15/08/2026
हाम्रो बर्दघाटस्थित कुमुदिनी स्कुल एउटा पवित्र विद्याको मन्दिर हो। कलेजमा राजनीति निषेध गर्ने तर यस विद्याको मन्दिरमा पुगेर रास्वपा सांसद विक्रम खनालज्यूले कंग्रेस-एमालेलाई गाली गर्दै राजनीतिको विष घोल्नु पक्कै पनि सुहाउने कुरा होइन।
बालबालिका भगवानका रूप र काँचो माटो हुन्। उनीहरूको कलिलो मनमा राजनीतिक द्वेष छर्नुभन्दा, "राम्रो विद्या आर्जन गर, तिम्रो कर्मभूमि यही देश हुनेछ, अब विदेशिनु पर्दैन" भनेर आशाको दीप जलाउन सकेको भए नेतृत्वको साँचो धर्म पूरा हुन्थ्यो!
माननीयज्यू, विद्यालय रूपी मन्दिरमा संस्कार र भविष्यको ज्ञान बाँडौँ, राजनीतिको होइन। 🙏🕉️