30/09/2024
अप्रत्यासित आएको बाढी बाट कसैको मृत्यु भयो भने त्यसलाई सहज सरल रुपमा लिन सकिन्छ तर अहिले नेपाल मा आएको बाढी न त अप्रत्यासित थियो न त पुर्ब जानकारी थिएन । सबैलाई जानकारी थियो करोडौंको बिज्ञापन मोबाइलमा बजाइयो तर सुरक्षा को लागी सानो भन्दा सानो पनी तयारी गरिएन । सरकार मा बसेका हरु कुर्सीमा निदाई रहे नेपाली जनता पानीमा डुबिरहे मोबाइलमा फोटो र भिडियो आइरहे हामीले पनि तमासा हेरि रहयौं ।सरकारले घर बाहिर जान लाई सोचबिचार गरेर मात्र जानु भनेको थियो हामीले पालना गर्यौं तर बाढी पहिरोले त त्यो सुचना पालना गरेन । उस्ले आफ्नो बाटोमा जे भेटायो सबै सोरेर लग्यो। सरकारलाई पानीले रोक्यो, बाढीले रोक्यो ,सरकारलाई सायद बाढीबाट मान्छे बचाउन हेलीकप्टर थिएन होला । यस्तो हुदैछ भन्ने जानकारी केहि महिना अघी बर्षा याममा आएको बाढीले दिएको सुचनालाई हेरेर सरकार प्रमुखको लामओ विदेष यात्रा रोकेको भए के हुने थियो र ? तर किन रोक्नु आफ्नो कमाई बाट घुम्न घएको भए पो लोभ लाग्नु ऊल्फाको धन फुपुको सराध भने झै नेपालीले गरेको कार्यक्रम मा भाग नलिइ भागेर अन्त अन्तै अनुत्पादक क्षेत्रमा घुम्नमै मस्त रहनुले सरकार को निकम्मापन दर्साएको प्रष्ट देखन सकिन्न र ?
हुन त हाम्रो देशका नेता हरु मा आएको राजनैतिक दरिद्रता को पराकाष्ठ ले आज यो देशको अवस्था यस्तो भएको कुरा कहिंकतै बाट लुकेको छैन । एकजना पुर्व मन्त्रीको कुरा ले के दर्साउछ भने के पी ओली लाइ कालो झण्डा देखाउने को पहिचान गरिन्छ ,कसरी नागरिक्ता बनाउन आउदा रहेछन हेर्छौं भन्दै धम्किको भाषा बोल्दै हिड्न थालेछन्।हामीले कयौं पटक कालो झण्डा देखाएर, कयौं पटक पुत्ला जलाएर के पि ओली लाई त्यो ठाउँसम्म पुर्याएको हो भन्ने हेक्का चैं उन्मा रहेनछ। कति सम्म राजनैतिक दरिद्रता हो यो ? अब आउने दिनमा कालो झण्डा र पुत्ला जलाएको हेर्ने बानी बसाल्नुहोस नेपालका हरेक कार्यक्रम मा दुबै देख्न पाउनेछौ।