Nischal Ghimire

Nischal Ghimire केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ
क्षेत्रिय प्रतिनिधि, नेपाली कांग्रेस मोरङ

31/05/2026

‘समृद्ध सुन्दरहरैंचा’को एजेण्डासहित मैदानमा देवराज तामाङ

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडामा अगुवा कार्यकर्ता तथा क्रियाशील सदस्यहरूसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ बाट सुरु गरिएको भेटघाट कार्यक्रमअन्तर्गत उनले हालसम्म वडा नम्बर २, ५, ८, ९ र १२ का अगुवा कार्यकर्ता तथा क्रियाशील सदस्यहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। कार्यक्रममार्फत पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको रणनीति, स्थानीय जनताका अपेक्षा तथा नगरको विकासका विषयमा व्यापक छलफल भइरहेको बताइएको छ।

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा तामाङले कार्यकर्तासँगको सम्पर्कलाई प्राथमिकतामा राखेका छन्। पार्टीभित्र लोकप्रिय युवा नेताका रूपमा चिनिएका उनी नेपाली कांग्रेसको तर्फबाट सुन्दरहरैंचा नगरपालिकाको मेयर पदका बलिया दावेदारका रूपमा हेरिएका छन्।

भेटघाटका क्रममा सभापति तामाङले सुन्दरहरैंचाको समृद्धि, सुशासन र दिगो विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताएका छन्। नगरको समग्र विकास, गुणस्तरीय सेवा प्रवाह, रोजगार सिर्जना, पूर्वाधार विस्तार तथा पारदर्शी स्थानीय शासन स्थापना आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ।

उनले पार्टी संगठनलाई अझ मजबुत बनाउँदै जनताको विश्वास जितेर आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने लक्ष्यका साथ आफू अघि बढिरहेको बताए। कार्यकर्ताको सुझाव र जनताको अपेक्षालाई समेटेर विकासको स्पष्ट खाका तयार गरिने उनको प्रतिबद्धता छ।

तामाङको अभियानमा नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौला, मोरङ जिल्ला सचिव ललित श्रेष्ठ, महासमिति सदस्य लोकप्रसाद संग्रौलालगायतका नेताहरूको समेत सक्रिय सहभागिता रहेको छ। उनीहरू विभिन्न वडामा पुगेर कार्यकर्तासँग संवाद गर्दै संगठन विस्तार र पार्टीको भावी रणनीतिबारे छलफल गरिरहेका छन्।

कार्यकर्ता भेटघाट कार्यक्रमलाई स्थानीय कांग्रेसजनले सकारात्मक रूपमा लिएका छन्। आगामी दिनमा नगरका सबै वडामा पुगेर कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने तथा पार्टीलाई थप एकताबद्ध र सशक्त बनाउने अभियानलाई निरन्तरता दिइने सभापति तामाङले बताएका छन्।

सुन्दरहरैंचाको अबको मेयर को भन्ने बारे आजकाल खुब मिडिया ट्रायल हुँदैछ । अबको लगभग १ वर्षभित्रमा स्थानीय तहको निर्वाचन हु...
26/04/2026

सुन्दरहरैंचाको अबको मेयर को भन्ने बारे आजकाल खुब मिडिया ट्रायल हुँदैछ । अबको लगभग १ वर्षभित्रमा स्थानीय तहको निर्वाचन हुदैछ यस विषय समय सँगत नै रहेको नकार्न सकिन्न । मेरो विचारमा यसपटक सुन्दरहरैंचाको नगरप्रमुखको उम्मेदवारहरु मध्ये देवराज तामाङ सबै भन्दा योग्य उम्मेदवार हो । किनभने

07/03/2026

नेपाली जनता भेड हुन - ईतिहास विर्सिने नेपाली
सतिले सरापेको देश - विदेशी लै लैमा लाग्ने

02/03/2026

काठमाडौँ । मोरङ–६ का तीन जनाको उम्मेदवारी निष्क्रिय भएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै उनीहरुले नेपाली....

नेपाल विद्यार्थी संघको विधान २०२७ (२०७५) को धारा १२ (५) बमोजिम आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली काँग्रेसका उम...
31/01/2026

नेपाल विद्यार्थी संघको विधान २०२७ (२०७५) को धारा १२ (५) बमोजिम आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुमा नेपाल विद्यार्थी संघको प्रभावकारी परिचालनका निम्ति देहाय बमोजिमका संयोजक रहने गरी निर्वाचन परिचालन समिति गठन गरिएको छ।
जय नेपाल !

Address

Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Nischal Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share