TechnoGuf

TechnoGuf We are dedicated to educating and informing visitors about the world of cryptocurrency and information technology (IT).

03/09/2023

iPhone 15 Countdown: Release Date and Price Expectations

link in comment 👇

नयॅा वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना । 🙏🏼🎉
14/04/2022

नयॅा वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना । 🙏🏼🎉

Happy holi .
17/03/2022

Happy holi .

क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले ...
16/03/2022

क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले मङ्गलवार सूचना निकालेर क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्राधिकरणको निर्देशनपछि अब इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्नुपर्नेछ।

सञ्चार मन्त्रालयले इन्टरनेट र मोबाइल सेवा प्रदायक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले सूचना निकालेको हो ।

Trading How To Start Trading? Steps To Be A Traders. Recent Articles Tinyman : New Generation Dex on Algorand An Introduction To The First NFT Space Action-Adventure Game : ECIO Type of Trading Strategy : You Must Know How To Start Trading? Steps To Be A Traders. Trading and Investment : Know The Ke...

TikTok र Youtube shorts संग हामी सबै परिचित नै छौ । यही feature लाई पछ्याउदै Facbook ले  पनि केही समय अघी  Facebook Reel...
11/02/2022

TikTok र Youtube shorts संग हामी सबै परिचित नै छौ । यही feature लाई पछ्याउदै Facbook ले पनि केही समय अघी Facebook Reels सार्वजनिक गरेको छ । जसबाट हामीले राम्रो आम्दानी गर्न सक्छौ ।

What is Facebook Reels?

Reels भनेको Tiktok जस्तै छोटो भिडीयो clip हो। Reels facebook को top मा add story र Reels tab बाट create गर्न सकिन्छ, जस्को लागी तपाइको आफ्नै Faecbook Page हुनू पर्छ। तपाइले आफै video record गरेर अथवा pre-recorded video upload गरेर Reels बनाउन सक्नु हुन्छ ।

How To Earn By Creating Facebook Reel ?

Facebook ले July 2022 सम्ममा Reel Creators लाई $ 1 Billion भन्दा बढी Bonus देने घोषणा गरेको छ । जसले Facebook र Instagram मा Reels बनाएर पैसा कमाउने माध्यम सृजना गरेको छ ।

30-दिनको अवधिमा Facebook मा 1000 views भएको Eligible Reel Creator लाई Facebook ले Bonus रकम दिनेछ । स्मरण रहोस तपाइले copyright free contain create गर्नु भयो भने यो Bonus पाउन eligible हुनु हूनेछ ।

हाल Facebook Reels America, India, Mexico र Canada मा मात्रा Trial Phase को रुपमा सुरु भएको छ । बिस्तारै यो feature सबै देशमा उपलब्ध हुने छ ।

 राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ ह...
25/01/2022


राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

अहिलेको एकदमै hot topic हो Web 3 , अहिले संसार भरिका मानिसहरु  यसको बारेमा कुरा गर्दैछन । WEB 3 ले अहिले internet को बजा...
25/01/2022

अहिलेको एकदमै hot topic हो Web 3 , अहिले संसार भरिका मानिसहरु यसको बारेमा कुरा गर्दैछन । WEB 3 ले अहिले internet को बजार निकै तताइरहेको छ। WEB 3.0 के हो भन्ने बारे बुझ्नु अघि, हामीले WEB 1 र Web 2.0 को बुझ्नुपर्छ।

Web 1

1990 मा Tim Berners Lee ले हामीलाई World Wide Web (www ) संग परिचय गराएका थिए। त्यो internet को पहिलो चरण थियो। जसलाई वेब Web 1 को रूपमा पनि चिनिन्छ, Web 1 मा site हरू पढ्नका लागि मात्र प्रयोग गरिन्थ्यो। 1991-2004 को बीचमा internet bunch of static pages मात्र थियो। हामीले त्यो समयमा internet मा फाइलहरू हेर्न मात्र सक्थ्यौ । हामीले file र post हरूसँग interact गर्न सक्दैनथियौ । Web 1 एउटा ठूलो Wikipedia र hyperlink को मिश्रण जस्तै थियो। मानिसहरू web 1 को लागि मात्र उपभोक्ता थिए।

Web 2.0

हामीले विगत १५ देखि २० वर्षदेखि प्रयोग गर्दै आएको internet भनेको internet को 2 . 0 version हो। 2004 देखि अहिले सम्म internet धेरै विकसित भएको छ। internet सँग interact गरेर हामीले धेरै जानकारी सङ्कलन गर्न सक्छौं। हामी मात्र होइन internet ले पनि हाम्रो बारेमा धेरै जानकारी सङ्कलन गर्छ।

जब हामी internet मा YouTube वा google बाट केहि कुरा search गर्छौं, internet ले हाम्रो बारेमा केहि जानकारी सङ्कलन गर्छ र प्राप्त data ले आफ्नो नाफा अनुसार result देखाउने गर्छ ।

Simply, हामी भन्न सक्छौ कि Web 2.0 targeted advertisement and lack of privacy for user को era हो, जसमा एउटा centralized कम्पनीले हाम्रा data लाई हामीले चाहेर वा नचाहेर पनि नियन्त्रण गरिरहेको हुन्छ।

Web 3.0

Web 3.0 internet को अर्को revolution हो जुन decentralization र Blockchain technology ले बनेको छ। जस्मा हामी कुनै उपभोक्ता नभई, इन्टरनेटमा मालिक हुनेछौ । Web 2.0 मा हामी internet को लागि product थियौं तर web 3.0 मा हामी आफ्नो Data को मालिक हुनेछौं ।

Web 3 मा artificial intelligence र machine learning algorithm ले महत्त्वपूर्ण भूमिका खेल्नेछ। Web 3 को उद्देश्य प्रयोगकर्ताहरूलाई छिटो र सान्दर्भिक डाटा प्रदान गर्नु हो। त्यसैले यसलाई semantic web पनि भनिन्छ।

Web 3.0 पूर्ण रूपमा decentralized हुनेछ, अर्थात कुनै पनि केन्द्रीय प्राधिकरणले हाम्रो data नियन्त्रण गर्ने छैन र हामीसँग हाम्रो data को पूर्ण स्वामित्व हुनेछ। decentralization को कारणले यसमा data को ठूलो सेट हुनेछ जसले हामीलाई अधिक जानकारी उपलब्धता प्रदान गर्दछ। artificial intelligence को कारणले Web 3.0 ले हामीलाई निष्पक्ष र सान्दर्भिक data प्रदान गर्नेछ।

Internet मा अझै पनि ठूला company हरू र केन्द्रीकृत अधिकारीहरूको प्रभुत्व छ। त्यसैले web 3.0 इन्टरनेटका सबै नियमहरू परिवर्तन गर्ने छ। यसले सबै इन्टरनेट प्रयोगकर्तालाई उनीहरूको व्यक्तिगत डाटाको owner बनाउनेछ।

एक जर्मन विद्यार्थी फोक्सोको रोगको कारण बिद्यालय जान नसक्ने भए पछि , उनको सट्टा रोबोट  बिद्यालय जाने गरेको छ।  सो रोबोट ...
16/01/2022

एक जर्मन विद्यार्थी फोक्सोको रोगको कारण बिद्यालय जान नसक्ने भए पछि , उनको सट्टा रोबोट बिद्यालय जाने गरेको छ। सो रोबोट कक्षामा उनको ठाउँमा बस्छ र उनले केही भन्नु पर्दा वा सोध्नु पर्दा आखा झिम्क्याउले गर्छ।

उनले आफ्ना प्रशिक्षक र सहपाठीहरूसँग रोबोट मार्फत कुराकानी गर्ने गर्छन।

फोक्सोको गम्भीर रोगको कारण उनको घाँटीमा ट्यूब लगाइएको छ जसको कारण उनि बिद्यालय जान असमर्थ भएका हुन ।यो परियोजना एक निजी पहलमा सुरु भएको हो र जसको सम्पूर्ण खर्च बर्लिन District ले बेहोर्नेछ।

Education Councilor Torstein Kuehne को अनुसार शारिरिक असक्तताको कारणले विद्यार्थी कक्षामा उपस्थित हुन नपाए पनि रोबोटले उनलाई कक्षा संग जोडेको र यो निकै प्रभावकारी उपाए भएको र प्रदेशस्तरीय राजनीतिक संवादमा पनि यो विषय उठाइसकेको बताएका छन ।

कसै-कसैलाई 9 देखि 5 सम्मको काममा जानु Boring लाग्छ। उनीहरुलाई आफ्नो जीवन यही समयको फ्रेममा अड्किएको महसुस हुन्छ। जसबाट ज...
10/01/2022

कसै-कसैलाई 9 देखि 5 सम्मको काममा जानु Boring लाग्छ। उनीहरुलाई आफ्नो जीवन यही समयको फ्रेममा अड्किएको महसुस हुन्छ। जसबाट जोगिन उनीहरु आफ्नो इक्ष्या अनुसारको समयमा गर्न सकिने काम खोज्ने गर्छन। त्यस्ता मानिसहरुको लागि Freelancing एउटा राम्रो platform हुन सक्छ। तपाईले Graphic Designer, Content Writer , Market Researcher , Software Developer, Web Designing , Photography , Data Processer इत्यादी जस्ता विभिन्न क्षेत्रमा Freelancer भएर काम गर्न सक्नुहुन्छ। तपाइले Freelancing मार्फत राम्रो आयआर्जन गर्न सक्नुहुन्छ ।


यो इन्टरनेट र प्रविधिको युग हो त्यसैले इन्टरनेटमा धेरै अनलाइन रोजगारहरू खोज्न सजिलो भएको छ। Freelancing रोजगारीहरू आफ्नो समय, आफ्नो ज्याला दर आफुलाई पायक पर्ने समयमा काम गर्न चाहने व्यक्तिहरूको लागि उत्तम रोजगार विकल्पहरू भएको छ। हजारौ Freelancerहरू आफ्नो समय अनुकुल आफ्नो घरबाट काम गर्ने गर्छन।

यस क्षेत्रमा प्रतिस्पर्धा धेरै भएको कारण ,सुरुवाती दिनहरुमा तपाईलाई Freelancer को रूपमा काम खोज्न समस्या हुन सक्छ, तर हामीले प्रयास गरिरहनु पर्छ, किनभने धेरै कम्पनी र अवसरहरुले तपाईलाई कुरेर बसेका हुन सक्छन। Freelancing अवसरहरुको बजार हो। जहा ढिलो अथवा छिटो सबैले अवसर पाउने गर्छन।

तल केहि Freelancing Site हरु छन, जहाबाट तपाइले आफ्नो Freelancing Career सुरु गर्न सक्नु हुन्छ।

1.)Upwork
2.)Freelancer
3.)Toptal
4.)Fiverr
5.)Flex jobs
6.)Simply Hired
7.)Guru
8.)Linked In
9.)Behance

तपाइले Freelancing मार्फत आफ्नो Skill अनुसारको सेवाहरू दिई यसमार्फत पैसा कमाउन सक्नु हुन्छ । केही Freelancing Site हरू Freelancer को रुपमा काम गर्न कुनै शुल्क तिर्नु पर्दैन,भने केही Site हरूमा निश्चित शुल्कहरू तिर्नु पर्छ । तपाईमा Freelancerको रूपमा काम गर्न adequate Knowledge र high Willpower हुनु आवश्यक छ। तपाईमा पर्याप्त ज्ञान, सकारात्मक मनोवृत्ति र never giving up attitude छ भने तपाई Freelancer को रूपमा घरबाट काम गर्न सक्षम हुनुहुन्छ ।

थोरै मेहनत र समय खर्चेर तपाइले इन्टरनेटमा राम्रो image बनाउन सक्नुहुन्छ र त्यसपछि कम्पनीहरूले तपाइको Skill अनुसार तपाईलाई सजिलै रोजगार offer गर्नेछन। Freelancing मार्फत तपाइँ आफ्नो इच्छाअनुसारको समयमा काम गरि राम्रो आयआर्जन गर्न सक्नु हुन्छ।

Technology and it's Evolution ..Please subscribe my channel..
06/01/2022

Technology and it's Evolution ..

Please subscribe my channel..

The knowledge, skill and techniques which are used to simplify our daily life is known as technology. Technology is all around us.It is impacting our daily l...

What  is Helium? Helium  एउटा blockchain मा आधारित project हो। यो specially Internet Of Things (IoT) devices को लागी बना...
05/01/2022

What is Helium?

Helium एउटा blockchain मा आधारित project हो। यो specially Internet Of Things (IoT) devices को लागी बनाइएको एउटा wireless decentralized network हो।

यो project को आफनै Helium नामक Cryptocurrency छ, जसलाई HNT पनि भनिन्छ, जुन Helium Blockchain मा बनेको छ। Heliumआधिकारिक रूपमा जुलाई 29, 2019 मा Launch गरिएको थियो ।

आउदो दिनहरुमा internet प्रयोग गर्ने device हरुलाई internet संग जोडिन एउटा भरपर्दो माध्यम चाहिने हुनसक्छ। अहिले पनि हामि 24x7 internet संग जोडिन सकेका छैनौ। हामीले 24x7 internet use गर्न expensive cellular data प्रयोग गर्नुपर्छ।

त्यसैले हामीलाई नया र हामि आफैले govern गर्न सक्ने Network को आवस्यकता छ। Helium को long range wireless र blockchain technology ले एउटा भरपर्दो र दिगो network बनाउछ। जसलाई हामी आफैले बनाउन र own गर्न सक्छौ। त्यसैले Helium लाइ public Network पनि भनिन्छ।

हामीले सजिलै Helium Network बनाउन सक्छौ , जसको लागि हामीले Hotspot Device किन्नु पर्ने हुन्छ अथवा यसको Open Source Software प्रयोग गरि हामीले Hotspot device आफै पनि बनाउन सक्छौ।

Hotspot ले low bandwidth internet connection दिनेगर्छ। यो Network ले धेरै ठुलो area सम्मको devices हरुलाई connect गर्ने भएकोले यसलाई LongFi पनि भानिन्छ। यो low-power wide-area network modulation technique LoRa technology मा आधारित छ।

How to Mine Helium ?

हामीले Helium सजिलै mine गर्न सक्छौ। जसको लागि हामीलाई Helium Hotspot Device चाहिन्छ। Hotspot Device ले network बिस्तार गर्ने काम गर्दछ। सो network प्रदान गरे बापत तपाइले Proof of coverage स्वरुप HNT Crypto पाउनु हुनेछ। सो network मा जति धेरै data transfer भयो तपाइले उति धेरै reward पाउनु हुनेछ। तपाइले Network प्रदान मात्र नगरी Network बिस्तार पनि गर्न सक्नु हुन्छ।

Helium Hotspot Device प्रत्येक देशको Frequency कानुन अनुसार फरक हुन्छ। त्यसैले प्रत्येक देशमा प्रयोग हुने Hotspot छुट्टाछुट्टै हुने गर्दछ। आफ्नो देशको कानुन अनुसार बनेको device ले मात्र सो देशमा Helium Mining गर्न सकिन्छ।

住所

Shiki-shi, Saitama
3530004

ウェブサイト

アラート

TechnoGufがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

TechnoGufにメッセージを送信:

共有する

カテゴリー