05/02/2026
With support from Swiss Agency for Development and Cooperation (SDC) and in collaboration with United Ajod Insurance Ltd., PlantSat has rolled out Nepal’s first weather-based parametric heat stress insurance for spring maize—designed to deliver fast, transparent payouts when temperatures cross critical thresholds.
This marks an important step toward climate resilience, farmer confidence, and smarter agricultural risk management in Nepal. 🌱📊
🚨Product Launch Announcement🚨
बसन्ते मकैका लागि नेपालमै पहिलो सूचाकांकमा आधारित बसन्ते मकै बीमालेख!
United Ajod Insurance Limited ले Seed Innovation Pvt. Ltd. को PlantSat सँगको रणनीतिक सहकार्यमा वसन्ते मकैका लागि नेपालमै पहिलो सूचाकांकमा आधारित बसन्ते मकै बीमालेख सार्वजनिक गरेकोमा गर्व महसुस गर्दछ।
यो नवीन बीमा उत्पादनले जलवायु–उत्तरदायी कृषि बीमाको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गा स्थापना गरेको छ। तथ्याङ्कमा आधारित, झन्झट–रहित यो बीमा समाधानले बसन्ते मकै खेतीको संवेदनशील समय(Silking period)मा बढ्दो तापक्रमबाट किसानलाई सुरक्षित गर्ने लक्ष्य राखेको छ।
किन सूचाकांकमा आधारित बसन्ते मकै बीमालेख?
बसन्ते मकै खेतीको समयमा अत्यधिक तापक्रमका कारण परागसेचन नहुनु तथा दाना नलाग्ने समस्या देखिन्छ, जसले गम्भीर उत्पादन क्षति पुर्याउँछ। यो नयाँ बीमाले सोही चुनौतीलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ:
✅ तापक्रमको कारण हुने मकै उत्पादन क्षतिबाट सुरक्षा
✅ दाबीका लागि अफिस धाउन नपर्ने
✅ जल तथा मौसम विज्ञान विभाग (DHM) को तथ्यांकका स्वचालित दाबी प्रक्रिया
✅ क्षतिपूर्ति रकम सिधै किसानको बैंक खातामा जम्मा
यो बीमा नीति हाल वसन्ते मकै उत्पादनका प्रमुख ६ जिल्लामा पाइलट चरणमा लागू गरिएको छ:
📍 कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
सम्पर्क नम्बर :-
१. बाँके र बर्दिया :- ९८६४९९०२८५ /९८५८०३५८१५ /९८५८०१४४४४
२. दाङ :- ९८५७८३४०४९ /९८५७८३१६७५
३. कपिलबस्तु :- ९८४७४७११३३ /९८५७०५३५६०
४. कैलाली :- ९८४९१९७४२० /९८४४८२२३६० /९८६५७६६६६०
५. कंचनपुर :- ९८४८८३८८४४ /९८५८४८९०२५ /९८५८४२१९२८
अब नयाँ प्रविधिमार्फत बीमा गर्नुहोस् — दाबी गर्न कतै जानु पर्दैन।
थप जानकारीका लागि:
📍 CTC Mall (७औँ तला), सुन्धारा, काठमाडौं
📧 [email protected]
📞 १६६०-०१-८६४९६ (NTC) | ९७७-१-५११११११/२
Tags: