24/09/2026
भारी वर्षाको जोखिम: विद्यालय बिदा गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह
शिक्षा मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षाका लागि असोज ८ र ९ गते आवश्यकताअनुसार स्थानीय तहसँग समन्वय गरी विद्यालय बन्द गर्न आग्रह गरेको छ। साथै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९–११ गतेका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न अनुरोध गरिएको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न र बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरो जोखिम क्षेत्रबाट टाढा राख्न अभिभावकलाई अपिल गरिएको छ।