IT-Chitwan

IT-Chitwan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IT-Chitwan, Internet Company, Bharatpur.

"Digo Krishi" is the project of DreamWork Solution for "Scaling Conservation Agriculture Sustainable Intensification (CA...
27/08/2018

"Digo Krishi" is the project of DreamWork Solution for "Scaling Conservation Agriculture Sustainable Intensification (CASI) technology and practices using ICT based tools and strategy". This is the pilot project 2018-19 targeting the Sunsari district (5 nodes). It will be expanded to eastern terai and then after whole potential area of Nepal.
This project is under SRFSI III (joint venture of ACIAR and CIMMYT).
For this project, we are seeking agricultural students who are willing to collaborate in various sections. We will provide the platform to students to learn and expose themselves.

Fill up the form and final selected students will get notification via email.

"Digo Krishi" is the project of DreamWork Solution for "Scaling Conservation Agriculture Sustainable Intensification (CASI) technology and practices using ICT based tools and strategy". This is the pilot project 2018-19 targeting the Sunsari district (5 nodes). It will be expanded to eastern terai a...

Worth reading!!
03/12/2016

Worth reading!!

No. 1 Nepali IT Magazine and Online Portal that provides in-depth coverage of Information, Communication & Technology updates, Software, Website, Application, Hardware, Laptop, Smartphones Reviews.

03/12/2016

२५ औ अन्तराष्टृय अपाङ्ग दिवसको सबैमा शुभकामना ।

18/07/2016

सावधान फेसबुकमा नगर्नुस् यी ८ काम, अकाउण्ट नै ब्लक हुनसक्छ !!

फेसबुकमा आफ्नो फोटो अपलोड गर्ने, स्टाटस सेयर गर्ने, अरुका फोटो तथा स्टाटस लाइक तथा कमेन्ट गर्ने सामान्य कुरा हो । तर के तपाइँलाई थाहा छ ? फेसबुकमा कतिपय कुराहरु शेयर गर्दा फेसबुकले तपाइँको अकाउण्ट नै ब्लक गरिदिन सक्छ ।

यस्ता ८ प्रकारका चिजहरु फेसबुकमा शेयर गर्नुभयो भने तपाइँको अकाउण्ट केही घण्टा देखि केही दिनसम्मकै लागि पनि ब्लक हुनसक्छ ।

१. हालै फेसबुकमा एक बच्चाको फोटो भाइरल भएको थियो । जसलाई फेसबुकमा शेयर गर्दा वा कसैलाई फरवार्ड गर्दा प्रयोगकर्ताको फेसबुक अकाउण्ट ३ दिनसम्मका लागि ब्लक गरिएको थियो । फोटोमा बच्चाले हातमा माछा समाएको थियो ।

वास्तवमा उक्त फोटोमा बच्चाको यौनांग देखाइएको थियो । फेसबुकमा यस्ताखाले फोटो पोष्ट गर्नु गैरकानूनी हो । फेसबुकले १८ वर्षभन्दा कम उमेरका बालबालिकाको यौनिक संलग्नता देखिने पोष्ट तथा फोटोहरुलाई अनुमति दिँदैन । यसलाई नग्नता मानिन्छ । त्यसैले त्यस्तो नग्नता दर्शाउने फोटो फरवार्ड गर्ने वा शेयर गर्नेको अकाउण्ट ३ दिनसम्म ब्लक गरियोे ।

२. धेरै मेसेज पठाउँदाः फेसबुकको हेल्प पेजमा रहेको ब्लकिंग पोलिसीका अनुसार यदि कोही प्रयोगकर्ताले निकै कम समयमा धेरै मानिसलाई मेसेज पठाउँदछन् र यसरी मेसेज पठाइएका मध्ये अधिकांस मानिसले त्यस्ता मेसेजलाई अनवेलकम मार्क गरिदिन्छन् भने त्यसरी मेसेज पठाउने मानिसको अकाउण्ट केही समयका लागि ब्लक गरिदिन्छ फेसबुकले । त्यसैले अनावश्यक मेसेजहरु ज्ो पायो त्यस मानिसलाई पठाउनु हुँदैन ।

३. घृणा फैलाउने खालको पोष्टः फेसबुकको नीति अनुसार कुनैपनि व्यक्ति, समुदाय तथा समुहको विरुद्धमा घृणा फैलाउने खालको वक्तव्य फेसबुकमा पोष्ट गर्न पाइँदैन । यसो गरेमा फेसबुकले त्यस्ता प्रयोगकर्ताको अकाउण्ट केही घण्टाका लागि ब्लक गरिदिन्छ ।

४. गलत फोटो वा भिडियो अपलोड गर्दाः फेसबुकको चेतावनी पोलिसीमा प्रष्टसँग भनिएको छ की लागुऔषध प्रयोग, नग्नता वा कुनैपनि प्रकारका अश्लील प्रकारका सामाग्रीहरु फेसबुकमा शेयर गरिएमा फेसबुक अकाउण्ट ब्लक गरिनेछ । त्यसैले यस्ता खालका फोटो तथा भिडियो शेयर गर्नुहोला ।

५. अनधिकृत सामाग्री पोष्ट गर्दाः यदि तपाईसँग फोटो, टेक्स्ट अर्थात् भिडियोजस्ता कुनैपनि सामाग्री सार्वजनिक रुपमा शेयर गर्ने वा प्रकाशन गर्ने अधिकार छैन भने त्यसलाई फेसबुकमा शेयर नगर्नुस् । यस्तो गर्दाखेरि नै सुरुमा फेसबुकले चेतावनी सन्देश पठाएको हुन्छ । यदि चेतावनी पश्चात पनि यस्ता सामाग्री पोष्ट गरिएमा फेसबुकले यस्ता सामाग्रीलाई फेसबुक वालबाट हटाइदिने मात्र होइन अकाउन्ट नै केही दिनका लागि ब्लक गरिदिन्छ । फेसबुकले अभिभावकको अनुरोधमा १३ वर्षभनदा कम उमेरका बच्चाबच्चीको फोटो पनि हटाइदिने गरेको छ ।

६. पोक गरेर हैरान पारेमाः फेसबुकमा मानिसहरुलाई पोक गरेर उनीहरुलाई हैरान पार्ने यदि तपाइँको बानी छ भने यसलाई छाड्नुहोस् । यसो गर्दा कसैले फेसबुकमा उजूरी गर्यो भने तपइँकोे अकाउन्ट ब्लक हुनसक्छ ।

७. २ सय भन्दा बढि ग्रुपमा आबद्ध हुँदाः फेसबुक कुनैपनि प्रयोगकर्तालाई २ सय भन्दा बढि ग्रुपमा आबद्ध हुने अनुमति दिँदैन । यदि यसभनदा बढि ग्रुपमा आबद्ध भएमा फेसबुकले अकाउन्ट नै ब्लक गरिदिन् ।

८. अपरिचित मानिसलाई गेमिंग रिक्वेस्ट पठाउँदाः फेसबुकको प्रतिबन्ध नीतिमा लेखिएको छ की यदि कोहीपनि प्रयोगकर्ता अपरिचित मानिसलाई पटक पटक गेमिंग रिक्वेस्ट पठाएर हैरान पार्दछ भने उसकाे फेसबुक अकाउण्ट केही घण्टादेखि लिएर केही दिनसम्म ब्लक गरिनेछ ।

फ्रेण्ड रिक्वेस्ट ब्लक सेक्सनमा लेखिएको हुन्छ की यदि तपाइँ नचिनेका मानिसहरुलाई फ्रेण्ड रिक्वेस्ट वा गेमिंग रिक्वेस्ट पठाउनुभयो र उनीहरुले तपाइँको बारेमा फेसबुकमा उजुरी गरे भने तपाइँको अकाउन्ट ब्लक हुनेछ ।

Address

Bharatpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97756522343

Alerts

Be the first to know and let us send you an email when IT-Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to IT-Chitwan:

Share