29/09/2025
“रेबिज बिरुद्ध जुटौ तपाई,हामी,समुदाय” भन्ने मूल नाराका साथ विश्व रेबिज दिवस २०२५ को अवसरमा यस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगंज बाँकेको प्राविधिक टोलीद्धारा सप्ताहब्यापी रुपमा बिभिन्न स्थानहरुमा गरि २८३ सामुदायिक कुकुरहरुलाई रेबिज खोप लगाइएको छ सो क्रममा २ जना प्राविधिकहरुलाई कुकुरले हातमा टोकेको छ। उहाँहरुको उपचार र पोस्ट एक्पोजर भ्यक्सिनेसन चलिरहेको छ।आफ्नो ज्यानलाई समेत जोखिममा राखि सम्पुर्ण समुदायको सुरक्षार्थ यस पवित्र कार्यमा खटिने पशु चिकित्सक,प्राविधिक लगायत अन्य सहयोगि हातहरुप्रति भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगंज बाँकेको तर्फबाट हार्दिक कृतज्ञता ब्यक्त गर्दछौँ।