरी कार्ड कम्प्युटरसँग कनेक्ट गने।

यदि डिलिट भएको फोटो फोन मेमोरीमा भएको खण्डमा फोनलाई डाटा केबलका माध्यमले कम्प्युटरसँग कनेक्ट गर्ने।

डाउनलोड गरिएको सफ्टवेयरलाई खोल्ने र मेमोरी कार्डलाई स्क्यान गर्ने। यसपछि रिकभर गर्ने सकिने फोटोको लिस्ट देखिन्छ।

उक्त लिस्टबाट रिकभर गर्न चाहेको फोटो छान्ने र रिकभर विकल्पका क्लिक गर्ने।

रिकभर भएको फोटो कम्प्युटरमा गएर सेभ हन्छ

ल्यापटप बढी तात्यो भने यसो गर्नुहोस्टंक खनाल |२०७२ चैत्र ५ शुक्रबार1676 पटक पढिएको 272 11 आफ्नो ल्यापटप दैनिक प्रयोग गर्...
18/03/2016

ल्यापटप बढी तात्यो भने यसो गर्नुहोस्

टंक खनाल |
२०७२ चैत्र ५ शुक्रबार
1676 पटक पढिएको

272 11

आफ्नो ल्यापटप दैनिक प्रयोग गर्दा बढी तात्न सक्छ । तातेको ल्यापटपलाई उचित हेरचाह र संरक्षण गर्न सकिएन भने चाँडै बिग्रिन पनि सक्छ । बढ्दो गर्मीसँगै ल्यापटप बढी तातिने समस्या आउन सक्छ । ल्यापटपमा हुने ‘ओभर हिटिङ’को समस्या यसरी समाधान गर्न सकिन्छ ।

ब्याट्री र पंखाको सरसफाइ


आफूले प्रयोग गर्ने ल्यापटपको ब्याट्री र पंखामा धुलो पस्ने भएकाले समयसमयमा सरसफाइ गर्नुपर्छ । ब्याट्री र पंखामा धुलो एवं फोहोर जम्यो भने ल्यापटपमा समस्या आउन सक्छ । त्यसैले फ्यान र ब्याट्रीको एक वा दुई महिनामा सरसफाइ गरिरहनुपर्छ ।

ब्याट्री र पंखामा भएको धुलो सरसफाइ गर्न ल्यापटपको खोल्न स्क्रु डाइभर र सावधानी आवश्यक पर्दछ । त्यसैगरी इलेक्ट्रोनिक्स डिभाइसको सफाइका लागि ‘क्यान्नड एयर' चाहिन्छ । यसलाई ग्यास डस्टर पनि भनिन्छ । यो बजारमा सहजै पाइन्छ ।

कसरी सफा गर्ने

ल्यापटपको ब्याट्री तथा पंखाको सरसफाइका लागि सुरुमा त्यसलाई सिस्टमबाट अलग गराउनु पर्छ । त्यसपछि क्यान्नड एयरले त्यसलाई सफा गर्नुपर्छ । त्यसले भित्र रहेका फोहोर निकाल्छ । पंखा सफा गर्दा धेरै दबाब दिनु हुँदैन । सावधानीपूर्वक काम गर्नुपर्छ ।

सफा गर्दा यसो नगर्ने

चिसो वा पानी भएको कपडाले पुछ्नु हुँदैन । पंखाको ब्लेड्सलाई धेरै दबाब दिएर मोड्ने काम पनि गर्नु हुँदैन । यदि पंखाले काम गर्न छोडेको छ भने धेरैबेर चलाउनु हुँदैन । धेरै समय सिस्टममा राख्यो भने ओभर हिटिङको समस्या झन् बढ्छ ।

कुलिङ किटको प्रयोग

ल्यापटप ओभर हिटिङको समस्या समाधानका लागि कुलिङ किटको प्रयोग पनि गर्न सकिन्छ । बजारमा तीन सय रुपैयाँदेखि माथिका फरकफरक मूल्यका कुलिङ किट पाउन सकिन्छ । ल्यापटप पुरानो बन्दै गएको छ र बढी प्रयोग गरिन्छ भने कुलिङ किटबाट पनि समस्या आउन सक्छ । यस्तो बेलामा अतिरिक्त कुलिङ किटको प्रयोग गर्न सकिन्छ ।

उचित कुलिङ किट लिने

ल्यापटपका लागि प्रयोग गरिने कुलिङ किट ल्यापटपको बनावटसँग मेल खाने हुनुपर्छ । गलत पंखाको प्रयोगले ल्यापटपमा समस्या आउन सक्छ । कुलिङ किट किन्नुभन्दा पहिले ल्यापटप जाँच गर्नुपर्छ । जसबाट उचित पंखा किन्ने सल्लाह प्राविधिकले दिन सक्छ ।

ल्यापटप राख्ने तरिका

ल्यापटप प्रयोगका बेला त्यसले बेसबाट हावा लिइरहेको हुन्छ । त्यसैले सिरक, डसना तथा हावा छेक्ने सामानमाथि राखेर ल्यापटप चलाउनु हुँदैन । ल्यापटपले राम्ररी हावा लिन नसक्दा ओभर हिटिङको समस्या आउन सक्छ । ल्यापटप टेबल वा कपडा भएको ठाउँभन्दा अलग्ग राख्यो भने हिटिङ हुने सम्भावना कम हुन्छ ।

कुलिङ फ्यानको सट्टा कुलिङ म्याटमा राखेर काम गर्न पनि सकिन्छ । बेडमा ल्यापटपको प्रयोग गर्दा मुनि कुनै कडा सामानजस्तो पुस्तक, काठको टुक्रा आदि राख्न सकिन्छ जसले हावा छेक्न नसकोस् ।

ब्याट्रीको सुरक्षा

ल्यापटपको ब्याट्रीलाई गर्मीमा बढी ख्याल गर्नुपर्छ । जसका लागि निम्न उपाय अपनाउन सकिन्छ –

चार्ज गरिरहेका बेला ल्यापटपलाई आफूबाट टाढा राख्नुपर्छ । ब्याट्री चार्ज भएपछि चार्जरलाई अलग गर्नुपर्छ ।

यदि ब्याट्री तात्न थाल्यो भने लगातार ल्यापटपको प्रयोग नगर्नु राम्रो हुन्छ । अर्थात् केही समय बन्द गरेर चलाउनुपर्छ ।

कुलिङ किट प्रयोग गर्दा पनि ब्याट्री तात्ने नेक्रम रोकिएन र ब्याट्रीको ब्याकअप चाँडै सकिन थाल्यो भने लगातार चार्ज गर्नुको सट्टा ब्याट्री परिवर्तन गर्नुपर्छ ।
- See more at: http://annapurnapost.com/News.aspx/story/45634 .7kx9mFZO.dpuf

आफ्नो ल्यापटप दैनिक प्रयोग गर्दा बढी तात्न सक्छ । तातेको ल्यापटपलाई उचित हेरचाह र संरक्षण गर्न सकिएन भने चाँडै बिग्रिन पनि सक्छ । बढ्दो गर्मीसँगै ल्यापटप बढी तातिने समस्या आउन सक्छ । ल्यापटपमा हुने ‘ओभर हिटिङ’को समस्या यसरी समाधान गर्न सकिन्छ ।

14/03/2016

हराएको मोबाइल कहाँ छ भन्ने कुरा एक मिनेटमै आफैँ पत्ता लगाउनुहोस् यसरी (तरिकासहित)
Posted on : March 10, 2016 | Category : ICT news, Social Media, TIPS & TRICKS
मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ ।

Android

यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ । त्यतिमात्रै कहाँ हो र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ ।

यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ ।



यसरी गर्नुस्:

– सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

– त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

– यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

(परीक्षणका लागि हामीले क‌ंलकीमा रहेको आफ्नै मोबाइलको लोकेसन ट्र्याक गरेका थियौं । त्यसबाट प्राप्त रिजल्ट तपाईं चित्रमा हेर्न सक्नुहुन्छ ।)

Mobile Location

यद्यपी आईफोन युजरले भने यो ट्रिकबाट फाइदा लिन सक्दैनन् । तपाई‌ंको फोन अनिवार्य एण्ड्रोइड हुनु जरुरी छ । iPhone का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछन् ।

07/02/2016

स्मार्टफोनमा स्टोरेजको समस्या यसरी समाधान गर्नुहोस्...

मोबाइल फोनमा धेरै फोटो भएपछि स्टोरेजको समस्या हुने गर्छ। यस्तो समस्या भएमा फोटोलाई कम्प्रेस गरेर उक्त समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ। जानौँ केही यस्ता एप्सका बारेमा जसले फोटोको साइज कम गर्न मद्दत गर्छ।

क्र्याम (Cramp)
आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममा काम गर्ने यो एप निकै उपयोगी छ। यस एपले फाइल साइजलाई करिब ६० प्रतिशतसम्म कम गर्छ। यस एपको साइज २.९ एमबी रहेको छ।

इमेज स्कविजर (Image Squeezer)
विन्डोज मोबाइलको लागि यो एप उपयुक्त छ। विन्डोज स्टोरबाट निःशुल्क यो एप डाउनलोड गर्न सकिन्छ। यस एपले ७० प्रतिशतसम्म फाइल साइज कम गर्छ। यस एपको साइज ३४७ केबी रहेको छ र यसलाई प्रयोग गर्न विन्डोज ७ भन्दा बढीको अपरेटिङ सिस्टम हुन पर्छ।

इमेज ओप्टिम (Image Optimum)
म्याक प्रयोग गर्नेले यो एप प्रयोग गर्न सक्छन्। उस एपले फोटोको क्वालिटीलाई कुनै असर नपारी फोटो साइज घटाउने गर्छ।

कम्प्रेसर डट आईओ (Compressor.io)
इन्टरनेटको प्रयोग गर्दा कुनै एप बिना कम्प्रेसर डट आईओको मद्दतले फोटोको साइज कम गर्न सकिन्छ। यसबाट कम्प्रेस गरेको फोटो सिधै गुगल ड्राइभ र ड्रपबक्समा पनि सेभ गर्न सकिन्छ।

13/12/2015

बन्द ल्यापटपबाट मोबाइल कसरी चार्ज गर्ने ?
Posted: Sunday, Dec 13, 2015 10:44 AM ( 2 hours ago )
189 15 204 Total Views: 13.3 K
मंसिर २७ – स्मार्टफोन चार्ज गर्नका लागि बिजुलीको प्लग वा मिल्ने चार्ज नहुँदा समस्यामा हुन सक्छ । यस्तै विद्युत नभएका कारण पनि मोबाइल चार्ज गर्न नपाएर समस्या हुन्छ । यस्तोमा ल्यापटप वा कम्प्युटरमा जोडेर चार्ज गर्न खोज्दा ल्यापटप वा कम्प्युटर बन्द भएमा चार्ज नहुने हुन्छ । तर ल्यापटप वा कम्प्युटर बन्द भएका बेलामा पनि स्मार्टफोन चार्ज गर्न भने मिल्छ । विन्डोज सेभेन वा त्यसपछिको अपरेटिङ सिस्टम भएको कम्प्युटरको माइ कम्प्युटरमा क्लिक गरेर प्रोपटिजमा गइ डिभाइस म्यानेजरमा क्लिक गर्नु पर्छ । त्यसपछि युनिभर्सल सीरियल बस कन्ट्रोलमा क्लिक गरेपछि युएसबी रुट हब देखिन्छ । युएसबी रुट हबको प्रोपटिजमा क्लिक गरेपछि पावर म्यानेजमेन्ट ट्याबमा अलाउ कम्प्युटर टु टर्न अफ दि डिवाइस टु सेव पावरको बक्समा रहेको टिक मार्क हटाउनु पर्छ । यति गरेपछि ल्यापटप बन्द भएका बेला पनि स्मार्टफोन चार्ज गर्न मिल्छ । किनकी यो सबै प्रक्रिया पूरा गरेपछि ल्यापटप बन्द भएका बेलामा पनि त्यसको ब्याट्री भने प्रयोगमा आउँछ । यसरी विद्युत नभएको तथा ल्यापटप वा कम्प्युटर बन्द भएको बेलामा पनि मोबाइल चार्ज गर्न मिल्छ । तर यसरी मोबाइल चार्ज गर्दा ल्यापटपको ब्याट्री कम प्रयोग गर्नेतर्फ भने ध्यान दिनुपर्छ ।

04/12/2015

कम्प्युटरमा गर्न सकिने अनौठा १० ट्रिक्स

सर्टकट कि, एप तथा केही फरक ट्रिकहरुको सहायताले कम्प्युटरसंगको सम्बन्ध सहज गर्न सकिन्छ। विन्डोज चलाउनु हुन्छ भने, Windows कि र D थिच्नुहोस्, तपाइले खोलेका सबै प्रोगाम लुक्नेछन् अनि डेस्कटप देखिनेछ। Windows र M थिच्नुहोस्, सबै खुलेका प्रोग्राम मिनिमाइज हुनेछन्। यस्तै रोचक केही ट्रिक्सहरुको बारेमा आउनुहोस् जानौं।

सहज तरिकाले विन्डोज वा म्याक अपरेटिङ सिस्टम भएका कम्प्युटर चलाउन १० ट्रिक्सहरु:

झुक्किएर बन्द गरिएको ट्याब फिर्ता
गुगल क्रोम चलाइरहनु भएको छ र झुक्किए कुनै ट्याब बन्द भएमा, Control (Ctrl) ( म्याकमा Command कि), Shift र T कि प्रेस गर्नुहोस् बन्द ट्याब फेरी खुल्नेछ।

स्क्रिनबाट कुनै चाहेको तस्बिर वा क्षेत्रमात्र निकाल्न
स्क्रिनसट लिन विन्डोजमा सजिलो छ। किबोर्डको ‘PrntScr’ थिच्नुहोस। यो किले तपाइको स्क्रिनमा अहिले जे देखिएको छ त्यसलाई क्यापचर गर्नेछ। अब माइक्रोसफ्ट पेन्ट वा माइक्रोसफ्ट वर्ड खोल्नुहोस् अनि Ctrl‌ र V कि प्रेस गर्नुहोस् वा मेनुबाट Paste क्लिक गर्नुहोस्। यसो गर्दा पुरै स्क्रिनको तस्बिर आउनेछ। तर यदि स्क्रिनको कुनै एउटा सानो क्षेत्रको मात्र तस्बिर चाहिएमा के गर्ने?

म्याकको लागि,
Command, Shift र 4 कि प्रेस गर्नुहोस् एल टुल खुल्नेछ जसले स्क्रिनबाट चाहिएको क्षेत्रको स्क्रिटसट लिन सकिनेछ।

विन्डोजको लागि:
Start Menu मा जानुहोस् अनि Snipping Tool टाइप गर्नुहोस्। Snipping Tool मा विभिन्न अप्सन भेटिनेछन्, जसमा Rectangle Snip छान्नुहोस्।

एउटै क्लिकले नयाँ ट्यावमा लिङ्क खोल्न
वेबसाइटमा कुनै लिङ्क क्लिक गर्दा उही ट्यावमा खुलिदिन्छ तर तपाइलाइ सो लिङ्क नयाँ ट्याबमा खुलाउनु छ, लिङ्कमा राइट क्लिक गरेर ‘Open in new tab’ गर्न सकिन्छ। यो भन्दा सजिलो उपाय पनि छ। लिङ्कमा गएर माउसको बिचको बटन( स्क्रोल गर्न प्रयोग गरिने बटन) क्लिक गर्नुहोस् सो लिङ्क अर्को ट्याबमा खुल्नेछ।

फाइलको अर्को कपी बनाउन
कुनै फाइल (तस्बिर, भिडियो, वा अन्य) को अर्को प्रति बनाउन सो फाइललाई Copy गरेर Paste गर्न सकिन्छ। अथाव सो फाइललाई ड्र्याग गर्नुहोस् (ड्र्याग गर्न कुनै फाइलमा क्लिक गर्ने, क्लिक गरिरहदै चाहिएको ठाउँसम्म तानेर लाने) अनि क्लिक छोड्नुपुर्व किबोर्डमा Control कि ( म्याकमा Alt कि) प्रेस गर्ने अनि क्लिक छोडिदिने। यस्तो गर्दा सो ड्र्याग गरिएको फाइलको अर्को प्रति बन्नेछ।

युट्युबमा ट्रिक

युट्युबमा भिडियो Pause गर्न सामान्यतया Space कि प्रयोग गरिने गर्छ। तर यदि भिडियो Select भएको छैन भने पेज स्क्रोल हुने गर्छ।

युट्युबमा भिडियो Pause वा Play गर्न K कि प्रेस गर्न सकिन्छ।
भिडियोको १० सेकेन्ड पछाडी जान J र १० सेकेन्ड अगाडी जान L कि प्रेस गर्न सकिन्छ।

विन्डोलाइ स्क्रिनको साइडमा सार्न

Windows कि प्रेस गरेर कुनै एक एरो (दायाँ, बाँया, तल वा माथी) कि प्रेस गरेर हेर्नुहोस्।

चाहिएको विन्डोज बाहेक अरु सबै मिनिमाइज गर्न

मानौ, तपाइले गुगल क्रोम, माइक्रोसफ्ट वर्ड, एक्सल आदी थुप्रै प्रोग्राम खोल्नुभएको छ। तपाइलाइ माइक्रोसफ्ट वर्ड बाहेक अरु सबै प्रोग्राम मिनिमाइज गर्न आवस्यक परे के गर्ने?

खुलेका सबै प्रोग्राममा जादै मिनिमाइज बटन क्लिक गर्न सकिन्छ। साथै Windows र M कि प्रेस गर्नुहोस् सबै विन्डोज मिनिमाइज हुन्छ, अनि चाहिएको प्रोग्राम मात्र म्याक्सिमाइज गर्न सकिन्छ।

तर यो भन्दा रमाइलो अर्को तरिका छ। धेरै प्रोग्राम खुलिरहेका छन, चाहिएको कुनै एक प्रोग्रामको टाइटल बारमा माउस लैजानुहोस्, क्लिक गर्नुहोस, क्लिक नछोडी दाँया बाँया हल्लाउनुहोस्, अरु सबै खुलेका प्रोग्राम मिनिमाइज हुनेछन्। क्लिक छोडेर फेरी सोही प्रक्रिया दोहोर्याउनुहोस्, सबै प्रोग्राम म्याक्सिमाइज हुनेछन्।

केही सर्टकट किहरु,

स्टार्ट मेनु खोल्न: Ctrl + Esc

टास्क म्यानेजर खोल्न: Crtl + Shift + Esc

कपि गर्न : Ctrl + C

पेस्ट गर्न: Ctrl + V

सबै विन्डोज मिनिमाइज गर्न : Ctrl + M वा Ctrl + D

एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका क...
10/09/2015

एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ।
यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटाहरु सबै काम नलाग्ने बनाउन सक्छन्। त्यसैले आफ्नो मोबाइलमा भाइरस पसेको छ भन्ने लागेमा त्यसलाई हटाउनुपर्छ।
एन्ड्रोइड अपरेटिङ सिस्टमसँग जोडिएका केही सजिला स्टेपहरु रहेका छन् जसले आफ्नो डिभाइसको भाइरस हटाउन मद्दत गर्छ।
१. स्मार्टफोलाई सेफ मोडमा रिबुट गर्नेः
यसरी सेफ मोडमा रिबुट गर्दा थर्ड पार्टी एप्ससँग रन भइरहेका भाइरस हो सिधै बन्द हुन्छन्। यदि मोबाइलमा सेफ मोड रिबुट अप्सन छैन भने पावर बटनलाई केही बेरसम्म थिचिराख्दा रिबुटको अप्सन आउँछ।
२. डिभाइस सेटिङः
स्मार्टफोन वा ट्याबलेट रिस्टार्ट भएपछि सबैभन्दा पहिले डिभाइस सेटिङमा जाने र एप्सको अप्सन खोल्ने। यहाँ डिभाइसमा भएका सबै एप्स आउँछन्। यहाँ कुनै एपहरु रन भएका हुँदैनन्। यहाँ भाइरस भएमा भाइरस भने रन मोडमा रहेका हुन्छन्।
३. मलिसियस एप अनस्टल गर्नेः
यो एप लिस्टमा भाइरस भेटिएमा त्यसलाई सबैभन्दा पहिले अन्स्टल गर्ने र त्यसपछि रिमुभ गर्ने। यदि भाइरसवाला एपमा अनस्टलको अप्सन छैन भने डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा जानुपर्ने हुन्छ।
४. डिभाइस एड्मिनिस्ट्रेटरः
डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा गएपछि एड्मिनिस्ट्रेटर स्टाटसमा इनस्टल एपको पुरै लिस्ट आउँछ। यसबाट आफुलाई जुन एप नचाहिने हो त्यसलाई अनस्टल गरिदिने। यसका लागि स्क्रिनमा भएको विन्डोमा डिएक्टिभेटको अप्सन छान्नुपर्ने हुन्छ।
५. नमएल मोडमा रिस्टार्ट गर्नेः
आफुलाई नचाहिने सबै एपहरु हटाएपछि आफ्नो स्मार्टफोन वा ट्याबलेटलाई फेरि नर्मल मोडमा रिस्टार्ट गर्ने। यति गरेपछि डिभाइस सेफ मोडमा आउँछ र भएको भाइरस पनि हटेर जान्छ।
- See more at: http://purbelinews.com/2015/09/%E0%A4%AE%E0%A5%8B%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%BE%E0%A4%87%E0%A4%B0%E0%A4%B8-%E0%A4%B9%E0%A4%9F%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%B8%E0%A4%9C/ .nytL0hRi.BI6YHqaV.dpuf

एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ। यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटा...

Address

Biratnagar
Biratnagar

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+9779842162223

Website

Alerts

Be the first to know and let us send you an email when Birateshwor Cyber Cafe Puspalal chowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birateshwor Cyber Cafe Puspalal chowk:

Share