City Cyber & Cafe

City Cyber & Cafe fast food

फेसबुकमा सर्टकट, यसरी चलाउनुहोस्फेसबुकका करोडौँ प्रयोगकर्ता छन्। कम्प्युटरमा फेसबुक प्रयोग गर्दा धेरै प्रयोगकर्ताहरुले स...
07/02/2016

फेसबुकमा सर्टकट, यसरी चलाउनुहोस्
फेसबुकका करोडौँ प्रयोगकर्ता छन्। कम्प्युटरमा फेसबुक प्रयोग गर्दा धेरै प्रयोगकर्ताहरुले सर्टकटको प्रयोग गर्दैनन्। जानौँ केही यस्ता सर्टकट जसको प्रयोगले फेसबुक चलाउन सहज हुन्छ।

टाइमलाइनमा जानः
गुगल क्रोम भएमा Alt + 2
फायरफक्स भएमा Shift +Alt + 2
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 2 अनि एन्टर

फ्रेन्ड लिस्टमा जानः
गुगल क्रोम भएमा Alt + 3
फायरफक्स भएमा Shift +Alt + 3
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 3 अनि एन्टर

इन्बक्स हेर्नः
गुगल क्रोम भएमा Alt + 4
फायरफक्स भएमा Shift +Alt + 4
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 4 अनि इन्टर

नोटिफिकेशनमा जानः
गुगल क्रोम भएमा Alt + 5
फायरफक्स भएमा Shift +Alt + 5
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 5 अनि एन्टर

एकाउन्ट सेटिङमा जानः
गुगल क्रोम भएमा Alt + 6
फायरफक्स भएमा Shift +Alt + 6
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 6 अनि एन्टर

प्राइभेसी सेटिङमा जानः
गुगल क्रोम भएमा Alt + 7
फायरफक्स भएमा Shift +Alt + 7
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 7 अनि एन्टर

पेजको बारेमा जान्नः
गुगल क्रोम भएमा Alt + 8
फायरफक्स भएमा Shift +Alt + 8
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 8 अनि एन्टर

न्युज फिड स्क्रल गर्नः
जे (J) र के (K) थिच्ने
http://kinmel.setopati.com/suchana-prawidhi/33232/

फोनमा लुकेका ५ उपयोगी सुविधाहरु!अाफ्नो फोनमा भएका केही फिचरहरुका बारेमा धेरै जसोलाई थाहा नहुन सक्छ। फोनमा भएका केही फिचर...
27/12/2015

फोनमा लुकेका ५ उपयोगी सुविधाहरु!
अाफ्नो फोनमा भएका केही फिचरहरुका बारेमा धेरै जसोलाई थाहा नहुन सक्छ। फोनमा भएका केही फिचरहरुले हामीलाई अनावश्यक झन्जटबाट मुक्त गराउन सक्छ।

हामीले ह्वाटस् एप प्रयोग गर्दा यदि फोन लक छ भने अनलक गर्नु पर्ने हुन्छ। तर यो समस्या ह्वाट्स् एपको सेटिङमा गएर समाधान गर्न सकिन्छ। यसका लागि Settings>Notification>Popup Notification> Only when screen off गर्ने। सेटिङ सेभ गरेपछि फोनलाई अनलक नगर्दा पनि म्यासेज रिप्लाई गर्न सकिन्छ।

त्यस्तै फोनमा इन्स्टल गरिएका एप्लिकेशनहरुको नोटिफिकेशनका कारण यदि समस्या भइरहेको छ भने उक्त नोटिफिकेशन बन्द गर्न सकिन्छ। नोटिफिकेशन बन्द गर्नको लागि आएको नोटिफिकेशनमा केही समयको लागि क्लिक गर्ने। केही बेरपछि एउटा सेटिङ प्यानल खुल्नेछ। सेटिङ प्यानलको Allow notification विकल्पमा गएर बन्द गर्न सकिन्छ।

गुगल नाउको भ्वाइस फिचरका मद्दतले स्मार्ट कलिङ पनि गर्न सकिन्छ। यसका लागि आफ्नो कन्ट्याक्ट लिस्टमा रहेको कल गर्न व्यक्तिको नाम गुगल नाउमा लिनु पर्ने हुन्छ। यसपछि गुगलले स्वतः उक्त व्यक्तिलाई फोन लगाउने छ।

फोनमा गेम खेल्ने बेला उक्त गेमको ग्राफिक्स साइजलाई घटाएमा फोनको इन्टरफेस स्पीड बढ्छ। साइज घटाउनको लागि Settings>Developer Option> Transition Animation Scale मा गएर सेटिङ गर्नु पर्ने हुन्छ।

हामीले प्ले स्टोरबाट कुनै पनि एप डाउनलोड गरेपछि उक्त एपको सर्टकट होम स्क्रिनमा बन्ने गर्छ। यस्तो समस्या भएमा प्ले स्टोरमा गएर सेटिङ मिलाउनु पर्ने हुन्छ। सेटिङ मिलाउनका लागि Settings>Add icon to home screen मा जानु पर्ने हुन्छ।
http://kinmel.setopati.com/

नयाँ टेक्नलाेजीकाे आविष्कार वाई-फ़ाई भन्दा उच्च गति लाई-फ़ाईमा ।लाई-फ़ाई एक द्विदिशात्मक र उच्च गतिमा नेटवर्क प्रदान गर्...
01/12/2015

नयाँ टेक्नलाेजीकाे आविष्कार वाई-फ़ाई भन्दा उच्च गति लाई-फ़ाईमा ।

लाई-फ़ाई एक द्विदिशात्मक र उच्च गतिमा नेटवर्क प्रदान गर्ने, वाई-फ़ाई जस्तै वायरलेस संचार प्रविधि हाे । याे रेडियो फ्रिक्वेन्सी तरंगहरुका सट्टा देखिने (LED Light) प्रकाशकाे माध्यम बाट संचार हुनेछ । राम्राे पक्ष भनेकाे प्रकाशभएकाे जनुसुकै ठाँउमा जस्तैः रूममा भएकाे प्रकाश, माेबाइलकाे फ्लास लार्इट, कार तथा अन्य प्रकाश अाउने माध्यमहरू बाट अति उच्च गतिमा र्इन्टरनेट प्रदान गर्न सकिनेे छ । यसकाे प्रदर्शन जर्मनका वैज्ञानिक हेराल्ड हैस द्वारा पहिले पटक २०११ मा भएकाे थियाे ।

शुभ दिपावली । यस बुद्ध सामुदायिक सेवा केन्द्र गल्लामण्डीकाे तर्फबाट केहि सुचनामुलक कुराहरू यहाँहरू समक्ष राख्न चाहन्छाै ...
09/11/2015

शुभ दिपावली । यस बुद्ध सामुदायिक सेवा केन्द्र गल्लामण्डीकाे तर्फबाट केहि सुचनामुलक कुराहरू यहाँहरू समक्ष राख्न चाहन्छाै । साैजन्य धर्मानन्द जाेशी । धन्यवाद वहाँलार्इ । र सम्पूर्ण युनिटलार्इ ।

03/11/2015
अाफ्नाे माेबाइल फाेनबाट कम्प्यूटरलार्इ यसरी कंट्रोल गर्न सकिन्छ । AirStream भन्ने एप डाउन्लाेड गरी कम्प्यूटरमा भएकाे डेट...
19/10/2015

अाफ्नाे माेबाइल फाेनबाट कम्प्यूटरलार्इ यसरी कंट्रोल गर्न सकिन्छ ।
AirStream भन्ने एप डाउन्लाेड गरी कम्प्यूटरमा भएकाे डेटा तथा मल्टीपल क्लाउड स्टोरेजलार्इ मैनेज गर्न सकिन्छ । याे एप लार्इ लाेड गरीसकेपछि क्लाउड स्टोरेज अकाउंट्समा कनेक्टहुनकाे लागी अनुमति माग्दछ । र यस माेबाइलफाेन एपलार्इ कम्प्यूटरमा जाेडनकालागी एउटै वार्इ फार्इ नेटवर्क भएकाे हुनु पर्दछ ।

वाई-फाई नेटवर्क प्रयाेग गरेपश्चयात डेस्कटॉप क्लाइंट पनि इंस्टॉल गर्नुपर्ने हुन्छ । त्यसपछि फ्री मा अकाउंट लॉग-इन गर्नसकिन्छ । यस एप द्वारा अाफ्नाे कम्प्यूटरलार्इ बिना केबल एक्सेस गर्न सक्नुहुनेछ । एप इंटरफेसमा कनेक्टेड स्टोरेज सोर्सेजकाे कंटेंटलार्इ दर्शाउदछ ।

यस एपलार्इ एंड्रॉयड र आईओएस ऑपरेटिंग सिस्टम भएकाे स्मार्टफोनहरूमा फ्री डाउनलाेड गर्न सकिन्छ ।

youtube लार्इ कमांडबाट कसरी चलाउने ?स्मार्टफोन र टैबलेटमा यूट्यूब भिडियो हेर्ने चलन बढ्दै गइरहेकाे छ । व्हाट्सऐप मा यूट्...
15/10/2015

youtube लार्इ कमांडबाट कसरी चलाउने ?

स्मार्टफोन र टैबलेटमा यूट्यूब भिडियो हेर्ने चलन बढ्दै गइरहेकाे छ । व्हाट्सऐप मा यूट्यूबकाे भिडियो प्रायजसाे फॉरवर्ड गर्ने गरिन्छ र धेरैजसाे युजर्सहरू स्मार्टफोन या टैबलेटमा नै हेर्दछन । यदि कमांडबाट चलाउने केही तरीकाहरू थाहा भयाे भने यूट्यूबमा भिडियो हेर्दा केही सहज हनेछ ।
क) यदि भिडियाे हेर्दा केहि समयकाे लागी राेक्न छ भने 'K' बटनमा क्लिक गर्नुहाेस।
ख) यदि अावाजलार्इ बन्द गर्न छ भने 'M' बटनमा क्लिक गर्नुहाेस।
ग) फुल स्क्रीनमा हेर्नका लागि 'F' बटनमा क्लिक गर्नुहाेस।

कम्प्यूटरमा यूट्यूब भिडियो हेर्दैहुनुहुन्छ भनेः
क) फुल स्क्रीनमा हेर्नका लागि 'F11' बटनमा क्लिक गर्नुहाेस।
ख) भिडियाेलार्इ ५ सेकेन्डकाे लागी रिवाइंड गर्नुछ भने 'J' बटनमा क्लिक गर्नुहाेस।
ग) १० सेकेन्ड अगि लैजानु छ भने 'L' बटनमा क्लिक गर्नुहाेस।
घ) यदि १० मिनेटकाे अन्तराल पछिकाे भिडियाे हेर्नुछ भने एक देखि नाै सम्मकाे अंक लार्इ दबाउदै जानुहाेस् ।
याे कमांड यूट्यूबमा मात्र उपयाेग गर्न सकिन्छ ।
www.bbchindi.com

Address

Mahabir Path/6
Bhairahawa
32900

Telephone

+9779823251323

Website

Alerts

Be the first to know and let us send you an email when City Cyber & Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to City Cyber & Cafe:

Share