RARE GUFF

RARE GUFF Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RARE GUFF, Information Technology Company, uae, Al Ain.

अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्र...
22/06/2025

अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रहरूमा आक्रमण गरेको बताएका हुन्।
अमेरिकाले फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो। उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको बताएका छन्। डोनाल्ड ट्रम्पले इरानमा गरिएको सफल सैनिक अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने बताए।
आक्रमणबारे इरानी अधिकारीहरूले पनि पुष्टि गरेका छन्। इस्फहानका सुरक्षा उपगभर्नर अकबर सालेहीले नताञ्ज र इस्फहानमा धेरै विस्फोटहरूको आवाज सुनिएको उल्लेख गरे। उनले भने, ‘हामीले इस्फहान र नताञ्जका आणविक केन्द्रहरू नजिक आक्रमणहरू देख्यौं।’

परमाणु-सशस्त्र इरानले आणविक आतंकवादलाई प्रायोजन गर्न सक्छ, आणविक हतियारको आडमा लुकेका आफ्ना एजेन्टहरू मार्फत हमला गर्न स...
22/06/2025

परमाणु-सशस्त्र इरानले आणविक आतंकवादलाई प्रायोजन गर्न सक्छ, आणविक हतियारको आडमा लुकेका आफ्ना एजेन्टहरू मार्फत हमला गर्न सक्छ।
एक परमाणु-सशस्त्र इरानले आणविक आतंकवादको राज्य प्रायोजकको रूपमा काम गर्न सक्छ, आफ्नो आणविक हतियारलाई ढालको रूपमा प्रयोग गर्दै आफ्ना एजेन्टहरूलाई शत्रुहरूमाथि दण्डहीनताका साथ प्रहार गर्न सशक्त बनाउन सक्छ।
स्रोतका अनुसार, तेहरानले आफैंले हतियार प्रक्षेपण गर्नुपर्दैन, यसले हेजबुल्लाह, हमास र हुथीजस्ता आतंकवादी समूहहरू मार्फत सञ्चालन गर्न सक्छ, जसले गर्दा क्षेत्रीय रूपमा विनाश मच्चाउँदा पनि विश्वसनीय इन्कार्यता कायम राख्न सक्छ।
आणविक क्षमताको पछि लुकेर, इरानले विश्वव्यापी शक्तिको सन्तुलनलाई मौलिक रूपमा परिवर्तन गर्नेछ, अमेरिकी सैन्य प्रभुत्वलाई प्रभावहीन बनाउनेछ, नाजुक मध्य पूर्व सुरक्षा वास्तुकलालाई ध्वस्त पार्नेछ, र विश्वभरका शत्रुतापूर्ण शक्तिहरूलाई प्रोत्साहन दिनेछ।

Rabi Lamichhane writes a message for everyone on RSP's anniversary and says, "पदाधिकारी नै रहेकाहरूलाई अदालतले दुई–चार ल...
22/06/2025

Rabi Lamichhane writes a message for everyone on RSP's anniversary and says, "पदाधिकारी नै रहेकाहरूलाई अदालतले दुई–चार लाख धरौटीमा छोडेको देशमा म सहकारीमै नजोडिएको मान्छेलाई यतिसम्म प्रताडित गरेपछि देशमा देखिन्छ त विधिको शासन र न्याय?... अब मेरो जीवनको उद्देश्य व्यक्तिगत उन्मुक्ति होइन, सीमित नेताहरुको अहिलेको सिन्डिकेटबाट सिंगो देशको उन्मुक्ति हो।...एकाथरी आलोचकहरू मलाई सत्तालोलुपको आरोप लगाउँछन्। म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अबसर आयो, होइदिउँ न भनेको भए कसले रोक्थ्यो र? प्रधानमन्त्री बनिदेउ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो कांग्रेसको मूल नेतृत्व, मैले मानिनँ। भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठ…. भन्न थाले।"

भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ ।- रवि लामिछाने (रास...
21/06/2025

भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ ।

- रवि लामिछाने (रास्वपा अध्यक्ष)

महत्वपूर्ण: आपतकालीन अवस्थाका कारण इरान छाड्न खोजिरहेका धेरै नेपालीलाई पनि भारत सरकारले सहयोग गर्ने घोषणा गरेको छ। ईरानम...
21/06/2025

महत्वपूर्ण: आपतकालीन अवस्थाका कारण इरान छाड्न खोजिरहेका धेरै नेपालीलाई पनि भारत सरकारले सहयोग गर्ने घोषणा गरेको छ।


ईरानमा हुनुभएका नेपालीहरु, यदि तपाईंहरूलाई फर्कन मन लागे ईरानको भारतीय दूतावासमा संपर्क गर्नसक्नु हुनेछ:
टेलिग्राम वा तल दिईएको नम्बरमा संपर्क गर्नुहोला: +989010144557; +989128109115; +989128109109

महामन्त्रीमा ढकाल नै भएको अभिलेख सार्वजनिक भएपछि रास्वपाले गर्‍यो जिम्मेवारी हेरफेरराष्ट्रिय स्वतन्त्र पार्टीले कवीन्द्र...
21/06/2025

महामन्त्रीमा ढकाल नै भएको अभिलेख सार्वजनिक भएपछि रास्वपाले गर्‍यो जिम्मेवारी हेरफेर

राष्ट्रिय स्वतन्त्र पार्टीले कवीन्द्र बुर्लाकोटी महामन्त्री र मनीष झालाई प्रवक्ता बनाएको छ। शनिबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यसअघि कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको झाले जानकारी दिए।

शुक्रबार निर्वाचन आयोगमा रास्वपाको महामन्त्रीमा ढकाल रहेको अभिलेख सार्वजनिक भएको थियो। रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोबारे सूचना माग गरेका थिए। त्यसको जवाफमा आयोगले भनेको छ,‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ।’
डा. मुकुल ढकाल नै महामन्त्री भएको पत्र निर्वाचन आयोगबाट सार्वजनिक भएपछि रास्वपा केन्द्रीय समितिको बैठकले जिम्मेवारी हेरफेर गरेको हो।
रास्वपा आज तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भएपनि निर्वाचन आयोगमा असार १७ गते दर्ता भएको थियो। लामिछाने सहकारीको बचत रकम ठगेको अभियोगमा पूर्वपक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन्।

Oops 🙄नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भयो। 💔
20/06/2025

Oops 🙄
नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भयो। 💔

डोटी जिल्लामा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९५ नम्बरको जिप शुक्रबार दिउँसो आद...
20/06/2025

डोटी जिल्लामा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९५ नम्बरको जिप शुक्रबार दिउँसो आदर्श गाउँपालिका-१, दोबाजमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर रामचन्द्र जोशीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको अस्पताल पुर्‍याएपछि उपचारका क्रममा मृत्यु भएको थियो।
मृतकको परिचय खुल्न नसकेको जोशीले बताए।
घाइतेहरूलाई उपचारका लागि डोटी र आसपासका जिल्लाका अस्पतालहरूमा लगिएको छ।

Lionel Messi becomes the fastest player to Score 866 Goals in football history.
20/06/2025

Lionel Messi becomes the fastest player to Score 866 Goals in football history.

रूपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग सञ्चालन, १० हजार किसानसँग सहकार्यआयात प्रतिस्थापनसँगै निर्यातसमेत गर्ने ...
20/06/2025

रूपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग सञ्चालन, १० हजार किसानसँग सहकार्य

आयात प्रतिस्थापनसँगै निर्यातसमेत गर्ने उद्देश्यले २ अर्बभन्दा बढीको लागतमा रूपन्देहीमा आलुका परिकारहरूको उत्पादन सुरू भएको छ । दश हजारभन्दा धेरै किसानसँग सहकार्य गरेर फस्ट च्वाइस फुड प्रालिले फ्रेन्च फ्राई उद्योग सञ्चालनमा ल्याएको हो ।

उद्योगले यस वर्ष १० हजार भन्दाबढी किसानले उत्पादन गरेको २ हजार टन आलु खरिद गरेर फ्रेन्च फ्राई उत्पादन सुरू भैसकेको जनाएको छ । नेदरल्यान्डबाट आलुको बिउ ल्याएर किसानलाई वितरण गरी आलुबाट व्यवसायिक रूपमा फ्रेन्चफाई उत्पादन थालेको हो ।

उत्पादित फ्रेन्च फ्राई नेपालका ४ सय भन्दाबढी होटेल तथा रेस्टुरेन्टमा बिक्री वितरण भइरहेको छ । यस्तै भारत, मलेसिया, यूएईलगायका देशमा निर्यात भइरहेको छ भने निकट भविष्यमा अमेरिकमा समेत पठाउने तयारी छ।

५ विगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा एक सयभन्दा बढीले रोजगारी पाएका छन् । उद्योगसँग १९ जिल्लाका किसान प्रत्यक्ष रूपमा आवद्ध छन् । कम्पनीले कैलाली, सिन्धुपाल्चोक, अर्घाखाँची, प्युठान, गुल्मी, दाङ, बर्दिया, कपिलवस्तुलगायतका जिल्लामा आलु उत्पादनको वैज्ञानिक अनुसन्धान र प्रविधि विस्तार कार्यक्रम सञ्चालन गरिरहेका छ ।

कम्पनीले किसानलाई बिउ, मल, तालिमलगायतका सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । किसानले उत्पादन गरेको आलु खेतमै पुगेर खरिद गरिरहेको छ ।

Address

Uae
Al Ain

Website

Alerts

Be the first to know and let us send you an email when RARE GUFF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RARE GUFF:

Share