17/07/2026
श्री सि.अ.न.मी. गाेबिन्दी लाेथ्याल ज्यू (धारी स्वास्थ्य चाैकी),
श्री अ.हे.व. शाेभा कुमारी थापा ज्यू (धारी स्वास्थ्य चाैकी),
श्री अ.हे.व. धिर्क बहादुर खड्का ज्यू (ब्रह्मदेब स्वास्थ्य चाैकी)।
सर्वप्रथम त तपाईंहरूकाे नयाँ कार्यस्थल ( शाेभा कुमारी थापा - तुर्माखाँद गाउँपालिका अछाम, गाेबिन्दी लाेथ्याल- महाकाली नगरपालिका दार्चुला तथा धिर्क बहादुर खड्का -सायल गाउँपालिका डाेटी ) तर्फको सरुवाको अवसरका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछाै। यहाँ रहँदा तपाईंहरूले पुर्याउनु भएको समर्पित सेवा, सहयोग र सकारात्मक योगदानकाे लागि हार्दिक धन्यवाद !
नयाँ कार्यस्थलमा पनि तपाईंहरूले आफ्नो अनुभव, क्षमता र मेहनतका साथ उत्कृष्ट सफलता हासिल गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ। आगामी कार्यकाल अझ सफल, प्रगतिशील र उपलब्धिमूलक बनोस् भन्ने कामना व्यक्त गर्दछाै । समय र अवसर मिल्दा पुनः भेट हुने आशासहित सफल यात्राको शुभकामना साथै न्यानाे सम्झना !!!