वैदेशिक रोजगार - Baideshik Rojgar

वैदेशिक रोजगार - Baideshik Rojgar सत्य तथ्य र भरपर्दो सूचनाको लागि...
(7)

स्वागत छ हाम्रो पेजमा ! यो पेज Baideshik Rojgar App को आधिकारिक पेज हो । यो पेजमा आउने हरेक सूचना सत्य, तथ्य र विश्वसनीय हुनेछ ।
हामी नेपालबाट वैदेशिक रोजगारमा जान चाहने र बिभिन्न देशमा रोजगारी गरिरहेका लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई विश्वसनीय, सटिक, र उपयोगी सूचना प्रदान गर्दैछौं । हाम्रो मुख्य उद्देश्य वैदेशिक रोजगारीको अवसर खोजिरहेका नेपालीहरुलाई आवश्यक जानकारी, सुझाव, र मार्गदर्शन उ

पलब्ध गराउनु हो, जसले उनीहरूको यात्रा सुरक्षित, सहज र सफल बनोस्।
हामी तपाईलाई वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण जानकारी, रोजगारीको अवसर, भिसा प्रक्रिया, सुरक्षा उपाय र अन्य आवश्यक जानकारीहरूको बारेमा निरन्तर अपडेट दिनेछौं । साथै, विदेशमा कार्यरत नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्याहरू बुझ्न र समाधान गर्न समेत प्रयास गर्दछौं ।
हाम्रो पेज मार्फत तपाईले निम्न सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ:
१. नयाँ रोजगारका अवसरहरू: विभिन्न देशहरूमा उपलब्ध रोजगारीका अवसरहरूको बारेमा जानकारी दिनेछौं ।
२. भिसा र कागजी प्रक्रिया: वैदेशिक रोजगारका लागि आवश्यक कागजी प्रक्रिया र भिसा सम्बन्धी जानकारी दिने कोसिस गर्नेछौं ।
३. सुरक्षा र सचेतना: विदेशमा सुरक्षित र अधिकारसहित कार्य गर्नका लागि आवश्यक सुरक्षा उपायहरू र कानूनी सल्लाह दिनेछौं ।
४. समुदाय सहयोग: विदेशमा रहेका नेपाली समुदायसँग सञ्जाल बनाउने र समस्यामा परेका नेपाली श्रमिकहरूको सहयोग गर्ने प्रयास गर्नेछौं ।
५. ध्यानाकर्षण: वैदेशिक रोजगार सम्बन्धि बेथिति र अवैध क्रियाकलापको सम्बन्धमा नियमित सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनेछौं ।
हामी नेपाली श्रमिकहरूको अधिकार र सुरक्षाको लागि प्रतिबद्ध छौं । वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरुलाई आवश्यक सूचना प्रदान गरेर उनीहरूको भविष्यलाई उज्ज्वल बनाउन हामी सधैं तत्पर छौं ।
हाम्रो पेजलाई फलो गर्नुहोस् र विदेशमा सुरक्षित र सफल जीवनयात्राको लागि आवश्यक सबै जानकारीहरू नियमित पाउनुहोस् ।

श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगार ऐनको तेस्रो संशोधन विधेयक सुझावका लागि सार्वजनिक, एजेन्टलाई १२ वर्षसम्म कैद प्रस्त...
08/08/2026

श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगार ऐनको तेस्रो संशोधन विधेयक सुझावका लागि सार्वजनिक, एजेन्टलाई १२ वर्षसम्म कैद प्रस्ताव
( https://sajhasabal.com/employment/295628/ )

07/08/2026

आजदेखि म्यानपावर व्यवसायीहरुले सरकारी सेवा नलिने ! आगामी भदौ १ देखि वैदेशिक रोजगारमा कामदार नउडाउने !! म्यानपावर बन्द गरेर साचो र सक्कल इजाजतपत्र सरकारलाईइ बुझाउने ।

07/08/2026

म्यानपावर व्यवसायीहरुले आज राति १२ बजेदेखि सरकारी सेवा नलिने ! भदौ १ देखि वैदेशिक रोजगारमा कामदार नउडाउने !!

[BREAKING NEWS]म्यानपावर व्यवसायीहरुले आज राति १२ बजेदेखि सरकारी सेवा नलिने ! भदौ १ देखि वैदेशिक रोजगारमा कामदार नउडाउने...
07/08/2026

[BREAKING NEWS]
म्यानपावर व्यवसायीहरुले आज राति १२ बजेदेखि सरकारी सेवा नलिने ! भदौ १ देखि वैदेशिक रोजगारमा कामदार नउडाउने !!

07/08/2026

BIG NEWS !!
कतार एअरवेजमा १६८६ जनाको ठूलो संख्यामा माग भएको सम्बन्धमा यसको बिज्ञापन ६/७ दिन अघि देखिनै एजेन्टहरुको पहुँचमा पुगिसकेको थियो । तर म्यानपावरले पर्सिलाई अन्तर्वार्ता राखेर आज मात्र बिज्ञापन गरेको पाइएको छ । https://sajhajobs.com/job-details/36123

जबकि बिज्ञापन प्रकाशन नगरेसम्म हामीले पनि यो जानकारी सार्वजनिक गर्न मिल्दैन थियो । त्यसैले हामीले कसैलाई पनि यो जानकारी गराएको थिएनौं ।

कयौंले हामीलाई बिज्ञापनको बारेमा सोधेका थिए । हामीले आधिकारिकता चेक गर्दा गत July 29 मै बिभागले स्वीकृति दिएको थियो तर यतिका दिन कुनै दैनिक पत्रिकामा बिज्ञापन दिईएको थिएन । जबकि आज साउन २२ गते हामीले यो स्टाटस राख्दै गर्दा आज बिज्ञापन दिएर कानुन बिपरित साउन २४ गते (पर्सि)देखि अन्तर्वार्ता राखिएको छ । बिभागको मिलिमतो नभई यतिका दिन डिमाण्ड कसरी लुक्यो ? अनि बिज्ञापन दिएको ७ दिनपछि मात्र अन्तर्वार्ता दिन पाउने नीति किन छलियो ?

हामीले ४ दिन अघिनै यसको आधिकारिकता बारे म्यानपावरका एक जना संचालकसँग कुराकानी गर्दा 'मैले म्यानपावर छाडीसकें' भनेर जवाफ दिएका थिए । त्यसपछि अर्का संचालकलाई फोन गर्दा पटक-पटक फोन नै उठेन । बिज्ञापनमा दिएका कुनैपनि फोनमा फोन उठेको थिएन । एजेन्टहरुमा बिज्ञापन पुर्याएर संचालकहरु गुपचुप किन थिए ? यत्रो १६०० जना भन्दा बढीको कोटा, त्यसमाथि यत्रो प्रतिष्ठित कम्पनीको डिमाण्ड एजेन्टको भरमा पूर्ति गर्ने आँट गरिएको विषय गम्भीर छ । कति पैसा उठाउने चलखेल छ ? प्रत्यक्ष कामदारसँग नजोडीई माग कसरी पुरा हुन्छ ? सबै आकांक्षी कामदारलाई समान अवसर दिने कि एजेन्टका मान्छेलाई मात्र पहिलेनै जानकारी दिएर एजेन्टका मान्छे मात्र भर्ने योजना हो ?

नेपाल सरकारले यस्तो गतिबिधिको छानबीन गर्न आवश्यक देखिएको छ ।

साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिनको लागि केहि दिनमै तीन हजार जना भन्दा बढी नेपालीले प्रत्यक्ष हस्ताक्षर ग...
06/08/2026

साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिनको लागि केहि दिनमै तीन हजार जना भन्दा बढी नेपालीले प्रत्यक्ष हस्ताक्षर गरेका छन् ।
(पुरा समाचार पहिलो कमेन्टमा)

04/08/2026

वैदेशिक रोजगारीअन्तर्गत Sinopec Engineering Company मा कामदार पठाउने केही म्यानपावर कम्पनीले कामदारबाट कुनै लागत नलिई मेडिकल, श्रम स्वीकृतिलगायत सम्पूर्ण प्रक्रिया निःशुल्क रूपमा पूरा गरेको पुष्टि भएको छ।

तर, सोही कम्पनीमा रोजगारीका लागि पठाउने नाममा केही म्यानपावर कम्पनीले एजेन्ट तथा बिचौलिया परिचालन गरी सयौँ कामदारसँग प्रतिव्यक्ति एक लाख रुपैयाँभन्दा बढी रकम मागेको वा असुलेको गुनासो प्राप्त भइरहेको छ।

एउटै रोजगारदाता कम्पनीमा सयौँ कामदारलाई पूर्ण रूपमा निःशुल्क पठाउन सम्भव भइरहेको अवस्थामा अन्य म्यानपावरले कामदारसँग चर्को रकम असुलिरहेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

तपाईंलाई पनि Sinopec Engineering Company मा रोजगारीका लागि पठाउने भन्दै कुनै म्यानपावर, एजेन्ट वा बिचौलियाले रकम मागेको वा असुलेको छ भने प्रमाणसहित [email protected] मा इमेल पठाउन अनुरोध गर्दछौँ।

प्राप्त सूचना र प्रमाणका आधारमा हामी यस विषयमा विस्तृत खोजमूलक रिपोर्ट तयार गर्नेछौँ। सूचनादाताको परिचय तथा व्यक्तिगत विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
धन्यवाद।

वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको कार्यसमिति भंग, कात्तिकभित्र अधिवेशन गर्न निर्देशन
04/08/2026

वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको कार्यसमिति भंग, कात्तिकभित्र अधिवेशन गर्न निर्देशन

साउन १९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको राम र.....

31/07/2026

चर्को लागत तिरेर मलेसिया पुगेका नेपाली सेक्युरिटी गार्डको वास्तविक कथा।
👉 किन महिनैपिच्छे ८००–९०० रिङ्गिटसम्म तलब गुमाईरहेका छन् ?
👉 काम गरेर पनि नियम अनुसार तलब नपाएको गुनाशो गर्दा किन दुतावास मौन बस्दै आएको छ ?
🎥 दयान कुमार राईसँगको यस फिल्ड अन्तर्वार्तामा एक श्रमिकले आफ्नै मुखबाट सुनाएको यथार्थ—भर्ती खर्च, तलब, कामको समय र विदेशको वास्तविक संघर्ष।

पूरा भिडियो हेर्नुहोस् र आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। साथै, विदेशमा रहेका आफ्ना साथीभाइसम्म पनि यो भिडियो साझा गर्नुहोस्।

31/07/2026

देवानगञ्ज घटना: सरकार र मृतक परिवारबीच सहमति
(के के छ सहमतिमा?)
पहिलो कमेन्टमा

Address

Baluwatar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when वैदेशिक रोजगार - Baideshik Rojgar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share