राराली

राराली I am IT professional

भन्न त पहिलाका सरकारले पनि यसै भन्ने गरेका थिए । शब्द सापटी लिएको हो कि कुर्सीमा पुगेपछि यसै भन्नुपर्ने रहेछ ?
01/09/2026

भन्न त पहिलाका सरकारले पनि यसै भन्ने गरेका थिए । शब्द सापटी लिएको हो कि कुर्सीमा पुगेपछि यसै भन्नुपर्ने रहेछ ?

25/08/2026

Illustrator

22/08/2026
विहानको creation
21/08/2026

विहानको creation

21/08/2026

सहसचिवभन्दा तल्लो तहका कर्मचारीले चढ्दै आएका ७४५ वटा चार पाँग्रे गाडी खोसेर पुलमा राखिएकोमा प्रधानमन्त्रीकै सचिवालयका खरिदार, सुब्बासहित केही मन्त्रीले आधा दर्जन सरकारी साधन प्रयोग गरिरहेको जनआस्थाले फेला पारेको छ । यसरी सरकारी नम्बर प्लेटको गाडीलाई रातो नम्बर बनाएर चढ्नेमा प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारसमेत छन् । यसअघि पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरेले चढ्दै आएको ६५३३ नम्बरको अत्याधुनिक र महँगो गाडीलाई रातो नम्बर पेल्ट ४५३४ कायम गरेर सचिवालयकै सदस्यहरूले चढिरहेको पाइएको छ ।

उता मन्त्री बन्नुअघि सुदन गुरुङ्गले सरकारी तलब–भत्ता र सुविधा नलिने घोषणा गरेकोमा अहिले आएर तीन वटा गाडी प्रयोग गरिरहेका छन् । गृह स्रोतका अनुसार, बीएए ९५१४ नम्बरको स्कोडा, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले चढ्दै आएको प्रहरी प्रधान कार्यालयका नाममा दर्ता भएको बा १ झ ६४३३ नम्बरको ल्याण्डक्रुजरदेखि निर्वाचन आयोगबाट खोसिएको बा.२ झ ४४६ नम्बरको टोयोटा ल्याण्डक्रुजरसमेत उनको सेवामा तैनाथ छ । कृषि, वन तथा पर्यावरण मन्त्री– गीता चौधरीले वन मन्त्रालयको नाममा रहेका दुई वटा, कृषि मन्त्रालयको नाममा रहेका दुई वटा र प्रकृति संरक्षण कोषको नाममा रहेका सवारी साधन आफूसँग राखेको विवरण स्रोतले उपलव्ध गराएको छ ।

प्राप्त विवरण अनुसार,राष्ट्रिय प्रकृति संरक्षण कोषको बा १ झ २९२१ नम्बरको रेनल्ट डस्टर, बागमती प्रदेश ०१–०२८ च २९३७ नम्बरको सवारीसाधनमा झण्डा हालेर गुडाइँदै आएको छ । यस्तै उनको निजी सचिवालयको प्रयोजनका लागि बा १७३८ नम्बरको गाडीसमेत दयानिधि नेपालले चलाउँदै आएको स्रोतले जनाएको छ ।

साविक कृषि मन्त्रालयको बा २ झ ३८६७ अर्थात् इम्बोस्ड नम्बर बा १–०७०६९ र बा २ झ ८२२८ अर्थात् इम्बोस्ड नम्बर बा १–०७०७४ नम्बरका दुईवटा सवारीसाधन पनि मन्त्रीको निम्ति खटाइएको छ । यता वन विभागको १२०९ नम्बरको गाडीसमेत मन्त्रीले प्रयोग गर्दै आएको खुलेको छ । एनटीएनसीको विद्युतीय गाडीसमेत उनले सिक्नका लागि प्रयोग गरिरहेको मन्त्रालय स्रोतले दावी गरेको छ । उनले सल्लाहकारदेखि निजी चालकहरूको तलबसमेत प्रकृति संरक्षण कोषबाट खुवाउँदै आएकी छन् ।

गत महिना चौधरी जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रमका लागि बैंकक जाँदा एक हजार अमेरिकी डलर बराबरको रकम कोषबाट खर्च गराइएको छ । अहिले कृषि मन्त्रालयमा वरिष्ठ सल्लाहकार छन्, सरोज बुढाथोकी । उनको चालकमा मीनबहादुर श्रेष्ठ र कार्यालय सहयोगी निसेरा मगर छन् ।

मन्त्रीका सल्लाहकार हरेक शुक्रबार विभिन्न स्थान भ्रमणमा जाने गरेका छन् । पोखरा, चितवन, घान्द्रुक, सुनसरी र जनकपुरलगायतका स्थानमा हुने यस्ता भ्रमणको खाना, बसोबास तथा अन्य खर्च प्रकृति कोषबाट व्यहोर्ने गरी मन्त्रालयबाट पत्राचार हुँदै आएको छ । निमित्त सदस्य–सचिव चिरणप्रसाद पोखरेलले सल्लाहकारको भ्रमण व्यवस्थापन गर्दै आएका छन् ।

आजको बसिबियाँलो
10/08/2026

आजको बसिबियाँलो

आजभोली सोसल मिडिया खोल्नै हुँदैन । खाली अफवाह फैलाउने कुरा, एक पाटीले अर्को पाटीलाई गाली बेइजति गरेको, समाजमा द्वेष, ईर्...
10/08/2026

आजभोली सोसल मिडिया खोल्नै हुँदैन । खाली अफवाह फैलाउने कुरा, एक पाटीले अर्को पाटीलाई गाली बेइजति गरेको, समाजमा द्वेष, ईर्ष्या, घृणा फैलाउने कुरा बाहेक केही लेख्ने नजान्ने जस्तो गरेर सोसल मिडिया प्रयोग गरेको पाइन्छ । अनि हिजोआज (विशेषा गरेर युवा वर्गहरूको भर पर्ने माध्यम बनेको) ChatGPT लाई प्रश्न गरेको यस्तो जवाफ दियो ।

24/07/2026

२०८२/११/१९ र २०८२/११/२२ को संयोजन

Address

Umakunda/4
Lalitpur
977

Alerts

Be the first to know and let us send you an email when राराली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share