Data Home Nepal

Data Home Nepal उपलब्ध डेटा र अनुभवबाट के सम्भव छ, के सम्भव छैन भन्ने कुरोको जानकारी दिने रहर हो हाम्रो ! We aim to provide data insight on various topics.

अचार व्यवसाय कम लगानी, घरमै बसेर गर्न सकिने र उच्च आम्दानी दिन सक्ने एक सम्भावनायुक्त क्षेत्र हो। स्वदेशी कच्चा पदार्थको...
18/08/2026

अचार व्यवसाय कम लगानी, घरमै बसेर गर्न सकिने र उच्च आम्दानी दिन सक्ने एक सम्भावनायुक्त क्षेत्र हो। स्वदेशी कच्चा पदार्थको प्रयोग र सही प्याकेजिङ गर्न सकेमा यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै निर्यातको ढोका समेत खोल्छ। डेटा हेर्नुहोस्, निर्णय लिनुहोस् ! यस्तै उपयोगी तथ्याङ्क र व्यावसायिक जानकारीका लागि हामीलाई फलो गर्नुहोस् र आफ्ना साथीहरूलाई शेयर गर्नुहोस् !!!

फापर  केवल पहाडी अन्न मात्र होइन, करोडौँको व्यापारिक Goldmines !!! 👉️ ​के तपाईंलाई थाहा छ ? नेपालमा उत्पादन हुने फापरको ...
16/08/2026

फापर केवल पहाडी अन्न मात्र होइन, करोडौँको व्यापारिक Goldmines !!!
👉️ ​के तपाईंलाई थाहा छ ? नेपालमा उत्पादन हुने फापरको माग यति धेरै छ कि हामीले वार्षिक ३२ लाख किलोभन्दा बढी फापर आयात गरिरहेका छौँ ! तर यही आयात भित्र नै लुकेको छ नेपाली उद्यमीहरूका लागि अर्बौँको व्यापारिक अवसर।​भन्सार विभागको तथ्याङ्क र बजारको अवस्था हेर्दा, कृषि व्यवसायमा फापर नयाँ क्रान्तिको ढोका बन्न सक्छ।
​👉️ डाटाले देखाएका ३ ठूला र रोचक तथ्यहरू ५ देखि १० गुणासम्म मूल्य अभिवृद्धि :
कच्चा फापर रु २०० देखि ३०० प्रति किलोमा बेच्नुको सट्टा यसलाई पीठो, बिस्कुट वा कुकिज, ग्लुटेन फ्री नूडल्स, प्यानकेक मिक्स, वा ब्रेड बनाएर बेच्दा यसको मूल्य सोझै ५ देखि १० गुणासम्म बढाउन सकिन्छ !!!
​👉️ बजारमा माग उच्च ग्राहक घरमै आउँछन् !!! इलामका कृषकको अनुभव अनुसार ५० किलो बीउबाट ६ क्विन्टल फापर उत्पादन हुँदा माग धान्नै गाह्रो भयो र ग्राहक घरमै खरिद गर्न आए ! नेपालबाट ११ लाख किलो फापर भारत, UK, UAE, र अमेरिकाजस्ता देशमा निर्यात भइरहेको छ। Himalayan Gluten Free ब्रान्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा प्रिमियम मूल्य पाउन सकिने ठूलो सम्भावना छ।
​👉️ क्षेत्रफल घट्यो, तर उत्पादकता बढ्यो ! नेपालमा फापरको उत्पादकता १.१३ बाट बढेर १.३२ टन प्रति हेक्टर पुगेको छ। आधुनिक प्रविधि र राम्रो बीउ प्रयोग गर्दा थोरै जमिनबाट पनि उच्च प्रतिफल लिन सकिन्छ।
​ किसान र उद्यमीहरूका लागि रणनीति
👉️ ​किसानका लागि : उच्च गुणस्तरीय बीउ प्रयोग गर्ने, सहकारीमा आबद्ध भई सामूहिक बिक्री गर्ने।
👉️ ​उद्यमीका लागि : प्रशोधन , आकर्षक प्याकेजिङ, र स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डिङ गरी आयात प्रतिस्थापन गर्ने। नेपालमा फापर उत्पादन हुन्छ, तर आयात पनि हुन्छ यो नै व्यवसायको ढोका हो! ​नेपालका यस्तै लुकेका बजार, आर्थिक तथ्याङ्क, आयात निर्यातका अवसर र व्यापारिक रणनीतिहरू तथ्यांकको नजरबाट बुझ्न चाहनुहुन्छ ?
​👉 अहिले नै Search गरी हेर्नुहोस www.datahomenepal.org नेपालको तथ्याङ्क र नयाँ व्यावसायिक सम्भावनाहरू बुझ्ने भरपर्दो माध्यम!

हात्तीको गोबरबाट कागज Elephant Dung Paper तथ्यांक हेराै आर्थिक आम्दानीको सम्भावना हरु केलाउनु हाेस्।👉️ ​कच्चा पदार्थको उ...
15/08/2026

हात्तीको गोबरबाट कागज Elephant Dung Paper तथ्यांक हेराै आर्थिक आम्दानीको सम्भावना हरु केलाउनु हाेस्।
👉️ ​कच्चा पदार्थको उपलब्धता : नेपालमा रहेका १०६ वटा हात्तीबाट (मुख्य गरी चितवनमा ५८ वटा) दैनिक १०/१५ टन गोबर प्राप्त हुन्छ। ५० किलो गोबरबाट १२५ पाना गुणस्तरीय कागज उत्पादन गर्न सकिन्छ।
👉️ ​लगानी र बजार सम्भावना : सानो स्तरमा १ वटा हात्तीको गोबर प्रयोग गरी दैनिक ५० पाना कागज बनाउन रु ३७,००० देखि ५४,००० लगानी आवश्यक पर्छ।
👉️ ​प्रिमियम र निर्यात बजार : सामान्य कागज रु २ देखि ५ मा बिक्री हुने भए पनि हात्तीको गोबरबाट बनेका डायरी, नोटबुक र गिफ्ट बक्सहरू रु ५०० देखि १५०० ($५–$१५) सम्ममा अमेरिका, युरोप र जापान जस्ता देशमा निर्यात गर्न सकिन्छ।

भर्मीकम्पोष्ट मल Vermicompost Dung Waste👉️ ​समस्याबाट समाधान : बर्दियामा ७०० भन्दा बढी छाडा गाईगोरुबाट दैनिक ७–१० टन गोब...
14/08/2026

भर्मीकम्पोष्ट मल Vermicompost Dung Waste
👉️ ​समस्याबाट समाधान : बर्दियामा ७०० भन्दा बढी छाडा गाईगोरुबाट दैनिक ७–१० टन गोबर उत्पादन हुन्छ। यसलाई फोहोरको रूपमा फाल्नुको साटो भर्मीकम्पोष्ट मल बनाएर किसानहरूको मल अभाव सम्बोधन गर्न सकिन्छ।
👉️ ​माटोको संकट : नेपालको मधेशमा माटोको जैविक पदार्थ १.९४% र पहाडमा २.५९% मात्र छ, जबकि आदर्श मात्रा ५% हुनुपर्छ। यसले गर्दा अर्गानिक मलको बजारमा अत्यधिक माग छ।
👉️ ​कमाई र विस्तार: १ बेड तयार गर्न रु ३०,००० सम्म खर्च हुन्छ। दाङमा रु २.५ करोड र बाँकेमा रु २० देखि २५ लाखसम्मको वार्षिक कारोबार भएका सफल उदाहरण छन्।

केराको रेसा Banana Fiber Industry सम्भावना तथ्यांक अनुरुप केलाउनु हाेस् ।👉️ ​वैदेशिक रोजगारीको विकल्प : १६ वर्ष खाडीमा ब...
13/08/2026

केराको रेसा Banana Fiber Industry सम्भावना तथ्यांक अनुरुप केलाउनु हाेस् ।
👉️ ​वैदेशिक रोजगारीको विकल्प : १६ वर्ष खाडीमा बिताएका रामकुमार दाहालले गाउँमै रु ३ लाखको मेसिन लगानी गरी केराको थम्बाबाट रेसा निकाल्ने उद्योग सुरु गरे। यसबाट उनले रु २.५५ लाखको कारोबार गर्दै मासिक रु ४०,०००–४५,००० आम्दानी गरिरहेका छन्।
👉️ ​उत्पादन सम्भावना : केराको एउटा बोटबाट ०.५ देखि १.५ किलो फाइबर वा २५ पाना कागज वा १५ वटा टोपी/सामान बनाउन सकिन्छ।
👉️ ​मूल्य अभिवृद्धि Value Addition : कच्चा फाइबर रु १५०/किलोमा बिक्री हुन्छ। तर, त्यसलाई धागो रु ३०० देखि ३५०/मिटर वा तयारी सामान टोपी, झोला, म्याट हरुमा परिणत गर्दा मूल्य १० देखि २० गुणासम्म बढ्छ।
👉️ ​व्यावसायिक प्रयोग : कपडा, नेपाली कागज, हस्तकलाका सामान, र स्यानिटरी प्याड दैविक ३,५०० देखि ४,००० उत्पादन क्षमता निर्माणमा यसको उच्च माग छ।

NATTA ले आगामी दिनमा तथ्यांकमा आधारित पर्यटन रणनीति बनाउन सके नेपालको पर्यटन विकास अझ प्रभावकारी बनाउन सक्छ। पर्यटकको दे...
12/08/2026

NATTA ले आगामी दिनमा तथ्यांकमा आधारित पर्यटन रणनीति बनाउन सके नेपालको पर्यटन विकास अझ प्रभावकारी बनाउन सक्छ। पर्यटकको देश, गन्तव्य, सिजन, खर्च, माग र पर्यटन प्रवृत्तिको डेटा हेरेर सही बजार पहिचान, नयाँ पर्यटन उत्पादन विकास, प्रभावकारी प्रचार तथा सरकारसँग नीतिगत पहल गर्न सकिन्छ। Data हेर्ने, तथ्य बुझ्ने र त्यही आधारमा रणनीति बनाउने नेतृत्व नै अबको आवश्यकता हो। 🇳🇵📊

Nepal’s tourism industry is showing positive movement in 2026, but increasing tourist arrivals alone is not enough to make the country more competitive in the

अंक र अनुभव दुवैले भन्छ - 👉 नेपालले अदुवा आयात पनि गर्छ, निर्यात पनि गर्छ l 👉 आयात र निर्यातको यो कथाले अदुवाको बजार नेप...
11/08/2026

अंक र अनुभव दुवैले भन्छ -
👉 नेपालले अदुवा आयात पनि गर्छ, निर्यात पनि गर्छ l
👉 आयात र निर्यातको यो कथाले अदुवाको बजार नेपालमा पनि छ र विदेशमा पनि छ भन्ने जानकारी दिन्छ l
👉 प्रश्न रह्यो, अदुवालाई यत्तिकै बेच्ने वा यसको मूल्य-अभिवृद्धि गराउने l

यी सब जानकारीको लागि अदुवासंग सम्बन्धित ब्लग हेर्नुहोस् l

अंक र अनुभव दुवैले भन्छ - डाले चुकमा प्रशस्त सम्भावना छ l सम्भावनाको यो पाटोको बारेमा डाले चुकको ब्लग हेर्नुहोस् l
10/08/2026

अंक र अनुभव दुवैले भन्छ - डाले चुकमा प्रशस्त सम्भावना छ l सम्भावनाको यो पाटोको बारेमा डाले चुकको ब्लग हेर्नुहोस् l

अंकले भन्छ👉 कच्चा गाजर (रु ४५) → पाउडर (रु २,८६०) — ६,३५५% मूल्य अभिवृद्धि👉 नेपाली अचार निर्यात रु २१ करोड — १३ देशमा, ९...
06/08/2026

अंकले भन्छ
👉 कच्चा गाजर (रु ४५) → पाउडर (रु २,८६०) — ६,३५५% मूल्य अभिवृद्धि
👉 नेपाली अचार निर्यात रु २१ करोड — १३ देशमा, ९०% निर्यात
👉 भर्मीकम्पोस्ट — दाङमा वार्षिक रु २.५ करोड कारोबार, माग धान्न नसक्ने

अनुभवले भन्छ
👉 घरको कोठाबाट सुरु भएको 'चाइचाइ' आज ब्रान्ड बन्यो — लप्सी चकलेटको ठूलो सम्भावना
👉 मकालु फुड्सले हुम्लाको डाले चुक लाई प्रिमियम जुस बनायो — हिमाली उत्पादनको बजार
👉 कर्णबहादुर ओली (दाङ): "माग धेरै छ, तर उत्पादन कम" — यो नै व्यवसायको ढोका हो

यी सबै सम्भावनाहरु हाम्रै देशमा छन् l कतै हामीले खोज्न पो नजानेको हो कि ?

अंक र अनुभव दुवैले भन्छ - 👉 युरिया मललाई अन्य मलले पूर्ण रुपमा प्रतिस्थापन गर्न गाह्रो छ l 👉 यसो भनिरहंदा, सम्भव नै छैन ...
05/08/2026

अंक र अनुभव दुवैले भन्छ -

👉 युरिया मललाई अन्य मलले पूर्ण रुपमा प्रतिस्थापन गर्न गाह्रो छ l
👉 यसो भनिरहंदा, सम्भव नै छैन भन्ने कुरो चाही होइन l
👉 गर्नेले यहि मलबाट मनग्गे आम्दानी गरेका छन् l
👉 नगर्नेले बहाना बनाउने मात्र हुन् l

गड्यौला मलसंग सम्बन्धित जानकारीको लागि हाम्रो पेजमा गएर गड्यौला मलको पोस्ट हेर्नुहोस् l

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Data Home Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Data Home Nepal:

Shortcuts

Share