No Nepal Banda

No Nepal Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from No Nepal Banda, Information Technology Company, Samakhusi, Kathmandu.

घरमा श्रीमती उता हस्पिटलकि नर्सलाई ससुराली बाट लुकिलुकी मेसेज
25/04/2026

घरमा श्रीमती उता हस्पिटलकि नर्सलाई ससुराली बाट लुकिलुकी मेसेज

साथीहरु फोहोरी राजनिती नगर्नु !!! हामीले भनी सकिसकेको छौ !!! दार्चुलामा २ वटा पुल निर्माण हुन्छ !!!१ • नेपाल- नेपाल काठे...
10/04/2026

साथीहरु फोहोरी राजनिती नगर्नु !!! हामीले भनी सकिसकेको छौ !!! दार्चुलामा २ वटा पुल निर्माण हुन्छ !!!
१ • नेपाल- नेपाल काठेदुम्लिङमा हो हाल निर्माण भैई रहेको छ (घट्टे खोला भनेर भ्रम छरेको छन त्यो गलत छ )
२ • नेपाल- भारत सिमाना तल्लो दुम्लिङ !!!
जनताको आवस्यकता हो जुन हामी बनाउछौ !!! जो बोल्छौ त्यो गर्छौ !!! Harka Sampang एक ईतिहास हो !!!

09/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रममन्त्री दिपक शाहलाई हटाउन सिफारिस गरेकोछ।

नयाँ अभ्यास, मर्यादित कूटनीतिः प्रधानमन्त्री बालेन शाहले पद सम्हालेको १० दिनमै कूटनीतिमा फरक स्टेप लिएर आज नेपालस्थित वि...
08/04/2026

नयाँ अभ्यास, मर्यादित कूटनीतिः प्रधानमन्त्री बालेन शाहले पद सम्हालेको १० दिनमै कूटनीतिमा फरक स्टेप लिएर आज नेपालस्थित विभिन्न देशका राजदूतहरूलाई एकैपटक भेट्ने कार्यक्रम राखेका छन्। यसअघि नयाँ प्रधानमन्त्रीसँग राजदूतहरूले पालैपालो छुट्टाछुट्टै भेट्ने चलन थियो तर बालेनले सुरुवातमै सबैलाई सँगै राखेर संवाद गर्ने निर्णय लिँदै पुरानो प्रथा तोडेका छन्।

अबदेखि एउटै विद्यालयमा एकपटक भर्ना भएर अर्का कक्षामा जाँदा पटक-पटक भर्ना शुल्क लिन नपाइने भएको छ । शिक्षा, विज्ञान तथा प...
08/04/2026

अबदेखि एउटै विद्यालयमा एकपटक भर्ना भएर अर्का कक्षामा जाँदा पटक-पटक भर्ना शुल्क लिन नपाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक निर्देशनात्मक सूचना जारी गर्दै यस्तो जनाएको हो । एउटै विद्यालयमा एक पटक भर्ना भइसकेपछि पनि पटक-पटक भर्ना शुल्क लिइएको गुनासो आएपछि त्यस्तो नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।

अबदेखि एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने भएको छ ।
त्यस्तै, मन्त्रालयले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न र भर्ना बापत अग्रिम शुल्क असुली नगर्न पनि निर्देशन दिएको छ ।

यता कतिपय विद्यालयहरुले तोकिएको भन्दा बढी शुल्क लिने गरेको, तोकिएको शीर्षकमा भन्दा फरक शीर्षकमा शुल्क लिएको गुनासो आएको भन्दै त्यस्तो कार्य नगर्न पनि भनेको छ । यदि शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्ने, नियमविपरीत शुल्क लिने तथा कानूनी प्रावधान बाहेक हुने गरी अग्रिम शुल्क लिइएको भए तत्काल फिर्ता गर्न र सो को अनुगमन गरी अटेर गर्ने विद्यालयलाई कारवाही गर्न सम्पूर्ण स्थानीय तहलाई पचात्रार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । अब अति कडाई गर्न भनिएकाे छ ।

गत १० दिनमा १ लाख ८५ हजार वटा Driving License Print भएको छ।  Source: Security Printing Center, Nepal
08/04/2026

गत १० दिनमा १ लाख ८५ हजार वटा Driving License Print भएको छ।

Source: Security Printing Center, Nepal

बालेन शाहले प्रधानमन्त्रीको सपथ लिँदै गर्दा रवि लामिछानेप्रति भावुक सम्मानआज बालेन शाहले प्रधानमन्त्रीको सपथ ग्रहण गर्दै...
31/03/2026

बालेन शाहले प्रधानमन्त्रीको सपथ लिँदै गर्दा रवि लामिछानेप्रति भावुक सम्मान

आज बालेन शाहले प्रधानमन्त्रीको सपथ ग्रहण गर्दै गर्दा त्यागी नेता रवि लामिछानेप्रति सम्मान व्यक्त गरिएको छ।

आजको राजनीतिक मोडमा आइपुग्दा मन भारी र गर्वले भरिएको बताउँदै लेखिएको छ — आफ्नो व्यक्तिगत सुख, आराम र स्थापित करिअरलाई त्यागेर देशका लागि समर्पित रवि लामिछानेको संघर्ष कुनै कथा भन्दा कम छैन। “एउटा मान्छेले कति पटक आफूलाई खरानी बनाएर फेरि देशकै लागि बिउँताउनु पर्ने हो?” भन्ने प्रश्नसहित उनको त्याग र निरन्तरको लडाइँले नयाँ पुस्तामा आशाको दियो बालेको उल्लेख छ।

त्योभन्दा महान् दृश्य त तब देखिएको बताइएको छ, जब रवि लामिछानेले आफ्ना व्यक्तिगत महत्त्वाकांक्षालाई त्यागेर बालेन शाह जस्ता सक्षम युवालाई दलको नेतादेखि देशको प्रधानमन्त्री बन्ने मार्गसम्म पुर्‍याउने अठोट लिए।

“यो कदम सामान्य होइन! यो कुर्सीको मोहमा फसेकाहरूका लागि ठूलो झापड हो र परिवर्तन चाहनेहरूका लागि बलियो भरोसा हो। पदभन्दा माथि उठेर देशको भविष्य हेर्नेलाई नै वास्तविक ‘राजनेता’ भनिन्छ,” भनिएको छ।

एउटा त्यागी नेताले अर्को भिजनरी नेतालाई काँध थाप्दै गर्दा देशले साँच्चै कोल्टे फेर्दै गरेको महसुस भएको उल्लेख छ। “हाम्रा छोराछोरीले फर्किएर हेर्दा भन्नेछन्, ‘हो, त्यो बेला केही पागलहरूले आफ्नो स्वार्थ त्यागेर हाम्रो भविष्यका लागि बाटो बनाएका थिए,’” भन्ने भावना व्यक्त गरिएको छ।

यो केवल दुई व्यक्तिको सहकार्य नभई करोडौं नेपालीको सपनाको रक्षा भएको धारणा राखिएको छ।

जय देश, जय नेपाल! जय रबि! जय बालेन 🇳🇵
- दुक मल्ल

जब 'वर्दी' भित्रको मान्छे रोयो, अनि 'सत्ता'ले ताली बजायोसमय: दिउँसोको ठीक १ बजे।स्थान: नेपाल प्रहरी प्रधान कार्यालय, नक्...
31/03/2026

जब 'वर्दी' भित्रको मान्छे रोयो, अनि 'सत्ता'ले ताली बजायो
समय: दिउँसोको ठीक १ बजे।

स्थान: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल।

बाहिर घाम चर्को थियो, तर भित्र वातावरणमा एउटा बेग्लै भारीपन थियो। जब गृहमन्त्री सुधन गुरुङको गाडी मुख्यालय छिर्यो, औपचारिकताका सलामीहरू त सधैँझैँ ठोक्किए, तर आजको एजेन्डा केवल 'निरीक्षण'मा मात्र सीमित थिएन।

विगतको ऐना र भविष्यको बाचा

अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्मको फन्को मारेपछि मन्त्री गुरुङ जब मञ्चमा उक्लिए, उनले मन्त्री भएर होइन, एउटा भुइँमान्छे भएर बोले। उनले ती दिनहरू सम्झिए, जहाँ एउटा प्रहरी जवानले चिउरा र चाउचाउको भरमा रातभर पहरा दिनुपर्छ।

"अब प्रहरीले आदेश होइन, स्वाभिमान पालना गर्नेछ," मन्त्रीको स्वरमा दृढता थियो। "मेरो पार्टीको मान्छेले गल्ती गरे पनि नछोड्नुस्, मेरो ढोका तल्ला तहका जवानका लागि सधैँ खुल्ला छ।"

उनले थपे— प्रहरी अब केवल 'लाठी' बोक्ने यन्त्र होइन, संकटमा 'एम्बुलेन्स' र मुस्कानसहितको सेवा दिने नागरिकको 'मामा-भान्जा' जस्तो आत्मीय साथी बन्नुपर्छ।

त्यो एउटा 'ब्रेकिङ प्वाइन्ट'

तर, माहोल तब बदलियो जब आइजीपी दानबहादुर कार्की पोडियममा उभिए। तथ्याङ्क र कार्ययोजना सुनाउँदा सुनाउँदै उनी अचानक एउटा यस्तो विन्दुमा पुगे, जहाँ संगठनको प्रमुख हुनुको अहम् पग्लिएर एउटा अभिभावकको चिन्ता प्रकट भयो।

प्रहरीहरूले बीचमै जागिर छोडेर जाने लर्को, १६ वर्षे पेन्सनको माग र थकित अनुहारहरूको फेहरिस्त सुनाउँदा सुनाउँदै आइजीपीको गला अवरुद्ध भयो।

"मैले मेरो पुलिसलाई टिकाउन सकिनँ..." यी शब्दहरू बाहिर निस्कनासाथ आइजीपी स्तब्ध भए। हलमा सन्नाटा छायो। वर्दीभित्र लुकेको एउटा मान्छेका आँखा रसाएको देख्दा त्यहाँ उपस्थित उच्च अधिकृतहरू समेत निसब्द बने।

सन्नाटा चिर्ने त्यो ताली

ठीक त्यही बेला, प्रोटोकल र औपचारिकताको घेरा तोड्दै गृहमन्त्री गुरुङ आफ्नो सिटबाट जुरुक्क उठे। उनले मुठ्ठी कसेर ताली बजाउन सुरु गरे।

त्यो ताली आइजीपीको कमजोरीका लागि थिएन, बरु उनको इमानदार स्वीकारोक्ति र पीडाप्रतिको ऐक्यवद्धता थियो। मन्त्रीले हलतिर हेर्दै संकेत गरे— "उठ्नुस्, समर्थन गर्नुस्!"

हेर्दाहेर्दै पुरै हल तालीको गडगडाहटले गुञ्जियो। यो सायद नेपाल प्रहरीको इतिहासमै एउटा यस्तो क्षण थियो, जहाँ 'कमान्डर' रोइरहेको थियो र 'सरकार'ले उसलाई काँध थामेर हौसला दिइरहेको थियो।

तर, ताली रोकिएपछिको त्यो गहिरो सन्नाटा...
त्यो सन्नाटाले एउटै प्रश्न सोधिरहेको थियो: के अब साँच्चै प्रहरीको दिन फिर्लान् त?
Nepal Police

प्रेरक व्यक्तित्व : आज हामीले नेपालमा ठूला व्यक्ति जेल परे, भ्रष्टाचारका फाइलहरू खुल्न थाले, विधिको साशन स्थापित हुन लग्...
30/03/2026

प्रेरक व्यक्तित्व : आज हामीले नेपालमा ठूला व्यक्ति जेल परे, भ्रष्टाचारका फाइलहरू खुल्न थाले, विधिको साशन स्थापित हुन लग्यो भनेर वाहवही गर्दै गर्दा त्यसको पछाडी सरकारलाई सघाउन दह्रो हिम्मतका साथ उभिएका व्यक्ति हुन् आइजीपी दान बहादुर कार्की ।

ताज महलमा दुइ थरी ढुंगा हुन्छन, एक थरी बाहिर सजाइएका संगमर्मरले बनेका टल्कने ढुंगा हुन्छन् तर भित्र भने अर्कै कडा चट्टानले बनेको ढुंगा भएझैं मानिसले बाहिरी आवरणमा हेर्दा टल्कने ढुंगा देख्छ, त्यसैको प्रशंसा र वाहवाही गर्छ, फोटो खिच्छ । तर ताज महललाई अड्याउने र कहिल्यै लड्न नदिने काम भने त्यही चट्टानले गर्छ । आइजीपी दान बहादुर कार्की बर्तमान बालेन साह नेतृत्वको बलियो पिल्लर हुन् ।

गृहमन्त्री उपस्थित एउटा कार्यक्रममा बोल्दै गर्दा दान बहादुर कार्कीका बररर आँसु खसे, त्यो देखेर सुदन गुरुङले मुठ्ठी कसे र कार्कीको हिम्मत र सम्मानको लागि तालि बजाए। कठिन संघर्षका वावजूद आज यो स्थानसम्म आइपुगेका आइजीपी दान बहादुर कार्कीको आँट र हिम्मतप्रति उच्च सम्मान !! ❤️🙏💐✍️

30/03/2026

Address

Samakhusi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when No Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share