श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान

  • Home
  • Nepal
  • Pyuthan
  • श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान

श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान “Providing educational activities and other information”

श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान को शान अनी पहिचान 💐: प्रतीक्षा केसी आज मिति २०८३/०३/२० गतेका दिन नौबह...
04/07/2026

श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान को शान अनी पहिचान 💐: प्रतीक्षा केसी

आज मिति २०८३/०३/२० गतेका दिन नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ( बहुक्षेत्रिय पोषण कार्यक्रम ) बाहने द्वारा आयोजित

✅“मानव जीवनमा पोषणको महत्त्व र आवश्यकता”

शीर्षकमा पालिका स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा हाम्रो यस श्री गावै सहभागी भई प्रथम स्थान हासिल गर्न सफल अत्यन्तै ऊर्जाशील, मेहनती र लगनशील कक्षा १० मा अध्ययनरत बहिनी प्रतिक्षा केसीलाई हार्दिक बधाई तथा शुभकामना ।

19/06/2026

जरुरी सूचना 🌧️

आदरणीय अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध,

वर्तमान वर्षे मौसम र निरन्तरको वर्षाका कारण बाटोघाटो असहज एवं जोखिमपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा हाम्रा साना नानी बाबुहरू विद्यालयबाट एक्लै घर फर्कँदा बाढी, पहिरो तथा चिप्लो बाटोका कारण दुर्घटना हुन सक्ने जोखिम रहन्छ।

तसर्थ, विद्यार्थीहरूको पूर्ण सुरक्षालाई मध्यनजर गर्दै विद्यालय छुट्टी हुने समयमा आफ्ना नानी बाबुहरू लाई सुरक्षित साथ घर लैजानका लागि आफैं विद्यालयमा उपस्थित भइदिनुहुन सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं।

नानी बाबुहरूको सुरक्षामा यहाँहरूले पुर्‍याउनुहुने सजगता र सहयोगका लागि विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ।

भवदीय,
लक्ष्मण प्रसाद शर्मा
प्रधानाध्यापक
श्री गावै मा.वि., नौवहिनी-५, गावै , प्युठान ।

11/06/2026

सिद्धबाबा सामुदायिक बिकास मंच नौबहीनी गा.पा-५ गाबै प्युठानको आर्थिक सहयोगमा बक्तित्वकला प्रतियोगिता यही मिति २०८३/०२/२९ गते शुक्रबारको दिन श्री गाबै मा .वि गावै नौबहीनी-५ गाबै प्यूठानमा संचालन हुने कुरा यसै सूचना मार्फ़त जानकारी गराइनछ।साथै सौजन्यकर्ता लगायत आफनतजनलाई उपस्थितिको लागी अनुरोध गर्दछौ 🙏।
शीर्षक: “वर्तमान अवस्थामा राष्ट्र निर्माणमा युवाको भूमिका “


गगन गिरी
अध्यक्ष

11/06/2026

सूचना ! सूचना !! सूचना !!!
२०८३/०३/०१ सोमबार देखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा( SEE) पूरक परीक्षामा सम्मिलित हुनुहुने यस गावै माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई भोलि मिति २०८३/०२/२९ गते शुक्रबारको दिन यस विद्यालयको प्रशासन शाखामा उपस्थित भई आफ्नो प्रवेशपत्र लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई परीक्षाको पूर्ण सफलताको हार्दिक शुभकामना।

पुनस्च: जेठ ३० गते शनिबार र ३१ गते आइतबार सार्वजनिक विदा परेको हुँदा उक्त दिन विद्यालय बन्द रहने हुँदा शुक्रबारको दिन अनिवार्य रूपमा आउनुहुन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
विद्यालय प्रशासन

11/06/2026

सूचना ! सूचना !! सूचना !!!
२०८३/०३/०१ सोमबार देखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा( SEE) पूरक परीक्षामा सम्मिलित हुनुहुने यस गावै माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई भोलि मिति २०८३/०२/२९ गते शुक्रबारको दिन यस विद्यालयको प्रशासन शाखामा उपस्थित भई आफ्नो प्रवेशपत्र लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई परीक्षाको पूर्ण सफलताको हार्दिक शुभकामना।

पुनस्च: जेठ ३० गते शनिबार र ३१ गते आइतबार परेको हुँदा उक्त दिन विद्यालय बन्द रहने हुँदा शुक्रबारको दिन अनिवार्य रूपमा आउनुहुन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
विद्यालय प्रशासन

हार्दिक बधाईहाम्रो यस गावै माध्यमिक विद्यालयका सहकर्मी मित्र धर्म बहादुर जिसी विद्यालयको सहायक प्रधानध्यापक जस्तो गरिमाम...
05/06/2026

हार्दिक बधाई
हाम्रो यस गावै माध्यमिक विद्यालयका सहकर्मी मित्र धर्म बहादुर जिसी विद्यालयको सहायक प्रधानध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं

SEE पुरक परिक्षाको समय तालिका
03/06/2026

SEE पुरक परिक्षाको समय तालिका

Address

Naubahini Rural Municipality/5, Gawai
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share