छत्तिवनगैरा सामुदायिक स्वस्थ्य इकाइ, घ्याल्चोक -०७

  • Home
  • छत्तिवनगैरा सामुदायिक स्वस्थ्य इकाइ, घ्याल्चोक -०७

छत्तिवनगैरा सामुदायिक स्वस्थ्य इकाइ, घ्याल्चोक -०७ vlog,Entairtainment vlog, short video,foto

06/08/2026
30/06/2026
छत्तिवनगैरा सामुदायिक स्वास्थ्य एकाइ  को आयोजना तथा तारा नमस्ते फाउन्डेसन संस्था को सहयोगमा गर्भवती  आमालाई पोषण नाङ्लो ...
11/06/2026

छत्तिवनगैरा सामुदायिक स्वास्थ्य एकाइ को आयोजना तथा तारा नमस्ते फाउन्डेसन संस्था को सहयोगमा गर्भवती आमालाई पोषण नाङ्लो कार्यक्रममा सन्तुलित आहार, हरेक बार खाना चार, आइरन–क्याल्सियम सेवन, स्तनपान, सरसफाइ तथा नियमित स्वास्थ्य जाँचको महत्वबारे जानकारी साथै स्थानीय पोषणयुक्त खाद्य सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै कार्यक्रम सन्चालन गरियो । कार्यक्रमले आमा र शिशुको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्‍याउने अपेक्षा गरेको छु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

Tara Namaste Foundation संस्था को सहयोग तथा छत्तीवनगैरा सामुदायिक स्वास्थ्य एकाइ को आयोजनामा सुनौलो हजार दिनका आमाहरूलाई...
22/05/2026

Tara Namaste Foundation संस्था को सहयोग तथा छत्तीवनगैरा सामुदायिक स्वास्थ्य एकाइ को आयोजनामा सुनौलो हजार दिनका आमाहरूलाई घरमै गएर पोषणयुक्त सामग्री वितरण गर्दै “पोषण नङ्गलो कार्यक्रम” सफलतापूर्वक सञ्चालन गरियो। कार्यक्रममा गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषणको महत्व, सन्तुलित आहार, स्तनपान, नियमित खोप,बालभिटाको महत्त्व तथा नियमित स्वास्थ्य जाँच सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो।🙏🙏

आज मिति २०८३-०१-२४ गतेका दिन “हरेक बार खाना चार” भन्ने नारालाई आत्मसात गर्दै तारा नमस्ते फाउन्डेसन संस्था को सहयोग तथा छ...
07/05/2026

आज मिति २०८३-०१-२४ गतेका दिन “हरेक बार खाना चार” भन्ने नारालाई आत्मसात गर्दै तारा नमस्ते फाउन्डेसन संस्था को सहयोग तथा छत्तिवनगैरा सामुदायिक स्वास्थ्य इकाइको आयोजनामा सुत्केरीआमा लाई पोषण, स्तनपान, नियमित खोप तथा विभिन्न स्वास्थ्य सम्बन्धी विषयहरूमा छलफल गर्दै “पोषण नाङ्लो” कार्यक्रम सफलतापूर्वक सञ्चालन गरियो। धन्यवाद 🙏

हरेक बार खाना चार सम्बन्धि जानकारी.
07/05/2026

हरेक बार खाना चार सम्बन्धि जानकारी.

“मिति २०८३/०१/२२ गते छतिवोंगैरा सामुदायिक स्वास्थ्य एकाइ, घ्याल्चोक–०७ मा राष्ट्रिय पोषण लेखाजोखा अभियान २०८३ अन्तर्गत ६...
06/05/2026

“मिति २०८३/०१/२२ गते छतिवोंगैरा सामुदायिक स्वास्थ्य एकाइ, घ्याल्चोक–०७ मा राष्ट्रिय पोषण लेखाजोखा अभियान २०८३ अन्तर्गत ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरूको पोषण अवस्था लेखाजोखा गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरियो । यस अभियानले बालबालिकाको स्वास्थ्य सुधार तथा कुपोषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

आज मिति २०८२–१२–२७ गतेका दिन तारा नमस्ते फाउन्डेसनसंस्था को  आयोजना तथा छत्तिवगैरा सामुदायिक स्वास्थ्य एकाइसँगको सहकार्य...
10/04/2026

आज मिति २०८२–१२–२७ गतेका दिन तारा नमस्ते फाउन्डेसनसंस्था को आयोजना तथा छत्तिवगैरा सामुदायिक स्वास्थ्य एकाइसँगको सहकार्यमा “पोषण नाङ्लो” कार्यक्रम गर्भवती महिलाको घरदैलोमा पुगेर प्रभावकारी रूपमा सञ्चालन गरियो।
यस कार्यक्रममार्फत सुनौलो हजार दिनका आमाहरूलाई सन्तुलित तथा पोषणयुक्त आहारको आवश्यकता, दैनिक भोजनमा समावेश गर्नुपर्ने खाद्य समूहहरू (जस्तै: अन्न, दाल, सागसब्जी, फलफूल, दूध तथा मासुजन्य पदार्थ)पोषणयुक्त सामग्रीहरू प्रदान गर्दै व्यवहारिक रूपमा “पोषण नाङ्लो” तयार गरी देखाइयो, जसले गर्दा उनीहरूले आफ्नै घरमा सजिलै पोषणयुक्त खाना बनाउन नियमित गर्ने साथै, गर्भावस्थामा आमाको स्वास्थ्य राम्रो राख्न व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, सुरक्षित पानीको प्रयोग तथा नियमित स्वास्थ्य जाँचको महत्त्वबारे जानकरी गराइयो,
कार्यक्रम सञ्चालनका क्रममा गर्भवती साथै, सहभागीहरूसँग कार्यक्रम कत्तिको सहज, उपयोगी र प्रभावकारी भयो भन्ने विषयमा प्रतिक्रिया सङ्कलन गरिँदा अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त पनि भयो ।
अन्त्यमा, यो कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्बन्धित संस्थालाई र कोरडिनेटर सर राजन पुडासैनी सरलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
कार्यक्रम संचालनगर्दा को केही तस्वीरहरु..

आज मिति २०८२–१२–२३ गते तारा नमस्ते फाउन्डेसन संस्थाद्वारा गण्डकी गाउँपालिका वडा नं. ०७ मा अवस्थित छत्तिवनगैरा सामुदायिक ...
06/04/2026

आज मिति २०८२–१२–२३ गते तारा नमस्ते फाउन्डेसन संस्थाद्वारा गण्डकी गाउँपालिका वडा नं. ०७ मा अवस्थित छत्तिवनगैरा सामुदायिक स्वास्थ्य एकाइमा यहाँको चेपाङ समुदायको आर्थिक अवस्था मूल्याङ्कन गर्दै थप सेवा–सुविधा उपलब्ध गराउने उद्देश्यले गर्भधारण जाँच (UPT kit) निःशुल्क रूपमा यस स्वास्थ्य एकाइलाई हस्तान्तरण गरिएको छ।
तारा नमस्ते फाउन्डेसन संस्था लगायत यस कार्यक्रमका कोअर्डिनेटर राजन पुडासैनी सरलाई व्यक्तिगत तथा यस सामुदायिक स्वास्थ्य एकाइको तर्फबाट हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु।
साथै, यस्ता सहयोगहरू आगामी दिनहरूमा पनि निरन्तर प्राप्त हुने अपेक्षा राख्दछु।

Address


Website

Alerts

Be the first to know and let us send you an email when छत्तिवनगैरा सामुदायिक स्वस्थ्य इकाइ, घ्याल्चोक -०७ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share