Routine of News

Routine of News The routine of News is media page.you will get latest news .

09/04/2021

कोभिडको जोखिम बढेपछि अनलाइन कक्षा प्राथमिकतामा

कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् । त्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको छ ।

केयूको स्कुल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले विश्वव्यापी रूपमा पुनः फैलिएको कोरोना महामारीका कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् । काठमाडौं विश्वविद्यालयका डिन कार्यालयहरूले अनलाइन कक्षा सञ्चालन हुने अवधिमा स्कुल तथा विभागीय प्रशासनहरू सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरू सम्बन्धित प्रमुखहरूको निर्णयबमोजिम गर्न आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले कोभिडको जोखिम नभएको ठाउँमा भौतिक रूपमा उपस्थित भएर र असहज अवस्था भएका ठाउँका क्याम्पसमा अनलाइनबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले भने, ‘कोभिडको जोखिम बढेपछि कलेजहरूले सोधेका छन्, हामीले आफैँले निर्णय गर्न भनेका छौँ । सम्भव हुने ठाउँमा फेस टु फेस र असहज भएका ठाउँमा अनलाइनबाट कक्षा सञ्चालन गर्न भनेका छौँ ।’ कोभिडको संक्रमण देखिएका त्रिविका केही कलेजमा अनलाइन कक्षा सञ्चालन भएका छन् ।

केही समय त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा ८० जनाको हाराहारीमा कोभिड संक्रमण भेटिएको थियो । पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा फैलिएको संक्रमणले सरोकारवाला सबैलाई झस्काएको छ । पश्चिमाञ्चल क्याम्पसमा कसरी कोभिड– १९ संक्रमण फैलियो भन्ने यकिन नभएको सहायक क्याम्पस प्रमुख गोपालप्रसाद घिमिरेले बताएका थिए ।

हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजका चारजना शिक्षक, दुई कर्मचारी र दुई विद्यार्थीमा कोभिड– १९ को संक्रमण देखिएपछि केही दिनअघि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गरेको थियो । अहिले कलेज प्रशासनले अनलाइन र भौतिक दुवै पद्धतिमा विद्यालय सञ्चालन गरेको छ । गत वर्ष ६ चैतदेखि कोभिडका कारण बन्द रहेक

01/03/2021

विराटनगरमा एक महिलाले स्यानिटाइजर खाँदा उपचारको क्रममा मृत्यु भएको छ।

शनिबार राति विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका अधिकारीले स्यानिटाइजर सेवन गरेकी थिइन्।

घरायसी विवादका कारण उनले स्यानिटाइजर सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

07/10/2020

नेपालमा भएको कोरोना संक्रमणले झण्डै डेढ अर्ब जनसंख्या भएको चीनलाई उछिनेको छ । यो प्राप्तिलाई सरकार तथा आमनागरिक ...

02/10/2020

कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको सन्देश

१६ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन नसकेपछि कतिपयले कक्षा १२ को परीक्षा नहुने अनुमान गरेका छन् । कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको सट्टा विद्यालयले नै लिने भएपछि त्यस्तो तर्क गर्नेहरूलाई थप बल मिलेको छ ।

तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने ढिलो चाँडो कक्षा १२ को परीक्षा हुने बताउँछन् । उनी भन्छन्, ‘यो विद्यालय शिक्षाको अन्तिम परीक्षा हो, त्यसैले पनि अहिलेसम्म परीक्षा नगर्ने कोणबाट सोचिएको छैन ।’

राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्ने, यसैको आधारमा विश्वविद्यालयमा भर्ना हुनुपर्ने, समकक्षता निर्धारण जस्ता कारणले गर्दा कक्षा १२ को परीक्षा रद्द गर्न नमिल्ने मन्त्री पोखरेलको भनाइ छ ।

‘संक्रमण बढेको कारणले निर्धारित समयमा हुन नसकेको मात्रै हो’ मन्त्री पोखरेल भन्छन्, ‘जनस्वास्थ्यका सम्पूर्ण उपाय अपनाएर, होम सेन्टर बनाएर पनि परीक्षा सञ्चालन गर्छौ ।’

बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू कोरोनाका कारण आफू अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् छैनन भन्ने विवरण संकलन गरेको छ । जिल्लान्तर भएका विद्यार्थीसँग करिब ८ हजार छन् ।
Source:

24/09/2020
Now our app is available in the given link.You can download easily from given link
24/09/2020

Now our app is available in the given link.You can download easily from given link

20/09/2020

धनगढीदेखि सुदूर पहाडका ४ जिल्लामा हवाई सेवा सञ्चालन गरिदै

गत चैत ११ गतेदेखि कोरोना भाईरसको रोकथामका लागि बन्द गरिएको धनगढी– काठमाडौँ–धनगढी हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ।

सरकारले असोज ५ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय गरेसँगै प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी–काठमाडौँ नियमित हवाई उडान सुरु गरिन लागेको हो।

सोही अनुसार बुद्ध एयरले सोमबारदेखि गतेदेखि नियमित उडान सेवा सञ्चालन गर्न लागेको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। उनका अनुसार श्री एयरलाइन्सले भने केही दिनपछि उडान थाल्नेछ।

यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट काउण्टर हटाइसकेको छ भने सौर्य एयरलाईन्सले फेरी उडान सुरु गर्ने तयारी थालेको छ।

धनगढी काठमाडौँ मात्र नभएर अबदेखि धनगढीबाट प्रदेशका अन्य पहाडी जिल्लामा समेत उडान भर्ने तयारी थालिएको छ। अहिले धनगढी–बाजुरा चार्टड उडान गरिरहेको समिट एयरले बझाङ, बैतडी र डोटीका लागि समेत उडान थाल्ने तयारी गरेको छ।

त्यसका लागि केही साताभित्रै परीक्षण उडान गर्ने तयारी रहेको विमानस्थल कार्यालयका प्रमुख बुढथापाले जानकारी दिए। तर बझाङ, बैतडी र डोटीमा उडानका लागि आवश्यक पर्ने पूर्ण भौतिक पूर्वाधार व्यवस्थापन नभएका कारण केही ढिलाई हुने देखिएको छ।

समिट एयरले अहिले धनगढी बाजुरा चाटर्ड उडान गर्दै आएको जनाउँदै छिट्टै परीक्षण उडान गर्ने जनाएको छ

20/09/2020

People who have experience in social media (page) is invited to apply the job.There is no any salary for this work ,you will be get revenue in future when we will have large number of followers.This job will help you to boost your knowledge ,It is noticed that you will have post only official news ,tricks, discover things,and many more.

16/09/2020
15/09/2020

काठमाण्डाै – सरकारले अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास.....

03/09/2020

Address

Baitadi

Telephone

+9779864766958

Website

Alerts

Be the first to know and let us send you an email when Routine of News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share