04/09/2026
त्रिशूली–३ ‘ए’ सुरुङबाट सुरु भयो उद्धार, सञ्जय शाहलाई नेपाली सेनाले बोकेर निकाल्यो
लामो समयदेखि त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाहको सफल उद्धार भएको छ।
नेपाली सेना र विदेशी विज्ञसहितको उद्धार टोलीको निरन्तर प्रयासपछि शाहलाई सुरुङबाट बाहिर निकालिएको हो।
उद्धारपछि नेपाली सेनाका सुरक्षाकर्मीले शाहलाई बोकेर सुरक्षित स्थानतर्फ ल्याएका छन्। उद्धारको यो दृश्यले लामो समयदेखि चिन्तामा रहेका परिवार, सहकर्मी र शुभेच्छुकमा खुसी छाएको छ।