24/08/2026
सूचना ! सूचना !! सूचना !!!
यस स्वतन्त्र विद्यार्थी युनियन, वीरेन्द्र विद्या मन्दिर क्याम्पसको आयोजनामा निःशुल्क रूपमा सञ्चालन हुन गइरहेको “लोक सेवा तयारी कक्षा” मा सहभागी भई विद्यार्थीहरूलाई लोक सेवा आयोगद्वारा सञ्चालन हुने विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारीका लागि आवश्यक शैक्षिक मार्गदर्शन, अध्ययन सामग्री तथा परीक्षामुखी अभ्यासको अवसर प्रदान गर्ने उद्देश्य रहेको हुँदा, उक्त कक्षामा सहभागी हुन इच्छुक विद्यार्थीहरूका लागि आवेदन फाराम आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउदै तपशिलको समय र स्थानमा आवेदन फारम बुझाउन हुन अनुरोध गर्दछौं।
तपशिल:
आवेदन फारम वितरण: २०८३-०५- ८ गते देखि
आवेदन फारम लिने/ बुझाउने समय : बिहान ८ बजे देखि १२
बजे सम्म
स्थान: स्वतन्त्र विद्यार्थी युनियन कार्यलय
आवेदन फारम बुझाउने अन्तिम मिति: २०८३-०५-१२ गते
#आवेदन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू:
- इच्छुक विद्यार्थीले स्ववियु कार्यालयबाट निर्धारित आवेदन फाराम प्राप्त गरी पूर्ण रूपमा भर्नुपर्नेछ।
- फाराममा माग गरिएका सम्पूर्ण विवरणहरू स्पष्ट र सही रूपमा उल्लेख गर्नुपर्नेछ।
- फाराममा पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
- निर्धारित समयभित्र फाराम बुझाइसक्नुपर्नेछ।
- कक्षामा सहभागी हुने विद्यार्थीहरूले नियमितता, अनुशासन तथा कक्षा सञ्चालनसम्बन्धी नियम पालना गर्नुपर्नेछ।
- कक्षा सञ्चालन, पाठ्यक्रम, प्रशिक्षक, समयतालिका तथा अन्य आवश्यक जानकारी स्ववियुमार्फत पछि जानकारी गराइनेछ।
(नोट: तोकिएको समयसीमा समाप्त भएपछि प्राप्त हुने आवेदन फाराम स्वीकार गरिने छैन। कार्यक्रमसम्बन्धी आवश्यक जानकारीका लागि स्वतन्त्र विद्यार्थी युनियन कार्यालयमा सम्पर्क गर्न सकिनेछ।)
स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर