Dilli raj kharel

Dilli raj kharel Personal page

आफ्नो मुहारमा सधैं सुन्दर मुस्कान राख्नुसस्, ताकि कोही उदास व्यक्ति पनि हजुरलाई देखेर मुस्कुराउन सकोस्💖🙏
16/05/2026

आफ्नो मुहारमा सधैं सुन्दर मुस्कान राख्नुसस्, ताकि कोही उदास व्यक्ति पनि हजुरलाई देखेर मुस्कुराउन सकोस्💖🙏

01/02/2026

सत्य कर्मले सधैं सफलतातिर डोर्याउछ असत्य कर्मले सधैं असफलता तिर धकेल्छ तसर्थ कदम कदम ख्याल राख्नु यहाँ ढलेको रूख काट्ने हरू धेरै छन। 😋😋

यथार्थ  ! SLC मा 91.25% हानियो , +2 मा 78.23% हानियो। Bachelor मा 75 ओभर र masters  मा राम्रै बढिरहेको थियो। कुन किताबको...
24/11/2021

यथार्थ !
SLC मा 91.25% हानियो , +2 मा 78.23% हानियो। Bachelor मा 75 ओभर र masters मा राम्रै बढिरहेको थियो। कुन किताबको कुन पेजको कुन नम्बरमा कुन प्रस्न छ। त्यसको उत्तर के हो सबै रटियो। कसैले सोधे आँखा चिम्लेर भनिन्थ्यो........!!!

तर जब म मख्ख परेर "MARKS" ले भरिएको आफ्नो भए भरको "Marksheet" "Certificate" को खाता बोकेर जागिर खान्छु पैसा कमाउछु र भबिष्य बनाऊछु भनेर
Interview मा गएँ......!!!

Interview लिने मान्छेहरुले मेरो जीवन भरको
दु:ख मेहनत को कमाई मेरो Marksheet हेरे र
भुईमा राखे। यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए झै........!!!

अनि म तिर हेरेर हाँस्दै सोधे तपाई ले त धेरै पढनु
भएको जस्तो छ। आज सम्म पढेर तपाईले जिन्दगीमा के के कुराहरु सिक्नु भो ? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु भयो ?
म त्यो प्रश्न को उत्तर दिन अक्मक्किए किनकि मेरो
दिमाग मा Newton's का सिद्धान्त बिज गणितका सुत्र डार्विनको थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो प्रस्नको Derivation अनि उत्तर कण्ठै थियो........!!!

तर पनि उक्त प्रश्नको उत्तर भेटेन !

Interview room मा छिर्ने बेला छाति फुलाएर गर्बका साथ छिरेको थिए। म हातमा भएका Marksheet अनि certificate हरु भारि लागेको थियो। तर जब म Interview room बाट बाहिर निस्किए ति Marksheet अनि Certificate हरु बाटोमा उम्रेका झारको पात भन्दा नि हलुका लाग्न थाल्यो........!!!

अनि घर आइ ति सारा Marksheet अनि Certificate काठको दराजमा थन्काउन बाध्य भए र हिडे पासपोर्ट बनाउन।

तिन चार महिनाको ...... ट्राइ गरेपछि भिसा पनि आयो। १६ बर्ष पढेर पाएका Certificates हरु भन्दा १६ दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ। त्यही एउटा पासपोर्टको भरमा घरका सबै सदस्यले आफ्नो सपना बुन्ने गर्दछन र म सबैको सपना साकर पार्न परदेसिए...... ! ! !

त्यसैले साथीहरु जिन्दगीमा तपाईहरुले कस्तो पढनु भो त्यस्ले खासै महत्व राख्दैन तर तपाईहरुले के पढनु भो पढेर के सिक्नु भो तेसले ठूलो प्रभाब पार्छ.......!!!

Marks र Certificate को लागि मात्र होईन नया
कुरा सिक्न को लागि पढनुहोस.........! ! !
😢

09/10/2021

अझै पनि हामी सनातनी भन्दै हिडेका छौ ????अब केहि सोच्ने बेला पो आयो की ?

१. टुप्पी पाल्न छोड्यौ !
२. टोपी छोडियो !
३. तिलक चन्दन छोडियो !
४. धोति, दौरा सुरुवा छोडियो !
५. जनै छोडियो !
६. साँझ विहानको गायत्री मन्त्र छोडियो !
७. रामायण पाठ , गीता पाठ छोडियो !
८. महिला दिदीबहिनीले फरिया छोड्नु भो, नाकको
फुली छोड्नु भो, नौगेडी छोड्नु भो, कपालको
धागो छोड्नुभो, अब सिन्दुर छोड्दै हुनुहुन्छ !
९. पैसा र यौनको लागी बच्चा छोडियो !
१०. संस्कृत छोडियो, नेपाली भाषामा पढ्नेलाई
हेला गर्न थालियो !
११. श्लोक छोडियो, भजन छोडियो !
१२. बच्चाको सबै संस्कार छोडियो, न्वारन जेनतेन
गरिदै छ !
१३. साँझ विहान भेट भएको बेला राम-राम भन्न छोडियो !
१४. चरण स्पर्श, दण्डवत छोडियो !
१५. आफ्नो खुसीको लागी बुढेसकालका बाबु-आमा छोडियो !

आफ्ना रितिरिवाज परम्परा सबै छोड्दै आएपछि अब हामी
कसरी सनातनी रह्यौ? कसरी नेपाली रह्यौ?

हिन्दुको बच्चाको जन्मदिनमा केक काट्न कसले सिकायो?
आमाको मुख हेर्ने दिनमा केक काट्न कसले सिकायो ?

आफ्नो धर्म जोगाउन तपाइले कुनकुन परम्परालाई
निरन्तरता दिनुभएको छ ?
जसरी हामी विस्तारै विस्तारै बदलिंदै छौ, त्यसरी नै
एकदिन समाप्त पनि हुनेछौ !
*मुसलमानले न दारी छोडे, न दिनमा ५ पटक नवाज छोडे !
* बौद्ध धर्म मान्नेले न पहिरन छोडे, न शिर मुण्डन छोडे !
* ईसाई वाला हप्तामा एकदिन चर्च अनिवार्य जान्छ !
हामी हिन्दु हाम्रो पहिचान र संस्कार बाट किन दुर हुँदै छौ?
गुरुकुल को शिक्षा*, *यज्ञ*, *शस्त्र-शास्त्र*, *नित्य मन्दिर जाने
संस्कार कँहा हरायो ?
हामी हाम्रो संस्कार बाट विमुख भयौ , यहि कारण हामी विलुप्त हुँदै छौ !
त्यसैले आफ्नो पहिचान बचाउँ ! आफ्नो मूल-संस्कारको अपनाऔं !!!*
हप्तामा एकपटक आफ्नो
बच्चाको साथमा मन्दिर जानसुरु गरौ ।

27/08/2021

तपाइँ लाइ थाहै छ नेपालको जनसख्या ३ करोड ४० लाख रिटायडी कर्मचारी छन् ५८ लाख सरकारी कर्मचारी छन् यिनीहरुले कुनै काम नै गर्दैनन् । २ लाख जति नेतामात्र छन् यिनीहरु झन् सिन्को भाच्दैनन । 50 लाख स्कुल कलेज जान्छन यिनीहरु पनि केहि काम गर्दैनन् । ३० लाख बालबालिका को उमेर पांच बर्स भन्दा कम छ ।यिनीहर ले काम गर्ने कुरै भएन । २० लाख साठी बस माथिका बृद्द बृद्दा छन् । यिनीहर काम गर्न सक्तैनन् । ९ ० लाख बेरोजगार छन् आबरा गर्दी गर्दै हिदछन । ८ लाख बिरामी अस्पताल मा छन् १ लाख ९९ हजार ९९ ८ जना नेपालको विभिन्न जेलमा छन् । यिनीहरु पनि कुनै काम गर्दैनन् । अब बच्यो २ जना तपाइँरम । तपाइँ पनि दिनभर फेसबुक चलाएर बस्तु हुन्छ । अब भन्नुस म एक्लो मान्छेले नेपाल लाइ कसरि सम्हालूं के के गरूँ मैले मात्र 😃🤗

10/08/2021

छुर्पी बेचेर गुट्का खाने नेपाली!
कोदो बेचेर लङ्ग्रेन चामल किनिखाने नेपाली!
भिर माहुरी को मह बेचेर जाम किन्ने नेपाली!
जुम्ला /मुस्ताङ्ग मा फलेको अर्गानिक सिमि बेचेर
स्वायबिन( भट्ट को छोक्रा) किनि खाने नेपाली!
भेडा को उन बेचेर जुट को गलैचा किन्ने नेपाली!
केमिकल हालेको क्यान जुस खाने नेपाली!
दुध बेचेर बियर पिउन पर्ने नेपाली!
लोकल रक्सि छोडेर बिदेशी बिषालु रक्सी तान्ने नेपालि!
गैरी खेत बेचेर खाडी भासिन पर्ने हामी नेपाली!
आर सि सि घर भएपनी बेचेर युरोप अमेरिका जान पर्ने नेपाली!
लैनो भैंसी बेचेर महङ्गो सेल फोन बोक्न पर्ने नेपाली !
संजाल मा आफै न्यायाधीश आफै ओकिल बन्ने नेपालि !
देश बनेन भनेर बार्हहात उफृने भेडा नेपाली !
आफ्नै नेपाली नेपाली लडेर बिदेशी हसाउने नेपाली !
आफु केहि न गर्ने अरुले के गर्दैछ भनेर चियोचर्चो गर्ने नेपाली !
एक गिलास रक्सि र २ चोक्टा मासुमा जिन्दावाद र मुर्दाबाद बन्दै घोक्रो फुटुन्जेल कराउने नेपाली !
अनि भुत्रो बन्छ देश।।🙏

तेरी 💞याद और ये साँसे एक ही है...... एक (☝) सेकंड रुका नहीं है💞।
29/06/2021

तेरी 💞याद और ये साँसे एक ही है......

एक (☝) सेकंड रुका नहीं है💞।

जब ब्राह्मणले  मिलाएका हातहरू धुने गर्थे , कहि कसै चिज वस्तु लाई छोए पछि पञ्च स्नान गर्थे।तब दुनिया ब्राह्मण लाई हेरेर ह...
16/05/2021

जब ब्राह्मणले मिलाएका हातहरू धुने गर्थे , कहि कसै चिज वस्तु लाई छोए पछि पञ्च स्नान गर्थे।तब दुनिया ब्राह्मण लाई हेरेर हास्थ्यो।
जब ब्राह्मणले आफ्ना हात र खुट्टा धोएर घरभित्र पस्थे तब संसार उनलाई देखेर हास्थ्यो।
जब ब्राह्मणहरू जनावरहरूको पूजा गरिरहेका थिए,तब विश्व तिनीहरूलाई देखेर हाँस्दै थियो।
जब ब्राह्मणहरू रूख र जंगलको पूजा गरिरहेका थिए, संसार उनीहरूलाई देखेर हाँसीरहेको थियो।
जब ब्राह्मणहरू मुख्यतया शाकाहारमा जोड दिइरहेका थिए।तब दुनिया ब्राह्मण लाई देखेर हाँस्दै थियो।
जब ब्राह्मण योग, प्राणायाम गर्दै थिए,तब संसार उनलाई देखेर हाँस्दै थियो।
जब ब्राह्मणहरू श्मशान घाट र अस्पतालबाट आएपछि नुहाएर मात्र घर भित्र पस्थे तब दुनिया अझै उनीहरूलाई देखेर हाँसीरहेको हुन्थ्यो
तर ति हाँस्नेहरु आज ब्राह्मण को अनुसरण गरिरहेका छन ।तर पनि केही मुर्खहरु ब्राह्मणवाद ब्राह्मणवाद भनेर ब्राह्मण लाई गाली गरिरहेका छन। यी मुर्ख हरु लाई कस्ले सम्झाओस ब्राह्मण एक संस्कार हो एक संस्कृति हो जीउने पद्धति हो।
सत्य बताइएको छ। ब्राह्मणको जीवन एक जीवन शैली हो। हामी यसको गहिराइमा छिर्ने बित्तिकै, गहिराई बढ्दै जान्छ, जुन कतै अन्त हुँदैन ... जय श्री राम। ।

20/01/2021

खै कसको छ साथी मोज ?
म लाखमा कमाउँछु , तिमी करोडका कुरा गर्दछौँ । म रेलमा झुन्डीएर हिड्छु तिमी पल्सार मोटरसाइकिलमा घुम्छौ । म बिहानै आँखा मिच्दै कामको लागी हिड्छु , तिमी घाम लागुन्जेल सुत्छौ। म दुई घन्टा आराम गर्छु , तिमी दुई घण्टा काम गर्छौ । म कामले लखतरान भएर कोठामा फर्किन्छु , तिमी मध्यरातमा टल्ली भएर लडवडाउँदै आफ्नै घरमा फर्कन्छौ ।तैपनि कहिलेकाही कुरा हुँदा भन्छौ तँ त जापानमा मोज गरिरहेको छस।
मेरा फ़ेसबुकमा राखेका फोटाको पछाडीको अग्ला अग्ला घर देख्छउ तर तिम्रो फ़ोटो पछाडीका अग्ला अग्ला हिमाल देख्दैनौ । म भूलिरहेको सागर देख्छौ तर तिमि रमाइरहेको झरना देख्दैनौ । मेरो वरीपरि उभिएका गोरो छाला देख्छौ तर तिमि वरीपरिका निश्चल मन देख्दैनौ ।तैपनि कहिलेकाही कुरा हुँदा भन्छौ तँ त मोज गरिरहेको छस् जापानमा ।

सोच नयाँ राख्नुस!!तर संस्कार पूरानो नै ठिक !!!
05/01/2021

सोच नयाँ राख्नुस!!
तर संस्कार पूरानो नै ठिक !!!

住所

Shinjiyuku, Tokyo

ウェブサイト

アラート

Dilli raj kharelがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する