02/04/2026
आजदेखि सुरु भएको SEE परीक्षामा सहभागी हुन लागेका सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
परीक्षा भनेको जीवनको एउटा सानो हिस्सा मात्र हो, त्यसैले डर वा तनावले आफूलाई हाबी हुन दिनु हुँदैन। तपाईंहरूले वर्षभरि गरेको मिहिनेत, त्याग र तयारी नै आजको सबैभन्दा ठूलो शक्ति हो।
नयाँ वातावरण वा दबाबका बीच पनि शान्त रहनुहोस् र आफूमा विश्वास राख्नुहोस्। धैर्यताका साथ प्रश्नहरू समाधान गर्नुहोस् र सक्दो राम्रो प्रयास गर्नुहोस्। अरूसँग तुलना गर्न होइन, आफ्नै प्रगति र आत्मविश्वासका लागि परीक्षा दिनुहोस्।
सफलताका लागि इमानदारी, अनुशासन र आत्मविश्वास सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। तपाईंले गरेको प्रयास कहिल्यै खेर जाँदैन।
याद राख्नुहोस्, यो अन्तिम होइन, तपाईंको यात्राको एउटा महत्वपूर्ण सुरुवात मात्र हो।
उज्ज्वल भविष्यका लागि धेरै-धेरै शुभकामना।
4G Electronic Security Traders
Ujjwal Gaiju Sujata Thapa