Gurung Vision

दोस्रो मोना इताबाशी नेपाल फेस्टिवल 2026नेपाली कला, संस्कृति, संगीत, नृत्य तथा परम्परागत नेपाली खानाका परिकारहरू प्रस्तुत...
03/04/2026

दोस्रो मोना इताबाशी नेपाल फेस्टिवल 2026
नेपाली कला, संस्कृति, संगीत, नृत्य तथा परम्परागत नेपाली खानाका परिकारहरू प्रस्तुत गरिने “दोस्रो मोना इताबाशी नेपाल महोत्सव २०२६” आयोजना हुन गइरहेको सम्बन्धित सबैमा जानकारी गराउदछौ।

नेपाल र जापानबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपाली कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवमा सबैलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ॥

◾️मिति: अप्रिल 11 र 12 तारिक
◾️स्थान: Takashimadaira Park
◾️आयोजक: MONA JAPAN

सम्पूर्ण जापानबासी हरुलाई हार्दिक निमन्त्रना
Kumar GurungGurung VisionMani Tamu GurungShambhu GurungIsha Maya GurungKabita NepaliOnlineKhabarNepalJapan.ComHimalaya TVGurung KhadgaShrestha BikashNgor Gurung YubarazNapalJapan Online shopYukuya Datz

जापानमा २०२६ अप्रिल १ देखि साइकलमा पनि “आओ किप्पु (Blue Ticket)” प्रणाली लागू भएको छ।  यो नियम अनुसार, १६ वर्षभन्दा माथ...
01/04/2026

जापानमा
२०२६ अप्रिल १ देखि साइकलमा पनि “आओ किप्पु (Blue Ticket)” प्रणाली लागू भएको छ। 

यो नियम अनुसार, १६ वर्षभन्दा माथि र ७० वर्ष मुनिका व्यक्तिले साइकल चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेमा जरिवाना तिर्नुपर्छ। 
विशेष गरी:
✅ मोबाइल चलाउँदै साइकल चलाउने (ながらスマホ) → करिब १२,००० येन
✅ सिग्नल तोड्ने, उल्टो दिशा वा फुटपाथमा गलत तरिकाले चलाउने → ६,००० येन
✅ रोक्नु पर्ने ठाउँमा नरोक्ने → ५,००० येन 

साइकल सामान्य सवारीजस्तै मानिने भएकाले अब कडाइका साथ निगरानी गरिनेछ। जसका लागि करिब ११३ प्रकारका नियमहरु मार्फत उल्लङ्घनमा कारबाही हुने बताइएको छ। 

👉 त्यसैले साइकल चलाउँदा मोबाइल प्रयोग नगर्ने, ट्राफिक नियम पालना गर्ने र सुरक्षित रूपमा चलाउने गर्नु अत्यन्त आवश्यक छ।copy paste

07/03/2026

कास्की १ अन्तिम नतिजा
जम्मा :७०२३६
कुल सदर मत:६७७५७
रास्वपा : ३९८६४ {५८.८८%}
नेकपा एमाले : १०४३७
नेपाली कांग्रेस: ११२१५
नेकपा। : २४७९
कास्की क्षेत्र नं. १ का रास्वपा उमेदवार खडक राज पौडेल(गनेश ) विजयी
हार्दिक बधाई तथा शुभकामना!

कास्की पोखरा समाज जापान र कोमागाने सहर मेयरबीच आपसी सहकार्यबारे छलफलजापान — कास्की पोखरा समाज जापान र जापानको कोमागाने स...
14/12/2025

कास्की पोखरा समाज जापान र कोमागाने सहर मेयरबीच आपसी सहकार्यबारे छलफल

जापान — कास्की पोखरा समाज जापान र जापानको कोमागाने सहरका मेयरबीच आपसी सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नेपाल–जापानबीच सामाजिक, स्वास्थ्य तथा मानव संसाधन विकाससम्बन्धी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहे।

छलफलका प्रमुख एजेन्डाहरूमा पोखरास्थित मितेरी अस्पताललाई सहयोग पुर्‍याउने उद्देश्यले ‘फुरुसातो नोजेई’ प्रणालीमार्फत क्लाउड फन्डिङ सञ्चालन गर्ने, कोमागाने सहरमा नेपाली समुदायको पहिचान झल्किने ‘नेपाली चौतारी’ निर्माण गर्ने, तथा केयरगिभर (Caregiver) एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्ने विषयहरू रहेका थिए।

उक्त कार्यक्रममा कोमागाने सहरका मेयर इतो युजो, एनआरएनए आईसीसी उपाध्यक्ष तथा कास्की पोखरा समाज जापानका संरक्षक रोबिन शेरचन, कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोला, उपाध्यक्ष बिस्सु भण्डारी, निवर्तमान अध्यक्ष सन्देश अधिकारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता सहकार्यले नेपाल–जापानबीचको मित्रता अझ मजबुत बनाउने र दुवै पक्षलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा छलफललाई ठोस कार्ययोजनामा रूपान्तरण गर्दै अघि बढाइने जनाइएको छ।

14/12/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

कार्यक्रममा उपस्थितिको लागि हार्दिक निम्त्रणाऐतिहासिक "प्रथम चुम्लुङ साँझ 2025”को अन्तिम तयारी सम्पन्न भएको जानकारि गराउ...
14/12/2025

कार्यक्रममा उपस्थितिको लागि हार्दिक निम्त्रणा

ऐतिहासिक "प्रथम चुम्लुङ साँझ 2025”को अन्तिम तयारी सम्पन्न भएको जानकारि गराउदै, जापानवासी सम्पुर्ण दाजु भाई दिदी बहिनीहरूमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम:
मिति : २०२५-१२-१४आइतबार
समय : साँझ १६:०० ~२०:०० सम्म (हल ओपन हुने समय १४ः३० बजे)Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館Shrestha BikashHimalaya TVNgor Gurung YubarazGurung KhadgaNapalJapan Online shop
https://share.google/hHgy6hEPDXgbP5qVu

टोकियो, जापान । जापानमा रहेका गुरुङ समुदायको साझा संस्था तमू धीँ जापानले २१औँ अधिवेशन २१ डिसेम्बर २०२५ मा आयोजना गर्ने त...
02/12/2025

टोकियो, जापान । जापानमा रहेका गुरुङ समुदायको साझा संस्था तमू धीँ जापानले २१औँ अधिवेशन २१ डिसेम्बर २०२५ मा आयोजना गर्ने तयारी गरेको छ। गुरुङ भाषा, संस्कार, संस्कृति तथा पहिचान संरक्षणको विषयमा समेत छलफल हुने संस्थाका महासचिव विनय गुरुङले जानकारी दिए।

सन् १९९५ मा स्थापना भएको तमू धीँ जापानले दशकौँदेखि जापानमा बसोबास गर्दै आएका गुरुङहरूको सामाजिक, सांस्कृतिक र भाषिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। हाल संस्थामा करिब १०० भन्दा बढी आजीवन सदस्य सक्रिय छन्।

हरेक दुई वर्षमा नयाँ नेतृत्व चयन गर्ने परम्पराअनुसार २१औँ अधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको आयोजकले जनाएको छ। अधिवेशन सफल तुल्याउनको लागि ओम गुरुङ संयोजक रहने गरी पाँच सदस्यीय निर्वाचन समितिसमेत गठन गरिसकेको छ।

उक्त समितिमा हर्क गुरुङ उपसंयोजक तथा गिरीप्रसाद गुरूङ, भीम गुरूङ र रमेशकुमार गुरूङ सदस्यमा समेटिएका छन्।

अधिवेशनबाट एक जना अध्यक्ष, एक महिला अनिवार्यसहित चार जना उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता एकरएक जना तथा आठजना सदस्यसहित १९ सदस्यीय कार्यसमिति चयन हुने छ।

तमू धीँ जापानको विधानअनुसार सबैसँग सल्लाह गरेर अगाडि बढ्ने संस्थाकी अध्यक्ष हिमाली गुरुङले बताइन्। उनका अनुसार संस्थामा निर्विरोध नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ। आवश्कताअनुसार कार्यसमिति सदस्य थप मनोनित गर्न सकिने उनले बताइन्।copy paste

पत्रकार महासंघ जापानको नयाँ नेतृत्वलाई नोभेम्बर ३० मा पदभार हस्तान्तरण, केन्द्रीय अध्यक्ष शर्माले सपथ गराउने टोकियो । ने...
29/11/2025

पत्रकार महासंघ जापानको नयाँ नेतृत्वलाई नोभेम्बर ३० मा पदभार हस्तान्तरण, केन्द्रीय अध्यक्ष शर्माले सपथ गराउने

टोकियो । नेपाल पत्रकार महासंघ जापानको नयाँ नेतृत्वलाई नोभेम्बर ३० तारिख भोली पदभार हस्तान्तरण कार्यक्रम हुने भएको छ ।
पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा पदभार तथा नव निर्वाचित कार्य समितिलाई सपथ गराउने कार्यक्रम तया भएको निर्वाचन समितिका संयोजक खगराज गौतमले जानकारी दिनुभयो।
पत्रकार महासंघ जापानको टोकियोमा गत आइतबार सम्पन्न छैटौं अधिवेशनबाट आगामी ३ वर्षका लागि रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ अध्यक्षमा विजयी भएका थिए। यसैगरी खुला उपाध्यक्षमा मनिषा चम्लागाई, महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भन् सचिवमा अर्जुल लामिछाने विजयी भएका छन्।

नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।
त्यसै गरी शपथ ग्रहण सके पश्चात् महासंघ जापान शाखाको आयोजनामा केन्द्रीय अध्यक्ष शर्माले सहजीकरणमा
‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग”
विषयक प्रशिक्षण कार्यक्रम समेत हुने भएको छ ।copy paste of Nepal in Tokyo, Japan -在日ネパール国大使館Isha Maya GurungShrestha BikashNepalJapan.ComHimalaya TVOnlineKhabarNgor Gurung YubarazKabita NepaliShambhu Gurung

नेपाल पत्रकार महासंघ जापान शाखा निर्वाचन समिति-२०२५सूचना नम्बर -१३ नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५)...
22/11/2025

नेपाल पत्रकार महासंघ जापान शाखा
निर्वाचन समिति-२०२५

सूचना नम्बर -१३
नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५) को परिच्छेद ५ को दफा १६ वमोजिम २०२५ देखि २०२८ सम्म ३ बर्षको कार्यावधिको लागि यहि २०२५ नोभेम्बर २३ गते हुने जापान शाखा कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य केन्द्रीय प्रतिनिधि पदका लागि हुने निर्वाचन कार्यक्रमका लागि आफूले प्रस्तुत गरेको उम्मेदवारी उपर सोच विचार गरि फिर्ता लिन चाहने उम्मेदवारका आवेदकहरुले तोकिएको फारम भरी उम्मेदवारी फिर्ताका लागि आवेदन दिनु हुनका लागि यो सूचना जारी गरिएको छ। तोकिएको समय सीमा भित्र उम्मेदवारी फिर्ता लिनु हुने आवेदकको उम्मेदवारी शुल्क फिर्ता हुने छ । भने तोकिएको समय सीमा भन्दा पछि उम्मेदवारी फिर्ता लिएमा वा निर्वाचनका कार्यमा भाग नलिएमा पनि शुल्क फिर्ता नहुने स्पष्ट जानकारी सम्बन्धित सबैमा गराउँदछौ।

उम्मेदवारी फिर्ताका लिने समय: २०२५ नोभेम्बर २२ तारिख १२:०० बजेदेखि २०:०० बजेसम्म
निर्वाचन समिति २०२५

सूचना नम्बर २ मिति २०२५ नोभेम्बर २३ तारिख आइतबारका दिन सम्पन्न हुन गईरहेको नेपाल पत्रकार महासंघ जापान शाखा सो संग सम्बन्...
20/11/2025

सूचना नम्बर २
मिति २०२५ नोभेम्बर २३ तारिख आइतबारका दिन सम्पन्न हुन गईरहेको नेपाल पत्रकार महासंघ जापान शाखा सो संग सम्बन्धित कार्यसमितिका विभिन्न पदहरुका लागि हुने निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । मतदाता नामावली सूचीको निम्नानुसार रहेको छ ।

हार्दिक निमन्त्रणा ! आदरणीय, सम्माननीय सज्जन समाजसेबी व्यक्तित्व !  जापानमा एकीकृत साझा नेपाली बहुसांस्कृतिक केन्द्र स्थ...
09/11/2025

हार्दिक निमन्त्रणा !
आदरणीय, सम्माननीय सज्जन समाजसेबी व्यक्तित्व !
जापानमा एकीकृत साझा नेपाली बहुसांस्कृतिक केन्द्र स्थापनार्थ भईरहेको महायज्ञको निमित्त वाचन प्रबीण पण्डित दिनबन्धु पोखरेल र अवतारी बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे पाल्नुभएको छ। त्यसकारण २ चरणमा पूजा अर्चना गरिने छ ।
१. महान अवतारी बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले प्रातकाल बिहान ९ बजे देखी ११ :३० सम्म बौद्ध पूजा इत्यादि गर्नुहुने छ ।

२. बिहान ११:४५ देखी वाचनप्रबीण पण्डित दिनबन्धु पोखरेलज्यूको प्रवचन लगायत कार्यक्रम हुने छ

३. मण्डप भगवान पूजा अर्चना बिहान १० बजेदेखि स्थानीय पण्डितजीहरूले नियमित पूजा गराउनु हुने छ ।

४. भक्तजन तथा श्रदालुहरूलाई फूल प्रसादि तथा चिया जलपान आयोजकद्वारा व्यवस्था गरिने छ ।

५. भोजनको व्यवस्थापन आयोजकले गर्न संभव नरहेकोले त्यहाँ भएको रेस्टुरेन्टलाई ज़िम्मा दिईएको छ । खाना सशुल्क हुने छ।

६. खानाको व्यवस्था तथा कलश र पूजा सामग्री आवश्यक परे किन्न सकिने छ ।

७. हाम्रो सप्ताहको उद्देश्य एकीकृत घर निर्माण गर्नका लागि स्रोत जुटाउने भएकोले स्वेच्छिक आर्थिक सहयोगका लागि विशेष अनुरोध छ।

८. जापानभर रहनुहुने नेपाली दाजुभाइ-दिदीबहिनीहरु कोही नछुट्नुहोला । सक्नेले धेरै गर्नुहोस् । नसक्नेले थोरै गर्नुहोस् । त्यो पनि नसक्नेले उपस्थित भएर सहयोग गर्नुहोस् । पूण्य कर्ममा सके सहयोग गरौं, नसके असयोग नगरौं ।

हार्दिक आभार सहित
मूल आयोजक समिति
टोकियो, सप्ताह जापान २०२५Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館NepalJapan.ComGurung KhadgaIsha Maya Gurung

02/11/2025

टोकियो ,जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आसन्न छैटौं अधिवेशनको तयारी तीव्र पारिएको छ।
आईतबार टोकियोमा सम्पन्न शाखा बैठकले अधिवेशन सञ्चालन, प्रमुख अतिथि निर्धारण, सहभागिता शुल्क, उम्मेदवारी शुल्क लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छl
शाखाका अध्यक्ष शान्त कुमार पहारीका अनुसार नयाँ कार्यसमिति चयनका उद्देश्यले अधिवेशन नोभेम्बर २३ तारिख (आईतबार)का दिन टोकियोमा आयोजना गरिने भएको छ।
बैठकले अधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन गर्न आवश्यक पहलका लागि संस्थापक अध्यक्ष तिलक मल्ललाई संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शान्त पहारी, र खगराज गौतमलाई सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ।
त्यसैगरी, अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि खगराज गौतम संयोजक, पूर्ण चलाउने, र खड्कसिं गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ।
बैठकले आसन्न अधिवेशनलाई सफल बनाउन जापानभर रहेका नेपाली पत्रकारहरूलाई सक्रिय सहभागिताको आह्वान गरेको छ।
महासंघले यो अधिवेशनलाई जापानस्थित नेपाली पत्रकारिताको सुदृढीकरण र एकताको प्रतीकका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।copy paste .ComKumar GurungHimalaya TVOnlineKhabarGurung VisionEmbassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館Isha Maya GurungJasmi GurungGurung KhadgaShrestha BikashMani Tamu GurungNgor Gurung YubarazMechu DhimalYuka KuroyanagiGurung Ramesh Kumar

住所

Kawasaki
Kawasaki, Tokyo
230-0001

電話番号

+818032757076

アラート

Gurung Visionがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Gurung Visionにメッセージを送信:

共有する