GlobalLink Service

GlobalLink Service GlobalLink Service is well known for Hong Kong Visa (Resident/Visitor/Foreign Domestic Helper). We p

Quality Work-Affordable Price-Flexible Service and prompt delivery.

लौन पहल गरिदिनुहोला ...नेपालमा आईपरेको यो प्राकृतिक बिपत्तिको पिडाले हामी नेपाली लगायत सम्पूर्ण मानवजातीलाई नै असह्य पीड...
29/08/2026

लौन पहल गरिदिनुहोला ...

नेपालमा आईपरेको यो प्राकृतिक बिपत्तिको पिडाले हामी नेपाली लगायत सम्पूर्ण मानवजातीलाई नै असह्य पीडा दिएको छ. अपुरणिय क्षति भएकोछ.

म त्यति सारो social media चलाउदिन र पनि अल्गोरिदमको चपेटाले जताततै नेपालको बिपत्तिको समाचार, फोटो-भिडियोहरु छताछुल्ल देखिएकाछन्. हाल म हङकङमा भएको हुनाले मैले हङकङ स्थित महावाणीज्यदूतावास द्वारा प्रेषित आर्थिका सहयोगको सूचना मेरो व्यवसायिक फर्मको फेसबुक पेज मार्फत २ दिन अघि शेयर गेरको थिंए, सुचनाको दायरा अझ केहि फराकिलो हुन्छकि भनेर.

आज शनिबार बिहान उक्त पोष्टमा म्यासेज आएको रहेछ अपरिचित चाईनिज? ब्यक्ति (Ki Lau) को, जसलाई म चिन्दिन. उनले मलाई आधिकारीक स्थानबाट प्रेषित सूचनाको लागी धन्यवाद व्यक्त गर्दै उक्त सूचनामा उल्लेखित QR Code हरु र बैंकका खाताहरु नेपालको भएको हुंदा सहयोग पठाउन झन्झटिलो र बिभिन्न बैंकिङ अप्ठ्याराहरु हुने हुनाले के तिम्रो हङकङ स्थित महावाणीज्यदूतावास संग छिटो, सरल तरिकाले र कानुनीरुपमा सहयोग गर्नकोलागी FPS, Pay Me जस्ता बैंकिङ च्यानलहरु छन्? भन्ने बारे चासो राखेका रहेछन् .

हङकङ स्थित महावाणीज्यदूतावास संग सोमबार अफिस खुलेपछि कुरा त गरौंला त्यतिन्जेललाई मैले पनि कता कता समाचारहरुतिर बिदेशी सहयोग दाताहरुको लागी भनरे प्रेषित गरिएको सूचना तथा पोष्टहरू देखेको हुंदा उनलाई त्यहिनै भएपनि दिंदै गर्छु भनेर आधिकारिक सूचना खोज्दाको मेरो अनूभव यस्तो रह्यो.

बिदेशी सहयोग दाताहरुको लागी के कस्तो ब्यवस्था छ तनि भनि शुरुमा हङकङ स्थित महावाणीज्यदूतावासको साईट खोले जानकारी पाईन. त्यसपछि विदेश मन्त्रालयको पनि साईट खोले माननियको जिवनी ढ्याप्पै देखियो, खोजेको सूचना भेटिएन. नेपाल सरकारको पोर्टल खोलें अंग्रेजी अक्षर भनेको चामलमा बिंया झै रहेछ खोजेको जानकारी त्यहांपनि पाईन.

अचम्ममा परें, आच्या! यस्तो विषम परिस्थितीमा सरकारी साईटहरुमा झल्याक झल्याक गर्दै हेर्दिन भन्दापनि देखिने गरेर यि-यस्ता सूचना तथा जानकारीहरु राख्नुपर्ने अति आवश्यक रहेछ भन्ने लाग्यो. ३-३ वटा सरकारी साईटहरुमा सुचना नदेखेपछि प्रधानमन्त्रीको कार्यालयको साईट खोलें त्यहांपनि झ्वाट्टै देखिने त्यस्तो कुनै जानकारी नपाएपछि हार खाएर "flood help nepal" भनेर google सर्च गर्दा पहिलो पेजमा देखिएको करिब १० वटा साईटहरु न्यूज र अन्य साईटहरु रहेछन. सरकारी साईट मरिजाम भेटे त.

अन्तिममा न्वारन देखिको बल र बुद्धि लगाएर खोज तलास गर्दा म १८ वर्षदेखि हङकङमा साईबर तथा ईमिग्रेशन कन्सल्टेन्सी ब्यवसाय गरेर बसेको ब्यक्तिलाई कम्तिमा आधा घन्टा बेसिलाग्यो आधिकारीक र भरपर्दो सूचना पाउनको लागी.

अल्गोरिदम् बाटै सरकारमा पुगेकाहरुले छिटो छरितो रुपमा यो ब्यवस्था गरिदिए समय अझैपनि ढिलो भएको छैन जस्तो लाग्छ. सानै होला-ठूलै होला बिदेशी नागरिकहरुको जनस्तरको सहयोग उल्लेख्य रुपमै आउछ जस्तो लागेकोछ.

मैलेपनि मेरो ब्यक्तिगत तर्फबाट सहयोग गरेकोछु तपाईहरुलेपनि आ-आफ्नै तवरले सहयोग गरीदिनुहुन अनुरोध गर्दछु. धन्यवाद.

https://hkg.nepalconsulate.gov.np/
https://mofa.gov.np/
https://nepal.gov.np/
https://opmcm.gov.np/
https://www.google.com/search?q=flood+help+nepal
https://pmdrf.nchl.com.np/

Help Nepal - Support Nepal
27/08/2026

Help Nepal - Support Nepal

आज नाग पन्चमी, आउनुहोस् तपाईको लागी एउटा नाग सित्तैमा.
17/08/2026

आज नाग पन्चमी, आउनुहोस् तपाईको लागी एउटा नाग सित्तैमा.

पर्सि बिहिबार, चुम्लुङ हिमको कार्यालय जोर्डनमा
04/08/2026

पर्सि बिहिबार, चुम्लुङ हिमको कार्यालय जोर्डनमा

Nepali Passport, UK Passport, China Card, Immigration Services, Graphic Design, Token of Love and many more....
24/07/2026

Nepali Passport, UK Passport, China Card, Immigration Services, Graphic Design, Token of Love and many more....

नेपाली राहदानी सम्बन्धि जरुरी सूचना ...
08/07/2026

नेपाली राहदानी सम्बन्धि जरुरी सूचना ...

White Form Secondary Market Scheme 2025
19/05/2026

White Form Secondary Market Scheme 2025

सोचेको भन्दा राम्रो अनि सस्तो पनि, १ घन्टा भित्रैमा 4K Quality. तपाईहरुपनि बनाउने कि ?
02/05/2026

सोचेको भन्दा राम्रो अनि सस्तो पनि, १ घन्टा भित्रैमा 4K Quality. तपाईहरुपनि बनाउने कि ?

२ हफ्तामै तपाईको रिन्यु गरेको पासपोर्ट हाम्रो हातैमा. न छुट्टी लिने झन्झट न DHL Delivery नभेटिएला भन्ने पिर. छिटो छरितो ...
24/04/2026

२ हफ्तामै तपाईको रिन्यु गरेको पासपोर्ट हाम्रो हातैमा. न छुट्टी लिने झन्झट न DHL Delivery नभेटिएला भन्ने पिर. छिटो छरितो सुबिधा.

तपाईहरुलाई पनि यस्तै र अन्य थुप्रै डिजाईनका "मायाको चिनो" हरु चाहिएमा हामिलाई सम्पर्क गर्नुहोला .
09/04/2026

तपाईहरुलाई पनि यस्तै र अन्य थुप्रै डिजाईनका "मायाको चिनो" हरु चाहिएमा हामिलाई सम्पर्क गर्नुहोला .

Address

572 Canton Road
Hong Kong
852

Opening Hours

Monday 11:00 - 19:30
Tuesday 11:00 - 19:30
Wednesday 11:00 - 19:30
Thursday 11:00 - 19:30
Friday 11:00 - 19:30
Saturday 14:00 - 18:30
Sunday 14:00 - 18:30

Telephone

+85290472917

Website

Alerts

Be the first to know and let us send you an email when GlobalLink Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share