Hexa Electronics Private Limited

Hexa Electronics Private Limited Milk Analyzer manufacturer

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमानयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना।नयाँ वर्षसँगै नयाँ आशा, नयाँ ऊर्जा र नया...
13/04/2026

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना।

नयाँ वर्षसँगै नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अवसरहरू लिएर
तपाईंको जीवन खुशी, शान्ति, समृद्धि र सफलताले भरियोस्।
आउनुहोस्, यो वर्षलाई अझ राम्रो बनाउने प्रतिबद्धता सँगै अघि बढौं।

—हेक्सा इलेक्ट्रोनिक्स प्रा.लि.—

**विषय: आकाशगंगा दूध सफ्टवेयर सम्बन्धी महत्वपूर्ण सूचना**सम्पुर्ण ग्राहक वर्ग,सादर निवेदन यस प्रकार छ कि हाल तपाईंको सहक...
12/04/2026

**विषय: आकाशगंगा दूध सफ्टवेयर सम्बन्धी महत्वपूर्ण सूचना**

सम्पुर्ण ग्राहक वर्ग,
सादर निवेदन यस प्रकार छ कि हाल तपाईंको सहकारीमा प्रयोग भइरहेको **Akashganga Milk Collection Software** आगामी **बैशाख ०१, २०८३ देखि सेवा प्रदान गर्न असमर्थ हुने** जानकारी गराइन्छ।

यसै सन्दर्भमा, आगामी समयका लागि आधुनिक तथा अपडेट गरिएको नयाँ सफ्टवेयर प्रणाली लागू गर्ने योजना रहेको हुँदा, उक्त प्रणाली सञ्चालनका लागि सहकारीका सबै स्थानहरूमा **इन्टरनेट जडान अनिवार्य** रहेको जानकारी गराइन्छ।

साथै, नयाँ सफ्टवेयरमा डाटा व्यवस्थापन तथा सेटअपका लागि निम्न विवरणहरू उपलब्ध गराइदिनुहुन अनुरोध छ:

• Branch Name (शाखा नाम)
• Branch Details (शाखा संख्या, विवरण)
• Employee Details (कर्मचारी विवरण)
• Farmer Details:
Code (कोड)
Name (नाम)
Mobile No. (मोबाइल नम्बर)
Citizenship No. (नागरिकता नम्बर)

उपरोक्त विवरणहरू यथाशीघ्र उपलब्ध गराई नयाँ प्रणालीमा सहजताका लागि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

---

⚠️ पुरानो Software प्रयोग गरिरहनु भएको सहकारीका लागि (Temporary Solution)

AKASHGANGA Dairy Software को **२०८३ वर्ष को मिति Set गर्न**:

सधैं जस्तो Software Open गर्ने login form मा Year मा पहिले चलीरहेको अवस्थामै **Ok गर्ने**।
अब **"please set nepali date"** भन्ने msg आउँछ, **ok** गरेर Software को दायाँ तल रहेको **"नेपाली मिति"** मा click गर्ने।

अब तल दिइएको विवरण अनुसार सबै tab हरू मिलाउने:

**Nepali Year: 2083**
**Reference Date: 14/04/2026 (२०८३ बैशाख १ गते)**

**Days:**

बैशाख = 31
जेष्ठ = 31
अषाढ = 32
श्रावण = 31
भाद्र = 31
आश्विन = 31
कार्तिक = 30
मंसिर = 29
पौष = 30
माघ = 29
फाल्गुण = 30
चैत्र = 30

त्यसपछि **Generate Date** मा click गर्ने र **OK** गर्ने।

अब **Exit Program** गरेर Software बन्द गर्ने र पुन: Open गर्ने।

यदि दुध संकलन भित्र:

* नेपाली मिति: **०१/०१/२०८३**
* अङ्ग्रेजी मिति: **14/04/2026**

देखिएको छ भने **Date Setting सफल भएको मानिन्छ**।

---

**सहायताका लागि:**
📞 9845204644
📞 9845636584

---

**भवदीय,**
**Hexa Electronics Pvt. Ltd.**

31/03/2026



-analyzer

-ultra

नेपालमा पहिलो पटक, Milk Analyzer मा हुने Calibration Tampering (मेसिनको सेटिङ मिलाउने वा छेडछाड गर्ने कार्य) लाई पूर्ण र...
06/02/2026

नेपालमा पहिलो पटक, Milk Analyzer मा हुने Calibration Tampering (मेसिनको सेटिङ मिलाउने वा छेडछाड गर्ने कार्य) लाई पूर्ण रूपमा रोक्ने उद्देश्यसहित Hexa Electronics Private Limited ले अत्याधुनिक डिजिटल प्रविधि सार्वजनिक गरेको छ।

यस प्रणालीले दूध परीक्षण प्रक्रियालाई पारदर्शी, सुरक्षित र विश्वासयोग्य बनाउँदै किसान, सहकारी र दुग्ध उद्योग सबैको साझा हित सुनिश्चित गर्दछ।



🔹 हाम्रो प्रणालीका प्रमुख विशेषताहरू

अनलाइन निगरानी (Online Monitoring)
Milk Analyzer मा कुनै पनि प्रकारको सेटिङ वा क्यालिब्रेसन परिवर्तन भएमा तत्काल सूचना प्राप्त हुने व्यवस्था।

टेम्परिङ पूर्ण नियन्त्रण (Anti-Tampering Protection)
क्यालिब्रेसन तथा संवेदनशील सेटिङहरू म्यानुअल रूपमा परिवर्तन गर्न नमिल्ने, सम्पूर्ण प्रक्रिया सफ्टवेयरबाट सुरक्षित र नियन्त्रणमा।

केन्द्रीय नियन्त्रण प्रणाली (Centralized Control Dashboard)
एउटै ड्यासबोर्डबाट धेरै दूध संकलन केन्द्रका मेसिनहरूको अवस्था, क्यालिब्रेसन र गतिविधि निरन्तर निगरानी।

भरपर्दो भुक्तानी सुनिश्चितता (Fair & Trusted Payment)
शुद्ध, प्रमाणित र छेडछाड-रहित डेटाको आधारमा किसानले आफ्नो दूधको उचित मूल्य पाउने पूर्ण सुनिश्चितता।

Hexa Electronics Private Limited

दूधको शुद्धता | किसानको भरोसा | प्रविधिको इमानदारी

२०६७ साल जेठ देखि असहाय नानीहरू को शिक्षा दिक्षा पालनपोषण तथा आवश्यक तालिम दिंदै आईरहेको यस बालगृह सानो घरलाई एक सेट ब्य...
24/08/2025

२०६७ साल जेठ देखि असहाय नानीहरू को शिक्षा दिक्षा पालनपोषण तथा आवश्यक तालिम दिंदै आईरहेको यस बालगृह सानो घरलाई एक सेट ब्याट्री इनभर्टर सहयोग गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। हाम्रो सानो प्रयासले बालबालिकाको पढाइ र जीवनमा उज्यालो थपोस् भन्ने हाम्रो उद्देश्य हो।

Hexa Electronics Private Limited व्यवसायसँगै समाजप्रतिको दायित्व पूरा गर्न सधैं प्रतिबद्ध छ, र भविष्यमा पनि यस्ता सहयोगी कार्य निरन्तर रहनेछ।

सानो घर परिवारलाई उज्यालो र सफल भविष्यको हार्दिक शुभकामना।

AMCS Nepal का साथ – आजै आफ्नो डेरीलाई डिजिटल बनाऊ, स्मार्ट बनाऊ!”📲 दूध संकलनदेखि रिपोर्टिङसम्म, सबै एकै क्लिकमा।
24/07/2025

AMCS Nepal का साथ – आजै आफ्नो डेरीलाई डिजिटल बनाऊ, स्मार्ट बनाऊ!”
📲 दूध संकलनदेखि रिपोर्टिङसम्म, सबै एकै क्लिकमा।

04/07/2025

अब दूधको दूध, पानीको पानी – Hexa Ultra सँग!
🔬 गुणस्तरीय दूध उत्पादनको सुनिश्चितता, अब सरल र भरपर्दो!

🇳🇵 नेपाली प्रविधि, नेपाली सहकारीका लागि।

हेक्सा इलेक्ट्रोनिक्स प्रा. लि. को तर्फबाट देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बुबा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई न...
13/04/2025

हेक्सा इलेक्ट्रोनिक्स प्रा. लि. को तर्फबाट देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बुबा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नयाँ वर्ष २०८२ को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नववर्ष २०८२ ले तपाईंहरूको जीवनमा नयाँ उत्साह, उन्नति, सुस्वास्थ्य र समृद्धि लिएर आओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
नेपालको दुग्ध प्रविधिमा नवप्रवर्तन र आत्मनिर्भरताको यात्रामा साथ दिनु भएकामा हामी आभारी छौं। आउँदो दिनहरूमा पनि तपाईंहरूको साथ र विश्वासले हामीलाई अझ अघि बढ्ने प्रेरणा प्रदान गरोस्।
-शुभकामनासहित-
हेक्सा इलेक्ट्रोनिक्स प्रा. लि.

09/10/2024

Address

Bharatpur 2
Bharatpur
44207

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779816409688

Website

Alerts

Be the first to know and let us send you an email when Hexa Electronics Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hexa Electronics Private Limited:

Share

Category